आज ३१५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

 न्यूज विराट
आज ३१५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौं, १७ साउन-शनिबार ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । मन्त्रालयको तथ्यांकअनुसार आजसम्म देशभर कूल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ रहेको छ । उनीहरूको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभरबाट ९३ जनाले कोरोनालाई पराजित गरेर घर फर्किएका छन् । अहिलेसम्म १४ हजार ४९२ जनाले कोरोना भाइरसलाई जितेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घटनाको अवधिमा ६ हजार ९३९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या ११ हजार ५३३ रहेको छ ।

सम्बन्धित समाचार

अस्पतालको चक्कर काट्दाकाट्दै रक्तचापका बिरामीको मृत्यु

अस्पतालले उपचार गर्न नमानेपछि विराटनगरमा एक महिलाको मृत्यु भएको छ । विराटनगरका निजी स्वास्थ्य संस्थाले उच्च ज्वरो देखिएका बिरामीको उपचार गर्न अस्वीकार गरपछि धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवाबाट उपचारका लागि ल्याइएकी ५२ वर्षीया नरदेवी गुरुङको मंगलबार...

युवतीको अश्लील भिडियो सार्वजनिक गरी आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक पक्राउ

धनगढी, २८ वैशाख-धनगढीमा युवतीको अश्लील भिडियो सार्वजनिक गरी आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–७ का २३ वर्षीय सन्तराम चौधरी आत्महत्या दुरुत्सानको आरोपमा पक्राउ परेको कैलालीका प्रवक्ता प्रहरी...

विराटनगर मामाघर आएकी नातिनीको हत्या, हजुरबुवा प्रहरीमा नियन्त्रणमा

विराटनगर । विराटनगर ५ मा मामाघर आएकी एक जना बालिकाको हत्या गरेपछि शव करेसाबारीमा गाडेको अवस्थामा फेला परेको छ । भारतको बिहारबाट विराटनगर मामाघर आएकी १४ वर्षीया चाँदनी यादवको शव हत्यापछि खाल्डो खनेर गाडिएको अवस्थामा...

कित्ताकाट सम्पूर्ण रूपमा खुला गरिएको होइन : भूमि व्यवस्था मन्त्रालय

काठमाडौं, २६ भदौ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट सम्पूर्ण रुपमा खुला गरिएको नभई थप व्यवस्थित र कानूनबमोजिम मात्र बनाउन खोजिएको स्पष्ट पारेको छ ।  मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतबाट...

शिक्षादीपमा विद्यार्थीको आकर्षण, नयाँ विद्यार्थीलाई दिइयो अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको पहिलो रोजाइको केन्द्रमा परेको विराटनगरस्थित शिक्षादीप कलेजकमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण गराएको छ ।कलेजले बिहीबार स्कुल परिसरमा एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ को...

सवारी लाइसेन्स छपाइ शुरु, माघसम्म सबै सकिने

काठमाडौं, १५ पुस । सरकारले २०७७ फागुनदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ फेरि थालेको छ । यातायात व्यवस्था विभागमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उपस्थितिमा लाइसेन्स छपाइ फेरि थालिएको हो । लाइसेन्स...

कटहरीका स्थानीय युवाहरुले वडाध्यक्षलाईनै वितरण गरे राहत

विराटनगर, चैत १९–‘लक डाउन’ का कारण दैनिक ज्यालादारि मजदुरी गरेर गुजारा गर्ने परिवारको समस्यालाई गम्भिर रुपमा नलिएको भन्दै आक्रोशित मोरङको कटहरी गाउँपालिकाका युवाहरुले वडाध्यक्षलाईनै राहत वितरण गरेका छन् । कटहरी गाउँपालिका–१ का वडाध्यक्ष कपुरलाल माझिले...

मिसन २०८५ रणनीति सफल वनाउने मनमोहनका उपकुलपतिको प्रतिबद्धता

विराटनगर । उपकुलपतिमा बिहिवार दोस्रो कार्यकालका लागि पुन : नियुकित्त भएका डा. सुवासश्री पोखरेलले मनमोहन प्राविधिक विश्वविद्यालयको गुणस्तर बृद्धि गराएर अन्तराष्ट्रिरको बनाउन आफुले तयार पारेको मिसन २०८५ रणनीति पुरा गरेरै छाडने प्रतिबद्धता जनाएका छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्