तस्वीरमा लकडाउन पछिको विराटनगर (फोटो फिचर)

 न्यूज विराट
तस्वीरमा लकडाउन पछिको  विराटनगर (फोटो फिचर)

विराटनगर, साउन १७–समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि शनिबारदेखि विराटनगर महानगरपलिकाभित्र लकडाउन भएको छ । शुक्रबार मध्यरातिदेखि लागू हुने गरि साउन ३० गतेसम्म महानगरले लकडाउन घोषणा गरेपछि शनिबार विहानैदेखि विराटनगर ठप्प बनेको छ ।

लकडाउनको कारण सार्वजनिक यातायात र बजार ठप्प रहेको छ । सडकमा केही सर्वसाधरणको आवतजावत र मोटरसाईकल भने फाटफुट रुपमा गुडेका छन् ।

महानगरस्तरीय कोभिड क्राइसिस मेनेजमेन्ट कमिटि (सीसीएमसी)को शुक्रबार बसेको बैठकले लकडाउन गर्ने निर्णाय गरेको थियो । महानगरमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेका कारण लकडाउन गर्ने निर्णय भएको हो ।

शुक्रबार साँझसम्म विराटनगर महानगरपालिकाभित्र कोरोना संक्रमितको संख्या १ सय ८ पुगेको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

बन्दाबन्दी गरिएसँग बजार क्षेत्रमा कडाई गरिएको छ । विराटनगरमा लकडाउन गरिएपनि त्यसको प्रभाव आसपासका पालिकाहरुमा पनि परेको छ । मोरङका कटहरी, धनपालथान गाउँपालिका, रंगेली, सुनवर्षी तथा रतुवामाई नगरपालिकामा पनि चहल पहल कम भएको ती पालिकाहरुले जनाएका छन् ।

सम्बन्धित समाचार

स्वास्थ्यको अधिकार सुनिश्चित गर्न इन्सेकको आग्रह

काठमाडौं, ३२ साउन–कोरोना भाइरस (कोभिड(१९) महामारीका माझ नागरिकको स्वास्थ्य अधिकारप्रति जवाफदेही हुन सरकारलाई अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले आग्रह गरेको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठ एक विज्ञप्ति जारी गरी कोरोना संक्रमितहरूको हेरचाहमा कुनै कमी...

विराटनगरमा ७ सहित प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

विराटनगर, १७ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । १८८ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण भएको सामाजिक...

बनारसमा जबरजस्ती कपाल खौरिने व्यक्ति १ हजार लिएर नेपालका नक्कली नागरिक बनेको खुलासा

काठमाडौं, ३ साउन-भारतको बनारसमा केही दिनअघि जबरजस्ती कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको खुलेको छ । उनलाई स्थानीय हिन्दु सेनाका सदस्यले १ हजार भारतीय रुपैयाँ दिएर 'नेपाली' बनाएको रहस्य खुलेको हो । हाल प्रहरी अनुसन्धानमा...

भारतमा सक्रिय संक्रमितको सङ्ख्या तीव्र रूपले घट्दै, २४ घण्टामा १०५९ जनाकाे मृत्यु

एजेन्सी, २२ माघ । भारतमा कोरोना भाइरसबाट थप १ लाख २७ हजार ९५२ जना नयाँ संक्रमित भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ४ करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ ।...

सप्तरीमा पनि १ जनालाई देखियो कोरोना संक्रमण

काठमाडौं, २९ वैशाख-नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १२१ पुगेको छ । सोमबार दिउँसो थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार बिहान मात्रै १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।...

बाबुराम–हिसिलालाई कोरोना

काठमाडौं, ८ कात्तिक-जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाबको परीक्षणमा आफूहरुलाई कोरोना पोजिटिभ देखिएको भट्टराईले जानकारी दिए ।...

हुलाकी सडकको काम हप्तादिन भित्र सुरु नगरे आन्दोलनमा उत्रिने मोरङका सांसद र पालिका प्रमुखको चेतवनी

विराटनगर । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत मोरङ खण्डको काम एक साता भित्र काम सुचारू नभए जनता साथमा लिएर आन्दोलनमा उत्रिने जनप्रतिनधीहरूले चेतवनी दिएका छन् । मोरङका संघीय सांसद, प्रदेश र पालिका प्रमुखहरुले बिहीवार...

अब फेरी त्यो असार १५ कहिले आउँछ होला ?

आमा– ए नानी हो आज स्कुलवाट न अल्मलिकन सरासर घर आउनु ।  हामि– किन ? आमा– असार १५ आयो, थापा दाईलाई ढिकि कुट्ने वन्दोवस्त गरेकी छु । चिउरा  भिजाउनु पर्छ, खोलेको भाँडो माझेर पानि तताउनु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्