कोरोनाबाट ३ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ५२ पुग्यो

 न्यूज विराट
कोरोनाबाट ३ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ५२ पुग्यो

काठमाडौं, १५ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु भएको बताए ।

मृत्यु हुनेमा मोरङको सुनवसी-८ का ४५ वर्षीय पुरुष रहेका छन् । निरन्तर भारत आवजावत गरिरहने ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको थियो ।

अवस्था गम्भीर बन्दै गएपछि धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । अस्पतालको आइसियु भेन्टिलेटरम उपचारकै क्रममा उनको निधन भएको हो ।

यस्तै, पर्साको वीरगञ्ज-७ का ७० वर्षीय वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । मुटु र मधुमेह रोगका बिरामी उनी १ नीजि अस्पतालमा निमोनियाको उपचार गराइरहेका थिए ।

पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षिय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ । ७ साउनमा कोरोना पुष्टि भएका ती पुरुष मृगौला सम्बन्धि समस्याबाट पीडित थिए । झाडापाखालाको उपचारका लागि विभिन्न नीजि अस्पतालमा गएपनि निको नभएपछि नारायणी अस्पताल भर्ना भएका थिए ।

त्यहाँ आइसियुमा राखेर उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको प्रवक्ता डा. गौतमले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

सम्बन्धित समाचार

कटहरी उद्योग वाणिज्य संघको कार्यालय संचालनमा

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा कटहरी उद्योग वाणिज्य संघको कार्यालय संचालनमा ल्याईएको छ । गाउँपालिका नजिकैको शहिदचोकमा संघको कार्यालय संचालनमा आएको हो । सो ठाउँमा आयोजित कार्यक्रमकाबीच कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले संघको कार्यालय कोठाको...

मुलुकको ढुकुटीमा माओवादीको ब्रम्हलुट : युद्ध पर्यटन भन्दै कार्यकर्ता पोस्‍न सिध्याइयो ५० करोड

माओवादी केन्द्रको अगुवाइमा रोल्पाकेन्द्रित ‘युद्ध पर्यटन’को फूर्को जोडिएका कार्यक्रमहरुमा राज्यकोषबाट झण्डै रु. ५० करोड– मूलतः कार्यकर्ता पोस्नमा खर्च गरिएको छ। तिनै मृतक र बेपत्ताहरूको सम्मानमा र द्वन्द्वकालीन सामरिक क्षेत्रको संरक्षण गरी ‘युद्ध पर्यटन’को विकास गर्ने...

चिया, अलैँची र अदुवाको निर्यातमा गिरावट

इलाम, २२ असार-‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको...

राजेश दाइमाथि प्रश्न गर्ने मेरो हैसियत थिएन : दीपाश्री

काठमाडौं, १८ असार-केही दिनदेखि कलाकार तथा निर्देशक दीपाश्री निरौला निकै विवादित बनिरहेकी छन् । राजेश हमालको 'महानायक' उपाधिमा प्रश्न गरेपछि उनी विवादमा मुछिएकी थिइन् । दीपाश्रीको यस अभिव्यक्तिपछि राजेशका शुभचिन्तकहरू निकै आक्रोशित बनेका थिए ।...

५ हजार ११० नुमना परीक्षण गर्दा थपिए ५११ संक्रमित

काठमाडौं, १५ पुस-नेपालमा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ११० जनाको नमुना परीक्षण गर्दा २०४ महिला र ३०७ जना पुरुषमा कोरोना...

बाँकेको नरैनापुर अनिश्चितकालका लागि सिल

बाँके, ६ जेठ-बाँकेको नरैनापुरमा एकै दिन ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्णरूपमा सिल गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका...

कोरोनाबाट थप १७ जनाको मृत्यु

काठमाडौं, २ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप १७ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा थप १७ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । योसँगै कोरोना संक्रमणबाट...

हसिना सिमसारमा ‘बोटिङ’ का लागि पोखरी निर्माण सुरु

विराटनगर, चैत १०–मोरङको सुन्दरहरैंचास्थित हसिना सिमसारमा बोटिङका लागि पोखरी निर्माण कार्य सुरु गरिएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिअन्तर्गत आएको ४० लाख बजेटमार्फत हसिना सिमसार क्षेत्रभित्र रहेको सिमसारमा बाँध निर्माण गरि पोखरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्