उनले बझाङबाट एक जना व्यक्तिले टेलिफोन गरेर ‘टाउको काट्ने धम्की’ दिएको बताएका हुन् । एमसीसीको पक्षमा आफूले बोल्दै आएकाले ज्यान मार्ने धम्की आएको भट्टको भनाइ छ ।
‘मलाई बझाङबाट फोन गरेर एकजनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर धम्की दिनु भएको छ’ उनले भने, ‘मैले एमसीसीबारे के अध्ययन गर्नुभएको छ भनेर सोध्दाचाहिँ उहाँले थाहा छैन भन्नु भयो ।’
आज समितिमा नेटवर्किङ विजनेसका बारेको छलफलमा चलिरहेको थियो । छलफलकका क्रममा उनले उक्त कुरा बताएका हुन् । उनले ती व्यक्तिलाई एमसीसी परियोजनाको सम्झौता राम्रोसँग पढ्न आग्रह गरेको पनि बताए । उनले कुनै पनि विषयलाई अध्ययन नै नरी टीकाटिप्पणी गर्ने प्रचलन बढ्दै गएको समेत बताए ।