बजारमूल्य भन्दा कममा अनलाईनबाट खाद्य सामाग्री उपलव्ध

 न्यूज विराट
बजारमूल्य भन्दा कममा अनलाईनबाट खाद्य सामाग्री उपलव्ध

विराटनगर,१४ साउन–कोभिड–१९को सङ्क्रमणबाट उपभोक्तालाई जोगाउन घरआँगनमै अनलाईनबाट खाद्यान्न सामाग्री उपलव्ध गराउन आजदेखि यहाँ सेवा शुरु गरिएको छ। बजार मूल्यभन्दा कममा पाँच सय विभिन्न प्रकारका खाद्यान्न सामाग्री उपलव्ध गराउने उद्देश्यका साथ ‘ग्रेटडिल्स ९९’ तपाई हाम्रो दोकानले बेवसाइट मार्फत सामाग्री माँग गर्ने व्यवस्था गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

सस्थाका प्रवन्ध निर्देशक प्रसान्त ठाकुरले उपभोक्ताहरुलाई सहुलियत मूल्यमा सामाग्री उपलव्ध गराउन उद्योगसँग खरीद गर्ने गरेको र रु एक हजार भन्दा माथिको खरीदमा निःशुल्क घरमा उपलव्ध गराउने व्यवस्था गरिएको जानकारी दिए ।

संस्थाले प्रत्येक रु एक हजारको खरीदमा सामाजिक कार्यका लागि रु एक वृद्धवृद्धा, बालवालिका लागि सहयोगार्थ उपलव्ध गराउने उनले बताए । संस्थाले हाल मोवाइल मार्फत पनि सामान माँग गर्न सकिने तथा आगामी दिन एप्स् मार्फत कार्य गर्ने निर्देशक ठाकुरले बताए ।

हाललाई उपभोक्ताले सामान उपलव्ध भएपछि नगद,इ वैंङ्क र इसेवाबाट भुक्तानी गर्नसक्ने व्यवस्था गरिएको छ । नूनदेखि सुनसम्म तथा प्रदेश नं १ का सवै जिल्लामा आफ्नो सेवा आगामी केही हप्ताभित्र उपलव्ध गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्बन्धित समाचार

नेकपा स्थायी समिति बैठक जारी, प्रचण्डले अध्यक्षता गर्दै

काठमाडौं, १३ असार-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक जारी रहेको छ । विहान साढे ११ बजेटबाट जारी तेस्रो दिनको बैठकमा पुष्पकमल दाहालले अध्यक्षता गरिरहेका छन् । आज पनि बैठकमा सीमा समस्याका...

विराटनगर महानगरलाई सबैभन्दा कम बजेट

विराटनगर, २० जेठ । विराटनगरमा आगामी आर्थिक वर्षका लागि सवै भन्दा कम बजेट परेको छ । देशका ६ महानगरमध्ये आर्थिक वर्ष २०७९/०८० को लागि सबैभन्दा कम बजेट विराटनगर महानगरपालिकाले पाएको हो । विराटनगरले ललितपुर भन्दा...

भलिबलको उपाधि इडेनवर्ग कलेजलाई

विराटनगर । विराट खेलकुद क्बलले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि विराटनगरस्थित इडेनवर्ग कलेजले जितेको छ । विराटनगरमा बुधबार सम्पन्न भएको फाइलनमा महेन्द्र मोरङ क्याम्पसलाई १४–१५, १७–२५, २२–२५ को सोझो सेटले हराउँदै इडेनवर्ग कलेजले उपाधि जितेको...

पछिल्लो २४ घन्टामा थप १९४ जना संक्रमित डिस्चार्ज

काठमाडौं, ७ असार-कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १ सय ९४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो पटकमा ८ महिला र १८६ जना पुरुष गरी जम्मा १९४ जना संक्रमित निको भएका हुन् । डिस्चार्ज...

प्रधानमन्त्री ओली भन्छन्: ‘म पनि घरमा छु, तपाईं पनि बस्नु होला’

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण जनतालाई घरमै बस्नको लागि पुन: आह्‍वान गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको अवस्थामा घर बाहिर ननिस्किन ओलीले आग्रह गरेका हुन् । 'म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु', प्रधानमन्त्री...

जहदाबाट डेढ क्वीन्टल माछाको भुरा बरामद

विराटनगर, १६ माघ । मोरङको जहदाबाट अवैधरुपमा भारतबाट ल्याइएको ठुलो परिमाणमा माछाको भुरा प्रहरीले बरामद गरेको छ । बिहिबार अपराहन्न ४ बजे जहदा गाउँपालिका–७ डुमरिया स्थित नेपाल भारत दशगजा क्षेत्रबाट प्रहरीले १५ सय किलो माछाको...

यस कारण कोरोना भाइरस सङ्क्रमण सरकारले लुकाउन सक्दैन

चीनबाट फर्किएका एक विद्यार्थी बाहेक नेपालमा अन्यलाई हालसम्म कोरोना भाइरस (कोभिड–१९) देखिएको छैन ।तर सामाजिक सञ्जालमा शिक्षण अस्पताल, नर्भिक अस्पताल , टेकु लगायतका अस्पतालमा कोरोना भाइरस देखिएको तर सरकारले लुकाएको भन्दै अर्नगल प्रचार प्रसार भइरहेको...

आज २ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं, जेठ १५–बिहीबार २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थाापाका अनुसार आज २ बजे मन्त्रिपरिषद् बैठक बलाइएको छ । अर्थमन्त्री डा. युवराज खतिवाडासँग बजेटका बारेमा जानकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्