बाघ संरक्षणमा सरोकारवालाको क्रियाशीलता प्रशंसायोग्य : राष्ट्रपति भण्डारी

 न्यूज विराट
बाघ संरक्षणमा सरोकारवालाको क्रियाशीलता प्रशंसायोग्य : राष्ट्रपति भण्डारी

काठमाडौं, १४ साउन-राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदानको सराहना गरेकी छन् ।

विश्व बाघ दिवसका अवसरमा आज उनले शुभकामना सन्देशमार्फत् यो दिवस बाघलगायतका लोपोन्मुख वन्यजन्तुको प्रभावकारी संरक्षण गर्न प्रण गर्ने दिन पनि भएकाले यसबाट बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्ने अपेक्षासमेत गरेकी छन् ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाइका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुसार आज नेपालमा पनि यो दिवस मनाउने गरिन्छ ।

बाघ संरक्षणका लागि घाँसेमैदान र पानीका स्रोतहरूको व्यवस्थापन, नियमितरूपमा गस्ती, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, चेतनामूलक कार्यक्रम र आवधिकरूपमा यसको सङ्ख्या यकिन तथा अनुगमनलगायतका कार्यक्रम सञ्चालन गरेकाले बाघ संरक्षणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् ।

‘बाघ संरक्षणसम्बन्धी समुदायस्तरदेखि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका अन्तरसरकारी सञ्जाल तथा मञ्चहरूमा नेपाल सरकार क्रियाशील रहेकामा मलाई खुसी लागेको छ । जलवायु परिवर्तनले पारिरहेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्दै स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचकको रूपमा रहेको बाघलाई बचाइराख्ने दायित्व हामी सबैकोे हो,’ शुभकामना सन्देशमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले बाघलगायतका वन्यजन्तुको आवागमन सुनिश्चित हुने गरी पूर्वाधार निर्माण गर्ने र वन्यजन्तुलाई पर्न सक्ने नकारात्मक प्रभाव न्यूनीकरणका उपाय अवलम्बन गर्नेतर्फ गम्भीर ध्यान दिनुपर्ने बताएकी छन् ।

बाघ अवलोकन गर्न आउने स्वदेशी एवं विदेशी पर्यटकबाट राष्ट्रलाई प्राप्त हुनसक्ने आम्दानीलाई अझ वृद्धि गर्न पर्यापर्यटनका गतिविधिहरू प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ छ ।

बाघ संरक्षणको गहन अभिभारामा संलग्न वन तथा वातावरण मन्त्रालय र मातहतका निकाय, सुरक्षा निकाय, स्थानीय तह, स्थानीय समुदाय, विकास साझेदार एवं सबैलाई धन्यवाद दिँदै राष्ट्रपति भण्डारीले बाघ संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिएकी छन् ।

सम्बन्धित समाचार

शिक्षक श्रेष्ठको हत्याका दोषीलाई कानुनी दायरामा ल्याउन माग

नेपाल शिक्षक संघले २३ मंसिरमा मोरङको मिक्लाजुङ गाउँपालका- १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरणपछि हत्याको भर्त्सना गरेको छ । संघले तत्काल दोषीलाई पहिचान गरी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । संघले बुधबार एक...

भारतीय दूतावास अगाडिबाट अनेरास्ववियूका नेता-कार्यकर्ता पक्राउ

 काठमाडौं, २७ वैशाख-नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेक कालापानीमा नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन कार्यक्रम...

कोशीमा विरामीको छटपटी, शल्यक्रिया गरिएको गर्भवती भुइँमा

दृष्य १ विराटनगर– १८ मटेरूवाकी २० वर्षीया गर्भवती अजमेरी खातुनलाई व्यथा लागेर छटपटी सुरू भएपछि उनका परिवारले मंगलबार राति ९ बजे कोशी अस्पतालको स्त्री तथा प्रसुती रोग विभागमा लिएर आइपुगे । तर, अस्पतालको शैय्या भरिभराउ...

मिल्स टि–२० क्रिकेटको उपाधि नरपथगञ्जलाई

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिताको उपाधि भारत विहारको राहुल ११ नरपथगञ्जले जितेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा एनबिएससी त्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि...

३ महिनामै विश्व व्यापार ३ प्रतिशतले घट्यो, मन्दी गहिरिने आशंका

एजेन्सी, जेठ १-सन् २०२० को पहिलो तीन महिनाभित्र संसारको व्यापार ३ प्रतिशतले घटेकाे छ । संयुक्त राष्ट्र संघको व्यापार निकायले यस्ताे विवरण सार्वजनिक गरेकाे हाे । उक्त संस्थाले यस्तो गिरावट अबको तीन महिनापछि अझै चिन्ताजनक...

औषधी व्यवसायी संघद्धारा प्रदेश सरकारलाई ज्ञापन पत्र

विराटनगर, चैत २८-नेपाल औषधी व्यवसायी संघ मोरङले औषधीजन्य बस्तुको आपूर्तीको ढुवानीमा निर्वाध रूपमा सञ्चालन गर्न दिनुपर्ने माग राख्दै प्रदेश १ सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । लकडाउनमा औषधी तथा औषधीजन्य बस्तुहरु ढुवानी गर्दा प्रहरीले बाटोमा...

गणतन्त्रमा असमानता, भेदभाव र छुवाछूतको व्यवहार स्वीकार्य हुँदैनः प्रधानमन्त्री ओली 

काठमाडौं, १५ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभएर नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवनपद्वति भएको बताएका छन् । उनले लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई सबल बनाउन सामाजिक न्याय, सुशासन र...

जुत्ता चप्पल व्यापार मेला : २० दिनमै डेढ करोडको कारोबार, अब पुस २९ गते सम्म मात्र

विराटनगर, पुस २१–विराटनगरमा जारी १ महिने जुत्ता चप्पल व्यापार मेलामा ग्राहाकको उल्लेख्य भिड बढेको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित विराटनगर स्थित जैन भवनमा पुस १ गतेदेखी सुरु भएको सो मेलामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्