मंगलबार बिहान अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थायी कमिटीको बैठक स्थगित गरेपछि प्रचण्ड–नेपाल समूहले बहुमतका आधारमा स्थायी कमिटी बैठक बोलाएको थियो । तर स्थायी कमिटीमा कोरम नपुगेपछि प्रचण्ड र खनाल ओलीलाई भेट्न पुगेका हुन् ।
सोमबार प्रचण्ड–नेपाल समूहको बैठकले ओली सहमत नभए बहुमतले निर्णय गरेर जाने सहमति भएको थियो । सोहीअनुसार आज बैठक बोलाए पनि कोरम भने पुगेन ।
प्रचण्ड–नेपाल समूह सुविधाजनक बहुमतमा रहेको भए पनि मंगलबार मात्रै उपाध्यक्ष वामदेव गौतमले पार्टीमा सहमतिका लागि भन्दै ६ बुँदे प्रस्ताव राखेका थिए । गौतमको प्रस्ताव सार्वजनिक भएसँगै प्रचण्ड–नेपाल समूहका नेताहरू स्थायी कमिटी बैठकका लागि बालुवाटारमा जम्मा भएका थिए ।