कोशी सरकारलाई दिएको समर्थन कायमै राखेर प्रतिपक्षमा बस्ने एमालेको निर्णय

 न्यूज विराट
कोशी सरकारलाई दिएको समर्थन कायमै राखेर प्रतिपक्षमा बस्ने एमालेको निर्णय

विराटनगर । कोशी प्रदेशमा विद्रोहीलाई साथ दिएको नेकपा एमाले एक महिना नबित्दै पुनः विपक्षमा पुगेको छ। एमालेले केदार कार्की नेतृत्वको सरकार छाडिसकेको छ।
एमाले सोमबारदेखि प्रदेश सभामा विपक्षी लहरमा बस्ने भएको छ। विपक्षमा बसे पनि कार्की नेतृत्व सरकारलाई दिएको विश्वासको मत भने कायमै राख्ने निर्णय एमालेले गरेको छ।

सोमबार विराटनगरमा बसेको संसदीय दलको बैठकले तत्काललाई भने समर्थन कायमै राख्ने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।

नेपाली कांग्रेसमा विद्रोह गरेका केदार कार्कीलाई असोज २७ मा मुख्यमन्त्री नियुक्त हुँदा साथ दिएको एमालेले प्रदेशमा कांग्रेस र एमाले मिलेर सरकार चलाउनु पर्ने अडान राखेको थियो।

तर मुख्यमन्त्री कार्कीले गठबन्धन दलहरुलाई सरकारमा सामेल गराएपछि एमाले सरकारबाट बाहिरिएको हो । शुक्रबार प्रदेशमा नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी सरकारमा सामेल भएका थिए। एमालेबाट मन्त्री बनेका राम रना मगरले शनिबार राजीनामा दिएका थिए।

मुख्यमन्त्री कार्कीले कात्तिक १ मा विश्वासको मत लिएका थिए। उनलाई राप्रपाबाहेकका सबै दलले विश्वासको मत दिएका थिए।

पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले एमाले सत्ताको दौडमा नरहेको दाबी गर्दै विपक्षमा बस्ने निर्णय गरेको बताएका छन्।

‘चुनावदेखि चुनावसम्म र सत्तादेखि सत्ताको यात्रामा एमाले छैन’, उनले भने, ‘गठबन्धन दलको सत्ता स्वार्थले कोशी प्रदेशमा प्रदेश सभालाई मध्यावधिमा धकेल्ने अवस्था आइसकेपछि व्यवस्था माथिको प्रहारलाई रोक्न,सन्निकटमा हुन सक्ने मध्यावधि रोक्न र प्रदेश संरचनालाई स्थापित गर्न एमालेले कांग्रेसका कार्कीलाई समर्थन गरेर सरकार गठन गर्न सहयोग गरेका हौं।’

अहिले सहकार्यको परिस्थिति कायम नभए पछि सरकारबाट बाहिरिएको उनले बताए। सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्दै प्रतिपक्षमा बस्ने निर्णय गरिएको उनको भनाइ छ।

सम्बन्धित समाचार

ज्येष्ठ नागरिकलाई राहतस्वरुप मासिक १० हजार दिइने

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहतस्वरुप ३ महिनाका लागि मासिक १० हजार रुपैयाँ दिने तयारी गरेको छ । विश्वभरि नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट...

ट्रम्पको निर्णयप्रति आलोचना तीब्र

एजेन्सी, बैशाख ४-अमेरिकाले कोभिड- १९ को सवालमा विश्‍व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले गरेको काममा असन्तुष्टि जनाउँदै आफूले दिँदै आएको सहयोग रोक्ने निर्णय लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो सहयोग रोक्नका लागि आफ्नो प्रशासनलाई निर्देशन...

५२ प्रतिशत कोरोना संक्रमित होम आइसोलेशनमा

कर्णाली,  ५ असोज-कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका संक्रमित होम आइसोलेशनमा बसेका पाइएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४ सय ५२ जना सक्रिय संक्रमित मध्ये  २ सय ३७ जना  अर्थात ५२ प्रतिशत संक्रमित...

झुण्डिएको अवस्थामा देवर-भाउजू मृत फेला

 इलाम, ६ असार-इलामकाे माङसेबुङ गाँउपालिका-६ मा २ जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत फेला पर्नेमा इलाम माङसेबुङ-६ मावाटोल बस्ने २७ वर्षीय विशाल राई र उनकै भाउजू २६ वर्षीया गिता राई रहेका छन्...

पोखरिमा डुबेर एक किशोरको मृत्यु

बिराटनगर, ३२ साउन-मोरङ बिराटनगर महानगरपालिका–१४ मा स्थित पोखरीमा डुबेर १६ बर्षीय किशोरको मृत्यु भएको छ ।आइतबार बिहान सवा ९ बजेको समयमा उक्त स्थानमा रहेको माई पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका विराटनगर–१५ का...

बागलुङमा शंकास्पद भनिएकी महिलाको रिपाेर्ट नेगेटिभ

द्रुत परीक्षणका क्रममा शंकास्पद देखिएकी बागलुङकी एक वृद्धाको कोरोना संक्रमण परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ ।आइतबार काठेखोला गाउँपालिका– ६, बिहुँ इनारपानीकी एक ६५ वर्षीयँ महिलाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) का क्रममा कोरोना शंकास्पद देखिएको...

बीपीमा २० वर्षीया संक्रमित महिलाले जन्माइन् स्वस्थ शिशु

विराटनगर, ८ भदौ-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० वर्षीया कोरोना भाइरस संक्रमित महिलाले स्वस्थ्य शिशुलाई जन्म दिएकी छन् । मोरङको विराटनगर-३ की ती महिलाले बीपीको कोभिड–१९ अस्पतालमा सोमबार शिशुलाई जन्म दिएकी हुन् । आमा...

भूमि आयोगले थाल्यो काम, मापदण्ड कसिलो बनाएर काम गर्न निर्देशन

काठमाडौं, २७ कात्तिक-भूमिहीन, सुकुम्बासीलाई जग्गा प्रदान गर्नका निम्ति सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगले कामको थालनी गरेको छ । आयोगले पहिलो चरणमा देशभर रहेका ७ सय ५३ स्थानीय तहमध्ये १ सय वटा स्थानीय तहमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्