गौतमले सहमतिका लागि ६ बुँदे प्रस्ताव पेस गर्दैै यस्तो बताएका हुन् । उनको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने र एकता महाविधेशन सहमतिमा आयोजना गर्ने प्रस्ताव गरेका छन् ।
उनले प्रधानमन्त्रीको दैनन्दिनका कामहरूमा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वका विषयमा निर्णय गर्नुअघि पार्टीको सचिवालयमा छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
यस्तै, पार्टी सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषदको पुनर्गठन र राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने र आगामी दिनमा पार्टीको बैठक पार्टी कार्यालयहरूमा गर्ने प्रस्ताव गरेका छन् । यस्तै, संसदमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि पार्टी सचिवालयमा परामर्श लिनुपर्ने पनि उनको प्रस्ताव छ ।