कोरोना संक्रमित थपिएपछि इनरुवामा पुनः लकडाउन

 न्यूज विराट
कोरोना संक्रमित थपिएपछि इनरुवामा पुनः लकडाउन

सुनसरी, १० साउन-सरकारले लकडाउनलाई खुला गर्ने निर्णय गरेपनि इनरुवा नगरपालिकामा पुनः लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवा नगरपालिका र उद्योग वाणिज्य सङ्घ इनरुवा सुनसरीसहित सरोकारवालाको बैठकले इनरुवामा आजदेखि पुनः लकडाउन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष वीरेन्द्रकुमार साहले बताए ।

पीसीआर परीक्षणका क्रममा सुनसरीको इनरुवा घर भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै  यहाँ पूर्णरूपले लकडाउन गरिएको हो  । शुक्रबार साँझ सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालबाटै लागू हुने गरी इनरुवा क्षेत्रमा पूर्ण लकडाउन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।

लकडाउनका कारणले इनरुवा बजार सुनसान देखिएको छ ।  इनरुवा–३ घर भएका व्यक्ति कार्यालय आउजाउका क्रममा परिवारसँगको सम्पर्कमा आएको आधारमा क्लोज कन्टयाक्टको अवस्था पहिचान गर्न थालिएको छ ।

परिवारसहित १२ जनाको ट्रेसिङ गरिएको र ट्रेसिङमा आएकाको स्वाब लिएर परीक्षण गरेको छ । विराटनगरमा गरिएको परीक्षणका क्रममा इनरुवा घर भएका पुरुषमा कोरोना सङ्क्रमण देखापरेको थियो । घर आउजाउ गरेको र छरछिमेकमा घुमफिर तथा बजारको विभिन्न पसलमा पुगेर सामानसमेत किनमेल गरेका थिए । – रासस

सम्बन्धित समाचार

प्रदेश १ मा माओवादी केन्द्रले गर्यो औपचारिक रूपमा मुख्यमन्त्री दाबी, छलफलका लागि वार्ता समिति निर्माण

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ ले औपचारिक रुपमा मुख्यमन्त्रीमा दाबी गरेको छ । सो पार्टीको प्रदेश १ पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले...

५८ वर्षपछि भेटियो ११ नम्बर सीमा स्तभ

सुर्खेत,  ८ असोज-५८ वर्षदेखि हराएको भनिएको नेपाल–चीनबीचको ११ नम्बर सीमा स्तम्भ फेला परेको छ । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी...

कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५७ पुग्यो 

काठमाडौं, १८ साउन -नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ की ६८ वर्षीय महिला रहेकी छन् ।  ज्वरो, रुघाखोकी जस्ता समस्या देखिएपछि १४ साउनमा...

प्रदेशलाई चाँडै कोरोनामुक्त बनाइन्छ : मन्त्री घिमिरे

विराटनगर, जेठ ३१–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोरोनामुक्त बनाईने बताएका छन् । प्रदेश सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी रुपमा काम गरिरहेकाले बढीमा ४ महिना भित्रमा कोरोना मुक्त बनाईने...

स्थायी कमिटीमा ओलीको पत्रकाे पूर्ण पाठ : प्रचण्डको प्रस्तावमा छलफल गर्न सकिँदैन

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठकमा पत्र पठाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रस्तावमा छलफल गर्न नसकिने जानकारी दिएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पठाएको पत्र उपप्रधानमन्त्री तथा सचिवालय...

सागका पदक विजेता ८८ खेलाडी प्रदेश १ सरकारद्धारा सम्मानित

विराटनगर, ३१ असार–प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई आज सम्मानित गरेको छ । एकल तर्फ स्वर्ण पदक विजेता ६ जना, एकल तर्फ रजत पदक विजेता...

कार्यकक्षमै कुटिए सब-इन्जिनियर

जाजरकोट, १४ चैत । जाजरकोटको शिवालय गाउँपालिका– ७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इन्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ । अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै आफूले राम्रोसँग काम गर्न र...

बुद्ध जयन्तीमा पनि सुनसान लुम्बिनी

बुटवल, २५ वैैशाख-कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउन जारी छ । लकडाउनका कारण सबै क्षेत्र ठप्प छन् । यसबाट पर्यटकीय क्षेत्र पनि अछुतो छैन । बसन्त ऋतुमा फूलहरु फुलेर ढकमक्क र पालुवा पलाएर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्