कोरोनाबाट १७ वर्षीया किशोरीको मृत्यु, मृतकको संख्या ४५ पुग्यो

 न्यूज विराट
कोरोनाबाट १७ वर्षीया किशोरीको मृत्यु, मृतकको संख्या ४५ पुग्यो

काठमाडौं, १० साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाराको परवानीपुर ८ की १७ वर्षीया किशोरीको ९ साउन शुक्रबार गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।

बुधबार स्वास्थ्यमा समस्या आएपछि विरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना भएकी ती किशोरीको आरडिटी पोजिटिभ देखिएको थियो । त्यसलगत्तै उनलाई कोभिड अस्पताल रिफर गरिएको थियो । ८ साउनमा स्वाब संकलन गरिएकोमा ९ गते कोरोना पुष्टि भएको थियो ।

किशोरीमा अक्सिजनको मात्रा कम हुनुका साथै पाखाला लाग्ने, जिउ काप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको प्रवक्ता डा. गौतमले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

सम्बन्धित समाचार

कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको मौवाही सिल

सिरहा, ४ जेठ-कोरोना संक्रमित पुष्टि भएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ । सुखवानान्कारकट्टी गाउँपालिका-१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना पुष्टि भएपछि सङ्क्रमण थप फैलन नदिन...

उदयपुरकी थप एक महिलामा काेराेना पाेजेटिभ, देशभर संक्रमितकाे संख्या ११० पुग्याे

काठमाडाैं, २७ वैशाख-उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । विराटनगरस्थित काेसी अस्पतालकाे प्रयोगशालामा गरिएको परीक्षणमा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको हो। यसअघि शनिबार बिहान भुल्केकै तीन महिलामा संक्रमण पुष्टि...

श्रमिकलाई तत्काल राहतको व्यवस्था गर्न देउवाको आग्रह

काठमाडौं, १७ वैशाख-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई लकडाउनका कारण कष्टकर जीवन बिताइरहेका श्रमिकलाई तत्काल राहतको व्यवस्था गर्न आग्रह गरेका छन् । उनले कोरोना महामारी नियन्त्रणका लागि घोषणा गरिएको लकडाउनले श्रमिकको दैनिकी प्रभावित भएकाल उनीहरुलाई...

बालिका बलात्कारको आरोपमा मोरङको जहदाका सरबरिया पक्राउ

विराटनगर, १६ फागुन । मोरङको जहदाका एक व्यक्ति बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्र सरबरीया रहेका छन् । उनीमाथि गत फागुन ११ गते स्थानीय...

नर्सिङ्ग दिवसमा न्यूरोद्धारा एक सय जना नर्सलाई सम्मान

विराटनगर । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।विराटनगरमा एक कार्यक्रम आयोजना नर्सहरुको सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो । हस्पिटलमा कार्यरत एक सय जना...

विराटनगरमा मानव सेवा आश्रमले ‘आमा सेमिनार’ गर्ने

विराटनगर । मानव सेवा आश्रमले विराटनगरमा आमा सेमिनार गर्ने भएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार आमा सेमिनार आयोजना गर्ने आज पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । दिउँसो २ बजेदेखि ४ बजेसम्म आयोजना हुने...

साइकल चढेर चितवनबाट धुनुषा आएका कोरोना संक्रमित २ युवक

जनकपुर, ४ जेठ-धनुषामा कोरोना संक्रमण देखिएका २ जना चितवनबाट जनकपुरधाम आएको खुलेको छ । दुबै संक्रमित ओभरसियर पढ्ने विद्यार्थी हुन् । उनीहरू चितवनबाट साइकल चलाएर धनुषा आएका थिए । संक्रमित युवकहरू धनुषाको नगराइन नगरपालिका-९ घोडघास...

प्रहरीलाई १६ थान डिजिटल सेट फोन वितरण

विराटनगर । विराट व्यापार सङ्घले जिल्ला प्रहरी कार्यालय मोरङलाई १६ थान डिजिटल सेट फोन वितरण गरेको छ ।बुधवार एक कार्यक्रम आयोजना गरी १६ थान डिजिटल सेट फोन मोरङ प्रहरीलाई वितरण गरेको हो । विराट व्यापार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्