लकडाउन खुले पनि जोखिम अझै धेरै छ : स्वास्थ्य मन्त्रालय

 न्यूज विराट
लकडाउन खुले पनि जोखिम अझै धेरै छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं, ७ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन खुले पनि कोरोना भाइरस (कोभिड-१९)को जोखिम नघटेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले लकडाउनलाई हटाएर सन्त्रासमा रहेको जनजीवनलाई सामान्य अवस्थामा ल्याउन प्रयास गरेको भए तापनि जोखिम भने नघटेको बताएका हुन् ।

‘सरकारले कोभिड-१९ को महामारीको सन्त्रासमा रहेको जनजीवनलाई विस्तार नवसामान्यीकरण गर्ने सन्दर्भमा सरकारले बन्दबन्दी हटाएर विभिन्न क्रियाकलापलाई विस्तारै-विस्तारै सञ्चालनमा ल्याउने निर्णय गरेको छ,’ उनले भने, ‘यसलाई हामीले कोरोनाको महामारी सकिएको भनेर नबुझिदिनुहुन सबैमा अनुरोध छ । जोखिम अझै धेरै छ ।’

विश्वमा अरू देशले पनि त्रुटि गर्दा ठूलो जनधनको क्षति भएको उनले उल्लेख गरे । उनले सामान्य गल्तीहरूले पनि ठूलो जोखिम निम्तिन सक्ने भन्दै सबै सचेत हुन आग्रह गरेका छन् । सबै नेपालीले दुःख, कष्ट सहेर कोरोना संक्रमणलाई न्यून गर्न पाइरहेको सफलतालाई कायम राख्न सुझबुझ र धैर्यताको अरू धेरै खाँचो रहेको उनले औँल्याए ।

सम्बन्धित समाचार

ग्रेडेड स्कुलमा राधाकृष्ण पोशाक प्रतियोगिता

विराटनगर । विराटनगस्थित ग्रेडेड बोर्डिङ स्कुलले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राधाकृष्ण पोशाक प्रतियोगिता आयोजना गरेको छ । सोमबार विद्यालय परिसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । विद्यालय परिसरमा आयोजित सो प्रतियोगितामा कक्षा एलकेजी र कक्षा...

सप्तरीमा थपिए ७ जना कोरोना संक्रमित

जनकपुरधाम, २४ जेठ-सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले...

एक घण्टा पछि सर्‍यो मन्त्रिपरिषद् बैठक

काठमाडौं, ३ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकसँग जुधाएर बोलाएको मन्त्रिपरिषद् बैठक भने पछि सारेका छन् । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक एक घण्टा ढिला गरिएको छ...

भरतपुर अस्पतालमा उपचाररत १ पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु

चितवन, १५ भदौ-भरतपुर अस्पतालमा उपचाररत १ पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । अस्पतालको कोभिड-१९ क्लिनिकल टिमका संयोजक डा. प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका- ६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८७ संक्रमित थपिए

विराटनगर, २४ मंसिर–प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६, मोरङमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक...

विराटनगरको विकासका लागि एडीवीद्वारा तेस्रो चरणको काम सुरु

विराटनगर । विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीवी)ले तेस्रो चरणको कार्य सुरु गरेको छ ।एडीवीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसित भेटेर हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेको छ ।...

‘सत्ताको आडमा प्रकाशित समाचार हटाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप’

प्रधानमन्त्रीको सचिवालयबाट काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार हटाउन दबाब दिनुका साथै हटाउन नमानेपछि अनलाइनको सेवा प्रदायक कम्पनीलाई दबाब दिएर उक्त समाचार हटाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रमेश...

तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह

काठमाडौं, ४ असार । जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन सूचित गरेको छ। शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रशासनले नेपाल-चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यसको आसपास भारी वर्षासँगै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्