५ उद्देश्यलाई केन्द्रित गरेर मौद्रिक नीति ल्याऊ : काङ्ग्रेस

 न्यूज विराट
५ उद्देश्यलाई केन्द्रित गरेर मौद्रिक नीति ल्याऊ : काङ्ग्रेस

काठमाडौं, १ साउन-प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले ५ उद्देश्यलाई केन्द्रित गरेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

पूर्वअर्थमन्त्री डा. रामशरण महत संयोजक रहेको अर्थतन्त्र केन्द्रित विशेष समितिले आर्थिक पुनरुत्थानलगायतका उद्देश्य पूर्ति गर्नेगरी मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाएको हो ।

काङ्ग्रेसले दीर्घकालीन आर्थिक वृद्धि, वित्तीय सुधार, भुक्तानी सन्तुलन र नियमन र सुपरीवेक्षण क्षमता वृद्धि गर्नेगरी मौदिक नीति ल्याउन समितिले आग्रह गरेको हो ।

संयोजक महतले अहिले विस्तारकारी मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताए । उनले पुनर्कर्जा २ खर्बभन्दा माथि पुर्‍याउन आग्रह गरे ।  ब्याजदर घटाउन आवश्यक रहेको पनि काङ्ग्रेसले जनाएको छ ।

सरकारले २ खर्ब ५ अर्ब बढीको आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा निजीक्षेत्रमा जाने ऋणका लागि सहजीकरण गर्नुपर्ने उनले बताए । गैरआवसीय नेपालीलाई डिपोजिट बढाउने गरी योजना ल्याउन आवश्यक रहेको उल्लेख गरिएको छ । फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर प्राप्ति नभएको ब्याजमा कर तिर्नुपर्ने बाध्यतामा सुधार ल्याउन आवश्यक रहेको काङ्ग्रेसले औँल्याएको छ ।

सम्बन्धित समाचार

मृतकको संख्या २० पुग्यो

काठमाडौं, ३ असार-बाँके बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा...

म्यानमारमा रिहा भए ६ सयभन्दा बढी प्रदर्शनकारी

म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका ६ सयभन्दा मानिसलाई बुधबार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । ‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौँ,’...

प्रहरीलाई लडाएर फरार भएका कैदी भारत भागेको आशंका, खोजीमा ब्यापक प्रहरी परिचालन

विराटनगर । उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका एक जना कैदी भारत भागेको आशंका गरिएको छ । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद...

बीपी प्रतिष्ठानमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु

विराटनगर, २५ वैशाख । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत धरान १२ का ४१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो...

उडान सञ्चालन योग्य अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं, १९ जेठ-कोभिड-१९ को प्रभावले २ महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ । मुलुकमा जारी बन्दाबन्दी र त्यसपछिको सामान्य अवस्थामा विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान...

प्रचण्ड-माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन् : ओली

काठमाडौं, २६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गरेका छन् । शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई...

सुनको मूल्य प्रतितोला २०० घट्यो

काठमाडौं, १३ असोज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । छापावाल सुन बुधबार प्रतितोला रु ८८ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक...

वीपीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

विराटनगर, ६ भदौ–सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका एक कोरोना संक्रमितको शनिबार मृत्यु भएको छ । धरान १५ निवास ६७ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा शनिबार दिउँसो निधन भएको हो । स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्