जनता समाजवादी एकताको श्रेय लिनेको होडबाजी 

 न्यूज विराट
जनता समाजवादी एकताको श्रेय लिनेको होडबाजी 

जनकपुर, २८ असार-निर्वाचन आयोगले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टी (जसपा) नेपाललाई दल दर्ता प्रमाण पत्र दिएपछि औपचारिक रुपले दुई दल एक बनेका छन् ।

दुबै दल एक भएपछि आफूले एकता गराएको भनेर श्रेय लिने कार्य पनि सुरु भएको छ । श्रेयका लागि जसपा नेता राजेन्द्र महतोका निकटस्थहरु अगाडि देखिएका छन् ।

नेता महतोका ज्वाई अनिल महासेठले समाजिक सञ्जालमा महतोलाई श्रय दिई धन्यवाद पनि दिएका छन् । राजपामा केन्द्रीय सदस्य रहिसकेका महासेठ अहिले प्रदेश–२ का सभामुखका सल्लाहकार छन् । राजनीतिक कार्यक्रममा जहिलेपनि उनी महतोसँग देखा पर्ने गर्छन् ।

उनले लेखेका छन्, ‘सुरु देखि लागेर पार्टी एकीकरणका लागि आफ्नो पद र नम्बरको परवाह नगरी यो मिसनलाई सफल बनाउनु भएका हाम्रा वरिस्ठ नेता  राजेन्द्र महतो ज्युलाई बिशेश धन्यवाद ! आगामी दिनमा सबैलाई समेटेर पार्टी एकीकरणका बाँकी काममा सबैको साथ र सहयोग रहने नै छ ।’

‘आजदेखि जनता समाजवादी पार्टी, नेपालको सदस्य ! नेपालमा वैकल्पिक शक्ति को आवस्यकताक छ । यसका लागि तत्कालीन राजपा र समाजवादी पार्टी एक हुनुपर्छ भन्ने उदेश्यका साथ लाग्नु भएका सबै लाई धन्यवाद छ,’ उनले लेखेका छन् ।
उनीजस्तै अन्य कतिपय नेताहरु आफ्नो त्यागका कारण पार्टी एकता सम्भव भएको बताउँदै आएका छन् ।

जसपाले दल दर्ताका लागि गत ११ वैशाखमा निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो दललाई निर्वाचन आयोगले आधिकारिक प्रमाणपत्र प्रदान गरेको जानकारी दिएका हुन् ।

सम्बन्धित समाचार

आज भाइटीका लगाइँदै

काठमाडौं, १ मंसिर-प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र...

प्रदेश १ मा कोभिड–१९ विरुद्धको खोप दिन सुरु

विराटनगर, १४ माघ । प्रदेश १ मा आजदेखि ८ वटा जिल्लाका १९ वटा खोप केन्द्रबाट कोरोना विरुद्धको खोप दिन सुरु गरिएको छ । प्रदेश १ मा विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. चुमनलाल दासलाई कोभिशिल्ड...

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध निवेदनमाथिकाे सुनुवाइ भोलिलाई सारियो

काठमाडौं, १५ पुस-प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वाेच्च अदालतमा परेका निवेदनमाथिकाे सुनुवाइ भाेलि हुने भएकाे छ । आज पालाे नआएकाले सुनुवाइ भाेलिका लागि ताेकिएकाे वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए । ‘समय अभावका कारण आज...

आईपीएलमा बैंगलोरको तेस्रो जित

एजेन्सी, २७ चैत । मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार तेस्रो जित निकालेको छ । मुम्बईले भने लगातार चौथो हार बेहोरेको छ । जितका लागि पाएको १५२...

सुम्निमा स्कुलको क्याप्टेनमा सुशान्त र भाइस क्याप्टेनमा सृष्टि

विराटनगर । विराटनगर ११ पिचरास्थित सुम्निमा बोर्डिङ स्कुलमा स्कुल क्याप्टेन र भाइस क्याप्टेन निर्वाचनबाट चयन गरेको छ ।स्कुलमा अध्ययरत विद्यार्थीहरुले मतदान गरी स्कुल क्याप्टेन र भाइस क्याप्टेन निर्वाचनबाट चयन गरेका हुन् । स्कुल क्याप्टेनमा सुशान्त...

पूजा आराधना गरी आज सीता जयन्ती मनाइँदै

काठमाडौं, २० वैशाख-प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने...

प्रधानमन्त्रीका सल्लाहकारले भने– हामी अब ०७५ जेठ २ को अवस्थामा फर्केका छौँ

प्रधानमन्त्री केपी शर्मा ओलीका विदेशमामिला सल्लाहकार डा. राजन भट्टराईले सर्वोच्च अदालतको फैसलाले पार्टी पुरानै अवस्थामा फर्किएको बताएका छन् । नेकपा नामसम्बन्धी विवादको टुंगो लगाउँदै ऋषिराम कट्टेलको पार्टीलाई मान्यता दिएपछि ट्वीट गर्दै उनले पार्टी एकताअघिको अवस्थामा फर्किएको...

कोरोना महामारीले १० प्रतिशत पत्रकार बेरोजगार

काठमाडौं, ५ असोज-कोरोना महामारी र बन्दाबन्दीले १० प्रतिशत पत्रकार बेरोजगार भएका एक अध्ययन प्रतिवेदनले देखाएको छ । ९ प्रतिशतको तलब कटौती भएको र २० प्रतिशत पत्रकारले तलब पाउन सकेका छैनन् । एक तिहाइले चार महिनादेखि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्