कांग्रेस महाधिवेशनको कार्यतालिका परिमार्जन

 न्यूज विराट
कांग्रेस महाधिवेशनको कार्यतालिका परिमार्जन

काठमाडौं, १६ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार फानगु १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको छ । यस्तै, साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशिल सदस्यहरूको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने र ७ पुषमा देशभरीका ७ हजार वडाको अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै, ७ सय ५१ वटा स्थानीय तहमा पुस ८ गते प्रदेशसभाको पुष ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै, १ भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा १६ पुषमा, प्रदेशहरूमा ६ माघमा अधिवेशन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको छ । पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति ७-१० फागुनसम्म हुने प्रवक्ता शर्माले बताए ।

सम्बन्धित समाचार

धनुषा र महोत्तरीमा चट्याङ लागेर २ जनाको मृत्यु

जनकपुर, १९ जेठ-चट्याङ लागेर धनुषा र महोत्तरीमा २ जनाको मृत्यु भएकाे छ । चट्याङ लागेर धनुषाको मिथिला नगरपालिका-७ऽ केमलीपुरकी ४८ वर्षीया छिनमाया काफ्ले र महाेत्तरीकाे महोत्तरी गाउँपालिका-१ का ४५ वर्षका इन्दल यादवको मृत्यु भएको हाे...

कोरोना परिक्षणका लागि कोशी अस्पतालमा राखिएको ल्याव मुख्यमन्त्री राईद्धारा निरिक्षण

विराटनगर, चैत २८–कोरोना भाईरसका शंकास्पद विरामीको नमूना परिक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएका ल्यावको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार निरिक्षण गरेका छन् । कोरोना भाईरसको कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण...

देशभर एकै दिन थपिए २ हजार २० संक्रमित

काठमाडौं, २ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९...

निर्माण सुरु गरेको ८ वर्षपछि जनकपुर विमानस्थलको टर्मिनल भवन सञ्चालनमा

निर्माण सुरु भएको आठ वर्षपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार उक्त भवनको उद्घाटन गरेका हुन् । टर्मिनल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

खानेपानी बितरणलाई सुलभ र सहज बनाउन जोड

विराटनगर । कोशी प्रदेशका खानेपानी सिचाइ तथा उर्जा मन्त्री नारयण बुर्जा मगरले स्वच्छ खानेपानी बितरणलाई सुलभ र सहज बनाएर अगाडी बढाउन प्रदेश सरकार लागि पर्ने बताएका छन् ।मोरङको कटहरी गाउँपालिका – ३ मा रहेको कटहरी...

दक्ष जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा बन्द

बैतडी, २५ असोज - दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ । जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द रहेको हो...

प्रदेश १:संक्रमितलाई राख्न आइसोलेसन शैयाको अभाव, रंगेली नगरपालिकाले आफै स्थापना गर्यो

विराटनगर, साउन २५–प्रदेश १ मा कोरोना संक्रमित राख्न प्रबन्ध गरिएका अस्पतालका आइसोलेसन शैया पूर्ण अभाव भएको छ । अस्पतालमा ठाउँ नभएपछि संक्रमितहरु घरघरमै बसिरहेका छन् । यद्यपी कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि भने केही...

बुटवलमा थप १ कोरोना संक्रमितको मृत्यु

बुटवल, ३१ साउन-बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत १ जनाको कोरोना संक्रमित को मृत्यु भएको छ । मृत्यु हुने कपिलवस्तुका हुन् । उनी २९ साउनमा उपचारका लागि आएका थिए । उनको फोक्सोमा समस्या देखिएको र आइसीयूमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्