समुदायमा संक्रमण पुगे रोक्न कठिनाई : मन्त्री घिमिरे

 न्यूज विराट
समुदायमा संक्रमण पुगे रोक्न कठिनाई : मन्त्री घिमिरे

विराटनगर, असार १६–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण समुदाय स्तरमा पुगे नियन्त्रण गर्न कठिनाई हुने बताएका छन् । पछिल्लो समय भिडभाड बढेको र स्वास्थ्य सचेतना अपनाएको नदेखिएको उनले बताए ।

सामाजिक विकास मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रि घिमिरेले यस्तो बताएका हुन् । उनले अहिले देखिएको संक्रमण क्वारेन्टाईनमा मात्र सिमित भएको बताए । मन्त्री घिमिरेले भने,‘ संक्रमित १४ जिल्लाका भएपनि संक्रमण १४ जिल्लामा छैन ।’

प्रदेश १ मा समुदायमा देखिएको संक्रमण नियन्त्रणमा आएको र अहिले समुदायमा नभएको उनले दावी गरे । मन्त्री घिमिरेले कोरोना संक्रमितहरु उपचार पछि घर फर्कनेको अनुपात राम्रो भएको उनको भनाई छ ।

प्रदेशको अवस्था सकारात्मक भएपनि चुनौति भने यथावत रहेको मन्त्री घिमिरेले बताए । भारतले कोरोना निदान गरेको घोषणा नगर्दा सम्म प्रदेश १ को चुनौति भने कायमै रहने उनको भनाई छ ।

सामाजिक विकास मन्त्रालयले प्रदेश १ मा कोरोना भाईरसको खोज पड्ताल, परीक्षण र उपचारका क्षेत्रमा गरिएको कार्यबारे पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

सामाजिक विकास मन्त्रालयले भोली देखि नियमित मिडिया व्रिफिङ गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार प्रत्येक दिन २ देखि २ ः ३० वजे भित्रमा मिडिया व्रिफिङ गरिने मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।

सम्बन्धित समाचार

कोरोनाबाट मृत्यु भएका कैलालीका पुरुषको शव व्यवस्थापन

डडेल्धुरा, १३ असार-चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका-७ का ५० वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको छ । भरतपुरको नेपाली सेनाको कालीबहादुर गणको टोलीले मृतक पुरुषको शव व्यवस्थापन गरेको हो आफन्तको उपस्थितिमा शव भरतपुर...

कांग्रेसले भन्यो : कुनै पनि परिस्थितिमा सरकारमा सहभागी हुँदैनौँ

काठमाडौं, २२ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । सत्तारूढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरूसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनै पनि हालतमा अहिले सरकारमा...

विराटनगरका स्टेशनरी व्यवसायी सिद्धान्त भट्टराई मिर्चैयामा मृत भेटिए

विराटनगर । विराटनगर १० घर भएका स्टेशनरीका होलसेल व्यवसायी २५ वर्षीय सिद्धान्त भट्टराई मतृ फेला परेका छन् । सिरहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित होटलको पछाडि बुधबार बिहान भट्टराईको शव भेटिएको हो । मिर्चैया कटारी...

विराटनगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

विराटनगर । विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । आइतबार एक कार्यक्रम आयोजना गरी विराटनगर महानपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषिणा गरिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको विशेष...

जनता समाजवादीको दल दर्ता रोक्न निर्वाचन आयोगमा निवेदन

काठमाडौं, १४ वैशाख-नवगठित जनता समाजवादी पार्टीको दल दर्ता रोक्नका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । संविधानविपरीत दल दर्ता पक्रिया भएकाले रोक्नका लागि राष्ट्रिय युवा संघका अमित लामा र अधिवक्ता विपिन ढकालले आयोगमा निवेदन पेस...

चीनले जित्यो ओलम्पिकको पहिलो स्वर्ण

टोकियोमा आयोजित ओलम्पिक खेलकुदको पहिलो स्वर्ण चीनको पोल्टामा परेको छ । महिला १० मिटर राइफल सुटिङ स्पर्धामा चीनकी याङ कियानले स्वर्ण जितेकी हुन् । सो प्रतियोगितामा रुसकी सुटर अनास्टासिया गालासिनाले रजत तथा स्वीट्जरल्यान्डकी निना क्रिस्टेनले...

हल्लाको भरमा ग्यास अभाव, नयाँ सिलिण्डर किन्नमा रोक

काठमाडौं, चैत ३–बजारमा कोरोना भाइरसको त्रास बढेसँगै खाना पकाउने एलपी ग्यासको अभाव भएपछि नयाँ सिलिण्डर बिक्रीवितरणमा रोक लागेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले २५० जनालाई ख्वायो खाना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले २५० जना भन्दा बढीलाई खाना खुवाएको छ । विराटनगरस्थित कोशी अस्पतालमा पुगेर सो क्लबले खाना खुवाएको हो । उपचारका लागि अस्पताल आएका विरामी, कुरुवा र सेवाग्राहीहरुलाई खाना खुवाइएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्