‘संसदीय मूल्य र मान्यतालाई व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्छ’  

 न्यूज विराट
‘संसदीय मूल्य र मान्यतालाई व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्छ’  

काठमाडौं, १६ असार-प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मूल्य र मान्यतालाई व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्नेमा जोड दिएका छन् ।

संसद दिवसको अवसरमा आज संयुक्त शुभकाना सन्देश जारी गर्दै उनीहरूले राज्य पुनर्संरचना  र संघीय शासन प्रणालीको कार्यान्वयन गर्न तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाएर जगदेखि नै मजबुत बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको समेत बताएका छन् ।

विगतमा संसद दिवसको सन्दर्भमा औपचारिक कार्यक्रम गर्दै आइएको भएपनि यो पटक कोरोना महामारीको कारण स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै औपचारिक कार्यक्रम नराखिएकोसमेत सन्देशमा उल्लेख गरिएको छ ।

सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाले दिवसको सम्झनामा संघीय संसद सदस्य, संविधानसभाका सदस्य, पूर्व सांसद, राष्ट्रसेव कर्मचारी लगायत सम्पूर्ण नारिकमा शुभकामना दिएका छन् ।

पहिलो संसदीय निर्वाचनसँगै १६ असार २०१६ मा सुरु भएको संसदको बैठकको स्मरणमा आजको दिनलाई संसद दिवसको रुपमा मनाइँदै आइएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ का ३१ संक्रमितकाे स्वास्थ्य अवस्था सामान्य, ७५ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

विराटनगर, बैशाख २२-विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ३१ जना कोरोना संक्रमितको अवस्था सामान्य छ । अस्पतालका अनुसार १८ देखि ६५ वर्षसम्म उमेर समूहका संक्रमितको कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ । अस्पतालमा उपचार...

कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने

काठमाडौं, माघ २४नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो । संसदीय दलका उपनेता समेत रहेका नेता विजयकुमार...

स्वर्गीय डीएसपीद्वय केसी र खरेललाई वीरता पदक

काठमाडौं, ३ असोज । संविधान दिवसका दिन सरकारले कोभिड–१९ का कारण ज्यान गुमाएका डीएसपीद्वय राजकुमार केसी र समीरचन्द्र खरेललाई वीरता पदक दिने घोषणा गरिएको छ । केसी र खरेलले गत जेठमा कोरोना संक्रमणका कारण नेपाल प्रहरी अस्पतालमा...

सुनको सिक्री चोरी आरोपमा मोरङबाट दुई जना पक्राउ

विराटनगर । सुनको सिक्री चोरी आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलका प्रहरी कार्यालय बेलबारीले चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका वडा नं ९ बैगुनधुरा का...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर, ३१ वैशाख-झापाको दमक नगरपालिका– ५, हरिओम कोलिनीको भित्री सडकखण्डमा टिपरको ठक्करबाट  १ साइकलयात्रीको मृत्यु भएको छ । बुधबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ५५२४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर...

आज देशभर थपिए १ हजार १६ कोरोना संक्रमित

काठमाडौं, २ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

अब नेपाल एयरलाइन्सकाे टिकटबाटै युरोप, अस्ट्रेलियाकाे यात्रा गर्न पाइने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अस्ट्रेलिया र एसियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता...

भोजपुरको शहीद पार्क संरक्षणविहीन अवस्थामा

भोजपुर, फागुन ९–भोजपुर सदरमुकाममा रहेको शहीद पार्क संरक्षणविहीन अवस्थामा पुगेको छ । विगतमा जिल्ला विकास समितिको संरक्षणमा रहेको सो पार्क अहिले आएर जिल्ला समन्वय समितिमातहतमा रहेको छ । सदरमुकामभित्र रहेर पनि पार्कको उचित व्यवस्थापन हुन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्