कोरोना संक्रमणको डर हराउँदै गएकोमा स्वास्थ्य मन्त्रालयको चिन्ता

 न्यूज विराट
कोरोना संक्रमणको डर हराउँदै गएकोमा स्वास्थ्य मन्त्रालयको चिन्ता

काठमाडौं, १५ असार-नेपालमा सबैले लकडाउन खुलेको महसुस गरेर भीडभाड गराएको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमित लगातार बढिरहेको समय सांस्कृतिक क्रियाकलापहरू विवाह, भोज, भतेर गरेर भीडभाड बढाएको पाइएको भन्दै मन्त्रालयले चिन्ता व्यक्त गरेको हो ।

अनावश्यक रूपमा जम्काभेट गरिरहेका दृश्यहरू देखिएको भन्दै कतै कोरोना भाइरस संक्रमणको डर हराउँदै गएको र जनजीवन सामान्य भइसकेको भन्दै महसुस हुन थालेकाले हो कि भन्ने चिन्ता बढ्न थालेको प्रवक्ता प्राडा. जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा बताए ।

न्यूनतम मापदण्डका बारेमा स्वास्थ्य मन्त्रालयले बारम्बार अनुरोध गर्दै आए पनि न्यूनतम भौतिक दूरीसमेत कायम नभएको उनले बताए । स्वास्थ्य मन्त्रालयका निर्देशन पालन नगरेको देखिएको भन्दै उनले दूरी कायम गर्ने, नियमित सरसफाइमा ध्यान दिने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनेजस्ता आधारभूत नियम पालना गर्न सबैलाई अनुरोध गरे ।

सम्बन्धित समाचार

विराटनगर दरैयावस्तीबाट लागूऔषध सहित एक युवक पक्राउ

विराटनगर, २९ कात्तिक । विराटनगरको सीमा क्षेत्रबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन् । आज विहान ११ बजे विराटनगर–१६ स्थित नेपाल–भारत सीमा नजिकैको दरैया बस्तीबाट गोरखाको शहिद गाउँपालिका–७ का २२ बर्षीय मनिष श्रेष्ठलाई प्रहरीले पक्राउ...

थप ९ सय ८० जनामा कोरोना पुष्टि, नाै जनाकाे मृत्यु

काठमाडाैं, २१ भदौ-पछिल्लाे २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणअनुसार नेपालमा थप ९ सय ८० जनामा कोरोना भाइरस (काेभिड-१९) को संक्रमण पुष्टि भएकाे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घन्टामा थपिएका...

सहारा नेपाल(साकोस) द्धारा उर्लाबारिमा–४ मा राहत वितरण

उर्लाबारी, बैशाख २६–एकका लागि एक अभियान भन्ने नाराका साथ शुक्रबार सहारा नेपाल(साकोस) ले उर्लाबारी–४ मा राहत वितरण गरेको छ । अभियानले उर्लाबारी नगरपालिकामा वडाले दोस्रो चरणमा सिफारिस गरेको बक्राबाधमा बसोबास गर्ने विपन्न , दैनिक ज्याला...

स्वयम्भुमा गाेली चलाएर सैनिकद्वारा आत्महत्या

काठमाडौं, ३० जेठ-स्वयम्भुको छाउनीस्थित वीरेन्द्र अस्पतालमा गोली चलाएर १ जना सैनिकले आत्महत्या गरेका छन् । उनले गएराती पौने १२ बजे ड्युटीमा बसेको बेला नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्टले आफैलाई गोली प्रहार गरेर आत्महत्या गरेका हुन्...

वनिता विशेष वसुश्री–मधु पुरस्कारबाट नवोदित पुरस्कृत हुँदै

विराटनगर । वनिता साहित्यिक पत्रिकाले यस वर्षको ‘वनिता विशेष वसुश्री–मधु पुरस्कार’ कवि एवं पत्रकार मीनकुमार नवोदितलाई प्रदान गर्ने भएको छ ।पत्रिका सञ्चालक समितिको बैठकले नवोदितलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । युवा वर्ष मोती...

दशगजामा भारतले निर्माण गरेका संरचना हटाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं, १६ जेठ-संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दशगजा क्षेत्रमा रहेका भौतिक संरचनालाई तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिले भारतीय सीमामा रहेको दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यता...

कोशी अस्पताल अगाडिको सटरमा डोजर, भाडा बापतको ८४ लाख बढी बक्यौता उठाउन बाँकी

विराटनगर – विराटनगरस्थित कोशी अस्पताल परिसर भित्र रहेको ७ वटा होटल डोजर लगाएर खाली गराएको छ । बिहीबार वर्षौदेखि भाडा नतिरी बस्दै आएका ७ वटा सटर हस्पिटलले विराटनगर महानगरपालिकाको डोजर लगाएर खाली गराएको हो ।...

संवैधानिक परिषद् अध्यादेश र नियुक्तिसम्बन्धी सुनुवाइ चाँडो गर्न प्रधानन्यायाधीशसहित सबै न्यायाधीशलाई पत्र

कानुन अध्ययन गरिरहेका विद्यार्थीहरूले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई पत्र पठाएका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसले गरेका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ यथाशीघ्र गर्न माग गर्दै समृत खरेल,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्