ललितपुरमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु

 न्यूज विराट
ललितपुरमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु

ललितपुर, १५ असार-ललितपुर जिल्लामा कोरोना सङ्क्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । सानेपाको स्टार अस्पतालमा उपचाररत रौतहट हतुवा विजयपुर नगरपालिका-७ निवासी ३० वर्षीय पुरुषको शनिबार राति आठ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।

उनले भने, ‘उहाँमा लामो समयदेखि श्वासप्रश्वासको समस्या रहेछ । अन्य अस्पतालमा उपचार गरी उहाँ असार १३ गते स्टारको कोभिड आइसियू भर्ना भई केही समयपछि भेन्टिलेटरमा राखिएको छदेखि सात घण्टामा मृत्यु भएको थियो ।’ ती व्यक्तिको स्वाब परीक्षणको नतिजा आइतबार साँझ मात्र आएको गेलालले बताए ।

ती व्यक्तिले काठमाडौं आउनुअघि तराईको अस्पतालमा छातीको उपचार गराइरहेको गेलालको भनाइ छ । उनको उपचारमा खटिने र परिवारका सदस्य गरी ८ देखि ९ जनालाई हाल आइसोलेशनमा राखिएको उनले बताए ।

यसअघि ललितपुरमा कोरोनाका कारण अन्य २ पुरुषको पनि मृत्यु भइसकेको छ । आजसम्म ललितपुरका ९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । ती व्यक्तिको शव व्यवस्थापन भने नेपाली सेनाले गर्नेछ ।– रासस

सम्बन्धित समाचार

काठमाडौं भित्रिने र छाड्ने घटे

काठमाडौं, १४ कात्तिक-कोभिड-१९ महामारीको त्रासका कारण यसपालिको दसैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रूपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या लाखौँलाख हुन्थ्यो । यसपालि भने केही लाखले मात्रै...

कमल थापाको आरोप, ‘कम्युनिस्टहरू निर्धक्कसँग भ्रष्टाचार गरिरहेका छन्’

सुनसरी, फागुन १६–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ‘घूस बार्गे्निङ प्रकरण’मा मुछिएका पूर्वमन्त्री गोकुल बाँस्कोटाजस्ता पात्र सरकारमा धेरै रहेका टिप्पणी गरेका छन् । सुनसरीमा मिडिया नेपालले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले निष्पक्ष छानविन...

सरकारले नेपालको कृषि विदेशी व्यापारीलाई सुम्पिन लाग्यो : कृषि व्यवसायी

सरकारले कृषिमा विदेशी लगानी भित्र्याउन कानुनी बाटो खोलेर नेपालको कृषि विदेशी व्यापारीलाई सुम्पिन लागेको कृषि व्यवसायीले बताएका छन् । कृषिमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका विभिन्न क्षेत्रका कृषि व्यवसायीले सरकारले नै नेपालको कृषि पहिचान विदेशी...

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता

काठमाडौं, ११ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाबीच भेटवार्ता भएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले श्रृंगलाले प्रधानमन्त्री...

म्याद सकिएको औषधी बेच्ने साईकृष्ण मेडिकल हलमा शिलबन्दी

विराटनगर । म्याद सकिएको औषधी विक्री वितरण गरेको पाइएपछि औषधी व्यवस्था विभाग विराटनगरले एउटा फार्मेशी शिलबन्दी गरेको छ ।अमित कुमार चौधरीले संचालन गरेको विराटनगर १२ नहरचोक रानीपथमा रहेको साईकृष्ण मेडिकल हलले म्याद सकिएको औषधी विक्री...

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङ धरौटीमा रिहा

काठमाडौ, २१ माघ-ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा रिहा भएका छन् ।  बुधबार न्यायाधीशद्वय प्रेमराज कार्की र अब्दुल अजिज मुललमानको संयुक्त इजलासले गुरुङसँग दुई करोड धरौटीमा छाड्ने आदेश दिएको...

झापामा पिकअप भ्यान पल्टिँदा एकको मृत्यु, दुई जना घाइते

झापाको कमल गाउँपालिका–७ स्थित गेउरिया सडकखण्डमा मालबाहक पिकअप भ्यान पल्टेर घाइते भएका एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यलय दमकका अनुसार दुर्घटनामा परी घाइते भएका दमक- ९का ५५ वर्षीय मंगल चौधरीको उपचारका क्रममा...

स्थानीय तहका कर्मचारी आन्दोलित

विराटनगर । संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै स्थानीय तहका कर्मचारीले संघर्ष जारी राखेका छन् । सरकारले संघीय संसद्मा निजामती विधेयक दर्ता गर्ने तयारी गरिरहेका बेला स्थानीय तहका कर्मचारीले विरोध कार्यक्रम सुरु गरेका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्