गण्डकीमा थप ५३ जनामा कोरोना पुष्टि

 न्यूज विराट
गण्डकीमा थप ५३ जनामा कोरोना पुष्टि

पोखरा, १५ असार-गण्डकी प्रदेशमा सोमबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गण्डकीमा थप ५३ जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा स्याङ्जा १०, तनहुँ १०, बागलुङ १४, पर्वत १३ र गोरखामा ६ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको उनले बताए।

योसँगै गण्डकीमा संक्रमितको संख्या ९ सय ४९ पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणमुक्त भई नवलपरबाट १६ जना घर फर्किएका छन् । योसँगै प्रदेशभर निको हुनेको संख्या २ सय १४ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

भारतको आन्ध्र प्रदेशमा बाढीको वितण्डा, २९ को मृत्यु, कैयौँ बेपत्ता

भारतको आन्ध्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा २९ जनाको मृत्यु भएको छ । बाढीले १०० जना भन्दा बढीलाई बगाएर बेपत्ता पारेको भारतीय सञ्चार माध्यमहहरूले जनाएका छन् । निरन्तरको अत्यधिक वर्षाका कारण ठूलो बाढी आएको र धेरै क्षति...

सकियो तीन दिने सेल्फ डिफेन्स तालिम

विराटनगर । किशोरीहरुमा हुने हिंसा रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले आयोजना गरिएको तीन दिने महिला सेल्फ डिफेन्स तालिम समापन भएको छ । विराटनगरको सत्यनारयण स्कुलमा उक्त तालिम आइतबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै...

विभेदविरुद्ध अमेरिका, बेलायत र अस्ट्रेलियामा विशाल प्रदर्शन

एजेन्सी, जेठ २५-अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लाइडको मृत्युको विषयलाई लिएर अमेरिकामा सुरु भएको प्रदर्शन विश्वका विभिन्न देशमा समेत फैलिएको छ । अमेरिकामा जातीय विभेद र प्रहरी ज्यादतीविरुद्धको प्रदर्शन जारी छ । प्रहरी नियन्त्रणमा रहेका...

धेरै कोरोना संक्रमण भएका देशको सूचीमा भारत १५औँ स्थानमा

एजेन्सी, बैशाख १७-कोरोना भाइरस (कोभिड-१९) संक्रमण धेरै फैलिने देशहरूमध्ये छिमेकी राष्ट्र भारत १५औँ स्थानमा पुगेको छ । विश्वभर ३१ लाख ३९ हजार ४ सय ७१ जनामा कोरोनाको संक्रमण देखिएकोमा भारतमा ३१ हजारभन्दा बढीमा संक्रमणकाे पुष्टि...

पूर्व राज्यमन्त्री अपहरण गरिएको समाजवादी पार्टीको आरोप

काठमाडौं, १० वैशाख-समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो केन्द्रीय सदस्य अपहण गरेको आरोप लगाएको छ ।समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा सूचना संञ्चार विभाग उपप्रमुख विश्वदिप पाण्डेले सामाजिक सञ्जाल ट्वीट गदै साँझ ५बजे...

विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान सफल बनाउन प्रभातफेरी आयोजना

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट...

प्रदेश १ : एमाले संसदीय दलको उपनेतामा अधिकारी

विराटनगर । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको रिक्त पदाधिकारीलाई पूर्णता दिएको छ । दलको उपनेतामा प्रदेशसभा सदस्य यशाेदा अधिकारी र सचेतकमा विमल कार्कीलाई चयन गरेको एमाले संसदीय दलका नेता भीम प्रसाद...

धनकुटाका स्थानीयतहमा भ्रष्टाचार र अनियमितताको दर बढ्दै

धनकुटा, फागुन १६–धनकुटाका स्थानीयतहमा भ्रष्टाचार र अनियमितताको दर बढ्दै गएको अख्तियारको तथ्याङ्कले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा दर्ता भएका धनकुटाका ५० मध्ये २५ वटा उजुरी स्थानीयतहका छन् । यी बाहेक शिक्षा,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्