नेकपाको आयोजनामा मोरङमा बृहत बृक्षारोपण, ३५ हजार पार्टी सदस्यले बृक्षारोपण गरे

 न्यूज विराट
नेकपाको आयोजनामा मोरङमा बृहत बृक्षारोपण, ३५ हजार पार्टी सदस्यले बृक्षारोपण गरे

विराटनगर, असार १४–मदन जयन्तीको अवसर पारेर मोरङमा जिल्ला व्यापीरुपमा बृहत वृक्षारोपण गरिएको छ । जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तिको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले जिल्लाका सवै पालिकाहरुमा ‘वृक्षारोपण गरौँ, वातावरणको सुधार गरौ’ भन्ने नाराका साथ बृहतरुपमा बृक्षारोपण गरेकोे हो ।

गत असार ९ गते नेकपा मोरङको कार्यालय बैठकले मदन जयन्तीको अवसर पारेर जिल्लाका सवै नेता, कार्यकर्ता तथा पार्टी सदस्यहरुलाई अनिवार्यरुपमा बृक्षारोपण गर्न आब्हान गरेको थियो ।

नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार आइतबार जिल्लाका १७ वटै पलिकाहरुमा स्थानीय कमिटीको अगुवाईमा पार्टीका सवै नेता, कार्यकर्ता र पार्टी सदस्यले अनिवार्यरुपमा बृक्षारोपण गरेका हुन् ।

नेकपा मोरङले विषेश गरेर नदी तथा खोला किनारका खाली जमिनमा बृक्षारोपण गरि फलफुल, जडिबुटी, घाँस÷पात, काठ÷दाउरामा जनतालाई आत्मनिर्भर बनाउन, बाढी पहिरोको जोखिम नियन्त्रण एवम् वातारण सुधारका लागि अभियानका रुपमा आइतबारबाट बृक्षारोपणको सुरुवात गरेको हो ।

बक्षारोपणमा प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई, प्रदेशका मन्त्रीहरु, संघ तथा प्रदेश सांसद, पार्टीका शिर्षस्थ नेता, कार्यकर्ता लगायत जिल्लाका सवै ३५ हजार पार्टी सदस्यले बृक्षारोपण गरेका छन् ।

विराटनगरमा मुख्यमन्त्री राईले गरे बृक्षारोपण
जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसर पारेर नेकपा मोरङले सुरु गरेको बृक्षारोपण अभियान अन्तर्गत आइतबार विराटनगर–५ मा प्रदेशका मुख्यमन्त्री शेरधन राईले बृक्षारोपण गरे ।

नेकपा विराटनगर महानगर कमिटीको आयोजनामा विराटनगर–५ स्थित केशलिया खोला छेउ शंकरबारीको २ विघा क्षेत्रमा वृक्षारोपण सुरु गरिएको हो । त्यस्तै विराटनगर–१२ इक्राहीमा पनि २ विगाहा क्षेत्रमा आजै वृक्षारोपण सुरु गरिएको नेकपा विराटनगरका अध्यक्ष सागर थापाले जानकारी दिए ।

सो अभियानको प्रदेश १ का मुख्यमन्त्री राईले बृक्षारोपण गर्दै उद्घाटन गरे । सो अबसरमा मुख्यमन्त्री राईले आधुनिक कम्य्ुनिष्ट आन्दोलनमा मदन भण्डारीले दिएको विचारकै कारण नेपालमा कम्युनिष्ट पार्टीले बहुमत प्राप्त गर्न सकेको बताए । उनले कम्युष्टि पार्टीको नेतृत्वले समृद्धिको यात्रामा देश अगाडि बढेको भन्दै यसको श्रेय पनि मदन भण्डारीलाई नै जाने बताए।

वृक्षारोपण सुरु गरिएको उक्त क्षेत्रमा प्रदेश सरकारले हरियाली पार्क निर्माण गर्ने योजनाका साथ ५० लाख रुपैयाँ लगानी गरेको छ । यही आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढेृको विराटनगर–५ का वडाध्यक्ष मिन आचार्यले जानकारी दिए ।

रतुवामाई र बेलबारीमा मन्त्री र शिर्षस्थ नेता सहभागि
मोरङको रतुवामाई र वेलबारीमा सुरु गरिएको बृक्षारोपण अभियानमा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की सहभागि भए । नेकपा मोरङको आयोजना र रतुवामाई नगरकमिटीको व्यवस्थापनमा वडा नम्वर १० स्थित भण्डारीको कर्मथलो सातमेडी र ८ नम्बरको झुनाबारी स्थित रतुवा खोलाको बगरमा बृहत वृक्षरोपण गरिएको छ ।

नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल र सचिव गणेश उप्रेती ‘शुशिल’ को गृहनगरसमेत रहेको रतुवामाईमा प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास, नेकपा केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज घनेन्द्र बस्नेत, केन्द्रीय सदस्य तथा मोरङका सह–इन्चार्ज महेश रेग्मी,लगायत जिल्लाका शिर्षस्थ नेता, कार्यकर्ता र स्थानीय सवै पार्टी सदस्यहरुले बृक्षारोपण गरे ।

सो अवसरमा कानून मन्त्री कार्कीले मदन भण्डारी कै विचारले नेपालमा कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गरेको बताए । उनले भण्डारीद्वारा प्रतिपादित सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ ले नै नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गरेको उल्लेख गरे । मन्त्री कार्कीले भण्डारीकै बिचारको जगमा नेकपाले मुलुकमा बहुमतको सरकार सञ्चालन गरिरहेको बताए ।

रचनात्मक काममा प्रतिष्पर्धा गरौँः अध्यक्ष पोखरेल
कार्यक्रममा संविधानसभा सदस्य तथा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जनतालाई फलफुल, जडिबुटी, घाँस÷पात, काठ÷दाउरामा आत्मनिर्भर बनाउन, बाढी पहिरोको जोखिम नियन्त्रण एवम् वातारण सुधारका लागि सवै नदी तथा खोला किनारमा अभियानका रुपमा बृक्षारोपण सुरुवात गरेको बताए । उनले सो अभियानको नेकपा मोरङले सुरुवात गरेपनि सबै पार्टी तथा संघ संस्थाहरुको साझा अभियान बन्नुपर्नेमा जोड दिए ।

अध्यक्ष पोखरेलले अव पार्टी र संघसंस्थाहरुबिच राजनैतिक भन्दा पनि रचनात्मक कार्यमा प्रतिस्पर्धा हुनु पर्ने बताए । मदन भण्डारीको विचारले अहिले मुलुकलाई नेतृत्व गरिरहेको भन्दै अध्यक्ष पोखरेलले समाजवाद तर्फको यात्रामा यस्ता रचनात्मक कार्यले महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।

‘आज मुलुक फलफुलमा परनिर्भर बनेको छ । दिनदिनै वातारण विग्रँदै गएको छ । वर्षेनी बाढी पहिरोले हामीलाई सताउँदै आएको छ । जटिबुटीकोसमेत अभाव हुन थालेको छ ।’ उनले भने,‘यही कुराहरुमा अब हामी आत्मनिर्भर बन्नुपर्छ भनेर विषेशगरी खोलाका किनारमा बनजंगलको विकास गर्नुपर्छ भनेर हामीले अभियानको सुरुवात गरेका हौँ ।’

उनले नेकपाले अभियानको सुरुवात गरेपनि सो विषय साझा भएको बताए । ‘सवै पार्टीले जोसुकैको नामबाटसुरु गरेपनि अब बृक्षारोपण अभियानलाई सफल पार्न रचनात्कम प्रतिष्पर्धा गरौँ । यसलाई सवै साजनितिक दल सामाजिक संघ संस्थाहरुले आ–आफ्नो प्रतिष्पर्धामा बृषारोपण अभियान चलाउँ र रोपिएको ठाउँमा संरक्षणदेखि हुर्काउने सम्मका सवै कामका लागि उपभोक्ता वा बन समिति निर्माण गरेर बन कार्यालयलाई हस्तान्तरण गरौँ ।’ उनले भने,‘जहाँ जसले जे नाम राखेर भएपनि यो अघि बढाऔँ । खोला बगरमा निजि जग्गा भए सम्बन्धीत धनीले त्यसको उपभोग गर्न पाउनुपर्छ । रचानात्कम प्रतिष्पर्धाबाट यस्ता कामलाई साझा बनाउँदा मुलुकले चाँडै समृद्धि हासिल गर्छ ।’

बृक्षारोपण कार्यक्रममा १ नं. प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरण राज्यमन्त्री बिजय विश्वास, प्रदेशसभा सदस्य राजकुमार ओझा, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, नेकपा मोरङ सचिव गणेश उप्रेती लगायतका शिर्षस्थ नेताहरु, स्थानीय पार्टी कमिटिका नेता, कार्यकर्ता र पार्टी सदस्यहरुको सहभागिता रहेको थियो ।

औपचारिक कार्यक्रम पश्चात् रतुवा नदी किनारमा वृक्षरोपण गरियो । फराकिलो चौरमा पहिले नै तयार पारिएका खाल्टामा कार्यक्रमका अतिथि र सहभागी सबैले कम्तीमा एक—एक वटा विरुवा रोपेका थिए ।

वन डिभिजन कार्यलय मोरङको सहयोगमा भएको वृक्षरोपणका लागि सव डिभिजन वन कार्यलय मंगलवारे र पथरीशनिश्चरे साझेदारी वन व्यवस्थापन समितिले २ हजार ५ सय विरुवा प्रदान गरेको साझेदारी वनका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।

वृक्षरोपणमा मसला, टिक, बकाइनो, इपिलिपी, किम्वु, जामुन, फडिर, खयर लगायतका विरुवा रोपिएको नेकपा रतुवामाईका अध्यक्ष शिवनारायण राजवंशीले जानकारी दिए ।

आइतबारनै बेलबारी नगरपालिका–८ मा पनि मन्त्री कार्कीकै प्रमुख आतिथ्यतामा बृक्षारोपण गरिएको छ । त्यसैगरी जिल्लाभरीका सवै पालिकामा स्थानीय पार्टी कमिटीको नेतृत्वमा पार्टीका सवै सदस्यहरुले बृक्षारोपण गरेको नेकपा मोरङ अध्यक्ष पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार

पद सम्हालेको १०० दिनमा १० करोडलाई खोप दिने बाइडेनको बाचा

अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले पद सम्हालेको एक सय दिनमा १० करोड नागरिकलाई खोप दिने लक्ष्य रहेको बताएका छन् ।  बाइडेनले आफ्नो कार्यकालको सुरुमा नै महामारी अन्त्य गर्न नसकेपनि आफूले कोभिड–१९ को बाटो भने मोड्ने बाचा...

कुवेतबाट थप १ सय ५० नेपाली काठमाडौं आइपुगे

काठमाडौं, ४ असार-कुवतेबाट १ सय ५० जना नेपाली काठमाडौं आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी १ सय ५० नेपाली केहीबेरअघि जजिरा एअरमार्फत काठमाडौं आइपुगेका हुन् । कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले...

मोरङका पत्रकारहरुको कोरोना परिक्षण, १६ जनाको नमुना संकलन गरियो

विराटनगर, जेठ ३–कोरोना भाईरसको जोखिमका बाबजुद जनतालाई सु–सुचित गराउन खटिएका मोरङका पत्रकारहरुको कोरोना परिक्षणका लागी स्वाबको नमुना सङकलन गरिएको छ । शनिबार नेपाल पत्रकार महासंघको प्राङगणमा जिल्लाका १६ जना पत्रकारहरुको पिसिआर प्रविधिबाट कोरोना परिक्षणका लागी...

शहीद स्मारक पुगे प्रधानमन्त्री

काठमाडौं, माघ १६–प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्मारक पुगेर प्रधानमन्त्री ओलीले शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । देश र जनताका लागि आफ्नो जीवनको आहुति...

भारतमा कोभिड-१९ को खोप केही हप्तापछि आउँछ : प्रधानमन्त्री मोदी

एजेन्सी, १९ मंसिर-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताएका छन् । उनले शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरूसँगको बैठकका क्रममा सो कुरा बताएका हुन् । प्रधानमन्त्री मोदीले...

नेकपा (एमाले) सुनवर्षी नगर कमिटी अध्यक्षमा विष्णु कँडेल चयन, ७५ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन

विराटनगर । नेकपा (एमाले) सुनवर्षी नगर कमिटीको अध्यक्षमा युवा नेता विष्णु कँडेल चयन भएका छन् । नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले स्थानीयस्तरमा लोकप्रीय युवा नेता कँडेललाई अध्यक्षमा चयन गर्दै ७५...

५ वटा जिल्ला कोरोना फ्रि, ६ वटामा ५ सयभन्दा बढी संक्रमित

काठमाडौं, २५ असार-नेपालका ५ वटा जिल्ला करोना फ्रि भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला कोरोना फ्रि जिल्ला भएको बताए । यी जिल्लामा कोरोना...

रिर्जभ एन्टिबायोटिक्स सबै फार्मेसीबाट बेच्न पाउनुपर्ने माग राख्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङले सबै फार्मेसीबाट रिर्जभ एन्टिबायोटिक्स औषधिहरुको विक्री वितरणको माग गर्दै सोमवार स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।कोशी अस्पतालले संचालनमा ल्याएको ‘निःसन्तान क्लिनिक’ को उद्घाटन तथा अस्पताल निरिक्षणका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्