सुस्मिताको परिवारबाटै हत्या भएको प्रहरीको निष्कर्ष

 न्यूज विराट
सुस्मिताको परिवारबाटै हत्या भएको प्रहरीको निष्कर्ष

हेटौंडा, १४ असार-हेटौंडाकी २२ वर्षीया सुस्मिता केसी (थापा) को हत्या परिवारकै सदस्यबाट भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । १३ दिन लामो अनुसन्धानपछि मकवानपुर प्रहरीले परिवारबाटै उनको हत्या भएको निष्कर्ष निकालेको हो ।

यद्यपी घटनाको विस्तृत जानकारी भने प्रहरीले दिएको छैन । भोलि (सोमबार) सुस्मिता हत्या आरोपित २ जनालाई प्रहरीले सार्वजनिक गर्दैछ ।मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्र बहादुर रानाका अनुसार सुस्मिता हत्यामा उनकै ससुरा र नन्दको संलग्नता रहेको खुलेको छ ।

‘सुस्मिता हत्या आफ्नै परिवारबाट भएको अनुसन्धानबाट देखिएको छ । अनुसन्धानबाट सुस्मिताकै ससुरा  र नन्दबाट हत्या भएको देखिन्छ,’ डिएसपी रानाले भने, ‘ससुरा र नन्दलाई हिरासतमा लिएर अनुसन्धान गरेका थियौँ । १३ दिन लामो अनुसन्धानले उनको हत्या नै भएको देखाएको छ ।’

सुस्मिता २ असारमा हेटौंडा-४ कर्रा नजिक सूर्यचोकस्थित आफ्नै घरको बन्द भान्सा कोठाभित्र मृत फेला परेकी थिइन् । सुस्मिताको हत्यामा संलग्नता देखिएको भन्दै प्रहरीले ५ असारमा ससुरा ५८ वर्षीय प्रकाश थापा र नन्द २३ वर्षीया सीता थापालाई पक्राउ गरेको थियो ।

बुहारी हत्या आरोपमा पक्राउ परेका उनीहरूलाई प्रहरीले ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ । घरको भान्सा कोठाभित्र टाउकोमा गहिरो चोट र रगताम्मे भएको सुस्मिताको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

मृतक सुस्मिताका श्रीमानको करिब ९ महिनाअघि सवारी दुर्घटनामा ज्यान गएको थियो । घटनाअघि कपिलवस्तुस्थित माइत बस्दै आएकी सुस्मिता पतिको सांस्कृतिक कार्यक्रमको लागि हेटौंडा आएकी थिइन् । सुसुरा, सासू र एक नन्दसँगै मृतक थापा घरमा बस्दै आएकी थिइन् ।

सम्बन्धित समाचार

रियालिटी शो ‘डान्स मास्टर’को घोषणा, तेरिया र सुशान्त पनि जज

नेपालमा डान्सिङ रियालिटी शो 'डान्स मास्टर लिल चाम्स' सुरु हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो । 'थ्रि प्रोडक्सन'ले 'नेपा प्रोडक्सन'सँगको सहकार्यमा निर्माण गर्न लागेको रियालिटी...

नरवणेको नयाँ सेड्युल ‘माउन्टेन फ्लाइट’

काठमाडौं, २० कात्तिक-तीन दिने भ्रमणका लागि बुधबार काठमाडौं आएका भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे शुक्रबार निजी सेड्युल बनाएर ‘माउन्टेन फ्लाइट’मा निस्किने भएका छन् । गृह मन्त्रालयका स्रोतका अनुसार शुक्रबार बिहान नरवणे सगरमाथा क्षेत्रका लागि...

अवैध भारतीय मदिरा ‘सिक्कम गोल्डेन’ बरामद

विराटनगर, १० चैत । झापा बुद्धशान्ति गाउँपालिका-४ बर्ने स्थित राजमार्गबाट अबैध रुपमा ल्याएको भारतिय मदिरा बरामद गरिएको छ । सोमबार राती ११ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे१ज ३३५१ नम्बरको भेन नियन्त्रणमा...

२१ जेठदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न माग

काठमाडौं १६ जेठ-निजी विद्यालयहरुले २१ जेठदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न सरकारलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन् नेपाल (नेशनल प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, अभिभावक संघ...

प्रदेश १ मा शुक्रबार ६७ संक्रमित थपिए

विराटनगर, २३ साउन–प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ पुरुष ८ महिला,...

यस कारण कोरोना भाइरस सङ्क्रमण सरकारले लुकाउन सक्दैन

चीनबाट फर्किएका एक विद्यार्थी बाहेक नेपालमा अन्यलाई हालसम्म कोरोना भाइरस (कोभिड–१९) देखिएको छैन ।तर सामाजिक सञ्जालमा शिक्षण अस्पताल, नर्भिक अस्पताल , टेकु लगायतका अस्पतालमा कोरोना भाइरस देखिएको तर सरकारले लुकाएको भन्दै अर्नगल प्रचार प्रसार भइरहेको...

आइटीमा पनि अब्बल बन्दै शिक्षादीप कलेज

विराटनगर । मेडिकल र इन्जिनियरिङको क्षेत्रमा मात्र नभएर आइटिको क्षेत्रमा पनि दक्ष प्राविधिकहरू हायर गराएर विराटनगर– ९ मा रहेको शिक्षा दीप कलेज काठमाडौँ बाहिर मोफसलमा अब्बल साबित हुन अग्रसर भएर लागि परेको छ । काठमाण्डौंबाट...

थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं, ४ जेठ-नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा थप १० जनाा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमित सबै रौतहटबासी रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्