मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदै

 न्यूज विराट
मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, १३ असार-आज नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदैछ । पार्टीनिकट अन्य संस्थाहरूले आज विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदै छन् । स्व. भण्डारीको जन्मजयन्ती भएका कारण आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छ।

विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी लोकप्रिय भण्डारीको ३ जेठ २०५० मा दासढुंगा दुर्घटनामा परी निधन भएको थियो ।

भण्डारीको जन्म १४ असार २००९ मा ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।

जबजको जग र सशस्त्र जनयुद्धको अनुभवपछि गत जेठ ३ गते भण्डारीको निधन भएको दिन एमाले र नेकपा (माओवादी केन्द्र) को एकता भई हालको नेकपा गठन भएको हो ।

सम्बन्धित समाचार

तीन दशकपछि तेस्रो प्रयासमा पूरा भयो बाइडेनको सपना

एजेन्सी, २३ कात्तिक-सन् १९७२ को कुरा हो, ह्वाइट हाउसमा राष्ट्रपति पदमा रिचर्ड निक्सन थिए र अमेरिका चन्द्रमामा मानिसलाई पठाउने अभियान चलाइरहेको थियो । यही समयमा आफ्नो राजनीतिक करियर सुरु गरेका जो बाइडेले ५० वर्ष लामो...

प्रदेश १ मा तिहारमा ९९ वटा दुर्घटना, १७ जनाको मृत्यु,

विराटनगर । १४ जिल्ला रहेको प्रदेश १ मा तिहारमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ । प्रदेशमा ९९ वटा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका...

आजदेखि मतदाता नामावली संकलन नहुने, औँठा छाप हान्ने काम भाेलिसम्म

आजदेखि आगामी निर्वाचनका लागि मतदाता नामावली संकलन नहुने भएको छ । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन नगर्ने जनाएको हो । गत असार १ गतेदेखि आगामी प्रदेश र संघलाई लक्षित गरेर आयोगले मतदाता नामावली संकलन थालेको थियो...

पछिल्लो २४ घण्टामा देशभर ३९० संक्रमित थपिए

काठमाडौं, २ माघ-पछिल्लो २४ घण्टामा थप ३९० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६० हजार ५६७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल...

राप्रपाको चुनावी प्रक्रिया आज, अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्दै

काठमाडौं, मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहीबारबाट चुनावी प्रक्रिया सुरु हुँदैछ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार भृकुटीमण्डपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्र...

अर्किड र ग्रिनपिस क्वाटरफाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र ग्रिनपिस विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा अर्र्किड स्कुलले विनायक स्कुललाई...

उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि २० करोड लगानीको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेशका विभिन्न आठ वटा क्षेत्रका नवउद्यमीहरुको उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि करिब २० करोड रुपैयाँ बराबर लगानीको प्रतिबद्धता जनाइएको छ । बिहीबार विराटनगरमा आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको लगानी सम्मेलनमा लगानीको प्रतिबद्धता...

मत बदर हुन नदिन विराटनगरमा नमुना मतदान

विराटनगर । अपाङगता भएका व्यक्तिहरूले बदरमत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि विराटनगरमा नमुना मतदान कार्य सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्ने गरी नेत्रहिन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्