आइतबार कांग्रेस पदाधिकारी बैठक बस्दै

 न्यूज विराट
आइतबार कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १३ असार-नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले  जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ । कोभिड-१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो ।

कांग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो । कांग्रेसको १३ औँ महाधिवेशन २०७२ फागुनमा सम्पन्न भएको थियो । रासस  

सम्बन्धित समाचार

मध्यराती लुटेरा र प्रहरीबीच गोली हानाहान

बारा, भदौ १९ । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको हो ।...

प्रभु बैंकको नारायणगढ शाखामा आगलागी

चितवन, १५ वैशाख-चितवनको नारायणगढस्थित प्रभु बैंक शाखामा आगलागी भएको छ ।विद्युत चुहावट भएर आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीले बताए । उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र...

बामदेव गौतमको घोषणा : म कुनैपनि गुटमा छैन

दाङ, मंसिर ६–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले कार्यकर्ता माझ पुगेपछि भने आफु कुनै गुटमा नरहेको स्पष्टिकरण दिएका छन् । सचिवालय बैठकमा दोस्रो वरियताका अध्यक्षको पक्षमा लागेको भनिएका उपाध्यक्ष गौतमले आफू पार्टीको कुनै गुटमा...

राष्ट्रियसभा चुनावको मौन अवधि सुरु, आचारसंहिता पालना गर्न आयोगको आग्रह

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । यही १२ माघमा हुने निर्वाचनका लागि गए राति १२ बजेदेखि नै मौन अवधि सुरु भएको हो । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न...

सह–प्राध्यापक प्रसाईंको विदाई

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय जनसंख्या तथा विकास केन्द्रका सह–प्राध्यापक उदयराज प्रसाईंको विदाई गरिएको छ ।उमेर हदका कारण अनिवार्य अवकाश पाउनु भएका सह–प्राध्यापक प्रसाईंलाई जनसंख्या तथा विकास केन्द्र, जनता आदर्श बहुमुखी क्याम्पस र कलेज अफ ल...

मन्त्री अमनलाल मोदीको पहलमा लोहन्द्रा खोलामा पुल बनेपछि कृषकमा ल्याएको खुसी

विराटनगर । संघीया मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको पहलमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मोरङको बेलबारी नगरपालिका – ५ कसेनीस्थित बाढीले बगाएको लोहन्द्रा खोलामा पक्की पुल र साइफन बनेपछि स्थानीयमा खुसियाली छाएको छ ।...

एमाले विराटनगरको निर्वाचन : मनोनयन दर्ता सुरु, राती ११ बजे मतदान

विराटनगर । विराटनगरमा नेकपा एमालेको महानगर कमिटीको निर्वाचन प्रक्रिया अघि बढेको छ। निर्वाचन कमिटीले मनोनयन दर्ताका लागि फाराम वितरण सुरु गरेको छ । जसका लागि आकांक्षी उम्मेदवारहरू फाराम लिन लाइनमा देखिएका छन्।मंगलबार उद्घाटन भएको दोस्रो...

घिमिरे कल्याण परिषदले विराटनगरमा मंगलबार कुलपूजा गर्ने, एक हजार बढीको सहभागि हुने

विराटनगर । एकीकृत घिमिरे कल्याण परिषद केन्द्रीय कार्यालय पुष्पलाल चोक विराटनगरको परिषदले कुलपुजा देवाली गर्ने भएको छ । मंगलबारका दिन कुलपुजा देवाली विराटनगरमा हुने भएको हो । कुलपुजामा एक हजार बढी घिमिरे वन्धुहरुको उपस्थिती हुने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्