अब दैनिक विपद् बुलेटिन 

 न्यूज विराट
अब दैनिक विपद् बुलेटिन 

काठमाडौं, १२ असार-राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को बारेमा जानकारी दिने उद्देश्यले दैनिक ‘विपद् वुलेटिन’ सुरु गरेको छ। दिनभर कहाँकहाँ कस्ताकस्ता घटना भए, कहाँकहाँ जोखिम छ, वर्षा र बाढीको जोखिम कुन ठाउँमा छ र कहाँ बढी पानी पर्छ लगायतका जानकारी उक्त बुलेटिनबाट समावेश गरिने प्राधिकरणले जनाएको छ ।

प्रारम्भिक चरणमा हरेक बिहान १० बजे पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्ने गरिएको र यसलाई अझै विस्तार गर्दै लगिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

प्राप्त विवरणअनुसार पछिल्लो २४ घण्टामा चट्याङका कारण ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । विभिन्न ठाउँमा भएको आगलागीमा परी ३ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा विपद्का १६ वटा घटना भएको पोखरेलले जानकारी दिए ।

विपद् बुलेटिनमा प्राप्त विवरणअनुसार कोशी नारायणी र यसका सहायक नदीहरुमा पानीको बहाब बढ्नेछ । कर्णाली र महाकालीमा पनि सामान्य उतारचढाव हुने, कन्काई, कमला, वाग्मती, राप्ती, बबईलगायतका नदीहरुमा पनि बहाव बढ्ने जनाइएको छ ।

प्राधिकरणले त्यस आसपास र सहायक नदीहरूमा सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ । उक्त बुलेटिन राष्ट्रिय विपद् न्यूनीकरण पोर्टल, प्राधिकरणको फेसबुक तथा ट्वीटरबाट समेत सार्वजनिक हुने जनाइएको छ । रासस 

सम्बन्धित समाचार

ट्राफिक सचेतना बोर्ड पेट्रोल पम्पमा

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी दुर्घटना रोक्ने उद्देश्यले सचेतना मुलक बोर्ड पेट्रोल पम्पहरुमा राख्न थालेको छ ।८० प्रतिशत सवारी दुर्घटना दुई पाङग्रे सवारी साधनहरुबाट हुन थालेपछि ट्राफिक प्रहरीले सवारी दुर्घटना रोक्न पेट्रोल...

नागरिकता विधेयक फेरि जस्ताकाे त्यस्तै राष्ट्रपतिलाई पठाउने सत्ता गठबन्धनकाे निर्णय

सत्तारुढ पाँचदलीय गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा फिर्ता पठाएकाे नागरिकता सम्बन्धी विधेयक फेरि जस्ताकाे त्यस्तै दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाउने निर्णय गरेकाे छ । यसअघि दुवै सदनबाट पारित भएकाे विधेयक प्रमाणीकरणका लागि पेस गर्दा...

भ्यालेनटाईन डे’ मा विराटनगरमा भव्य सांगीतिक साझ, गायक सविन राईको धमाकेदार प्रस्तुती रहने

विराटनगर । भ्यालेनटाईन डे अर्थात प्रेम दिवस यही फागुन २ गते विराटनगरमा हुने सविन राईको संगीतमय साँझको सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगरका संगीत प्रेमीहरुको लागि अहिलेका युवा पुस्तामा निक्कै रुचाइएका गायक सविन राई...

ताप्लेजुङको हाप्पुखोला बृहत खानेपानी आयोजनको मन्त्री चौधरीले गरे उद्घाटन

विराटनगर, ९ फागुन । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित हाप्पुखोला बृहत खानेपानी आयोजनाको मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेका छन् । आयोजना निर्माणको काम सम्पन्न भएपछि बुधबार मन्त्रप्ी चौधरीले उद्घाटन गरेका हुन् । सो अबसरमा मन्त्री चौधरीले आयोजना...

लकडाउन मोडालिटीबारे विज्ञसँग प्रधानमन्त्रीले थाले परामर्श

काठमाडौं, २१ जेठ-जिल्ला-जिल्लाबाट व्यवसायीले लकडाउनको अवज्ञा गर्ने चेतावनी दिएसँगै सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी लागू गर्ने कार्यमा छलफल सुरु गरेको छ । मंगलबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिको बैठकले निजी क्षेत्रसँग परामर्श गरेको...

कोरोना संक्रमणबाट विराटनगरमा थप तीन जनाको मृत्यु

विराटनगर, १८ जेठ । कोरोना संक्रमणका कारण विराटनगरमा थप तीन जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र नोबेल शिक्षण अस्पतालमा एक संक्रमितको मृत्यु भएको हो । कोसी अस्पताल कोभिड–१९...

एउटै रुखमा झुण्डिएको अवस्थामा भेटियो तीन किशोरीको शव

विराटनगर, ८ साउन । झापामा तीन जना किशोरी एउटै रुखमा झुडिएको अवस्थामा शव फेला परेको छ । झापाको कचनकवल गाउँपालिका- ५ बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा रहेको  बयरकाे ढल्केकाे रुखमा तीन किशोरी झुन्डिएको मृत भेटिएका हुन्...

धरानमा कोरोनाबाट बालिकासहित थप दुई जनाको मृत्यु

विराटनगर, १९ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ । नौ वार्षीया बालिकासहित सुनसरीका दुई जना कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका- ६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्