देशभर २४ घण्टामा थपिए ५९३ कोरोना संक्रमित

 न्यूज विराट
देशभर २४ घण्टामा थपिए ५९३ कोरोना संक्रमित

काठमाडौं, १२ असार-देशभर पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकाका सहित देशभर ५९३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा ५९३ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । उनका अनुसार संक्रमित हुनेमा धेरै पुरुष रहेका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार थपिएका संक्रमितमा १०७ जना महिला रहेका छन् भने ५८६ जना पुरुष रहेका छन् । हालसम्म १ हजार २४९ जना महिलामा कोरोना संक्रमण देखिँदा १० हजार ५०६ पुरुष पुरुष संक्रमित भएका छन् । नेपालमा कूल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । रसुवा जिल्लाबाहेक सबै जिल्लामा कोरोना फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन् । हालसम्म २ हजार ६९८ जना कोरोना भाइरसलाई जितेर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५३४ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ भने अहिलेसम्म २ लाख ६ हजार २७१ नमुनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आरडीटी विधिबाट २ हजार ४८६ जनाको र अहिलेसम्म २ लाख ९० हजार ३४९ जनाको परीक्षण गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

देशभरका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांकअनुसार शुक्रबारसम्म ७१ हजार १२ जना क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा बस्नेको संख्या भने बढेको छ । ९ हजार ३० जना देशभरका विभिन्न स्थानमा निर्माण गरिएका आइसोलेसनमा बसेका छन् ।

सम्बन्धित समाचार

नारायणहिटीमा श्रीपेच चोर्न खोज्ने पक्राउ

काठमाडौं, ८ असोज । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार शुक्रबार अवलकोनका लागि संग्रहालय पुगेका...

सगरमाथा स्कुलका पुर्व विद्यार्थी अमर भए वैज्ञानिक, स्कुलले गर्यो सम्मान

विराटनगर । विराटनगर स्थित सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलबाट माध्यमिक शिक्षा एस.एल.सी उत्तीर्ण गरेका एक जना विद्यार्थी वैज्ञानिक भएपछि स्कुलले सम्मान गरेको छ ।सगरमाथा स्कुलका पुर्व विद्यार्थी अमर गुप्ता युवा वैज्ञानिक भएपछि मंगलबार स्कुल परिसरमा एक...

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा तिम्सिना विजयी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल ईकाईमा आज सम्पन्न निर्वाचनबाट कमला तिम्सिना सभापतिमा निर्वाचित हुनुभएको छ । ७ सदस्यीय कार्यसमितिका लागि सभापतिमा दुईजनाको उम्मेदवारी परेको थियो । जसमा तिम्सिनाले २७ र अर्का प्रत्यासी दिपेन्द्र...

न्यूरो अस्पतालमा काेराेना संक्रमितको मृत्यु

विराटनगर, १० भदौ-राटनगरको न्यूरो अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ३१ साउनमा अस्पताल भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मंगलबार राति ११ बजेतिर मृत्यु भएको हो ।   टाउकोको नशा सुकेर प्यारालाइसिसको...

विराटनगरको भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी पल्टियो, २२ प्रहरी घाइते

विराटनगर । विराटनगर १५ स्थित भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा २२ जना प्रहरी घाइते भएका छन् । डियुटी सकेर फर्किएका प्रहरी चढेको कोशी प्रदेश प्रहरी तालिम केन्द्रका २२ जना प्रहरी आज साझमा घाइते...

सुनसरीमा कोरोना सक्रमितको संख्या ४ सय ८५ पुग्यो

विराटनगर, ९ भदौ–सुनसरीमा मंगलबार विभिन्न प्रहरी कार्यालयहरूमा रहेका २१ थुनुवासहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थुनुवाहरूमा कोसी गाउँपालिकाका ५, देवानगञ्ज गाउँपालिकाका ३, गढी गाउँपालिकाका १, इटहरी उपमहानगरका २, भोक्राहाका ६, इनरुवाका १...

काठमाडौंकी कोरोना संक्रमित महिला चन्द्रागिरी नगरपालिका निवासी

काठमाडौं, ३१ वैशाख-मंगलबार काठमाडौंमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिकाकी रहेको खुलेको छ । उनी र मंगलबार नै संक्रमण देखिएका भक्तपुरका २ जनालाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेकाे छ ।...

विद्यार्थीको रोजाइमा कान्तिपुर कलेज, नयाँ विद्यार्थीलाई स्वागतसँगै अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा परेको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । कलेजले विराटनगरमा आइतबार एक भव्य कार्यक्रम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्