पीसीआर रिपोर्ट नआउँदै क्वारेन्टाइबाट घर गएका ६ जनामा कोरोना पुष्टि 

 न्यूज विराट
पीसीआर रिपोर्ट नआउँदै क्वारेन्टाइबाट घर गएका ६ जनामा कोरोना पुष्टि 

डडेल्धुरा, १२ असार-आत्महत्या गर्ने धम्की दिँदै क्वारेन्टाइबाट घर गएकी कञ्चनपुरकी १ महिलासहित ६ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

शुक्लाफाँटा नगरपालिका-११ स्थित सरस्वती माबिको क्वारेन्टाइनमा रहेका १० जनालाई दबाब झेल्न नसकेको भन्दै वडा कार्यालयले पीसीआर रिपोर्ट नआउँदै घर पठाएको थियो ।

ती १० मध्ये ६ जनामा बुधबार कोरोना पोजिटिभ देखिएको हो । आत्महत्या गर्ने धम्की दिएपछि पीसीआर रिपोर्ट नआउँदै घर पठाउन बाध्य भएको अध्यक्ष दिलबहादुर बुढाले बताए । ‘पीसीआर गर्न ढिलाइ गरेको भन्दै एक महिलाले आत्महत्या गर्ने धम्की दिइन्,’ उनले भने, ‘त्यस्तो दबाब झेल्न नसक्ने अवस्था भएपछि हामीले सुरक्षितरूपमा घर बस्न भन्दै छोडेका हौँ ।’

क्वारेन्टाइनमा बसेको २ सातासम्म पनि उनीहरूको स्वास्थ्यमा समस्या नदेखिएकाले पनि घर पठाएको वडाध्यक्ष बुढाले बताए । ‘उहाँहरूको दबाब पनि धेरै थियो । स्वास्थ्यमा पनि समस्या थिएन । यस्तो अवस्थामा राख्नै नसक्ने भएपछि हामीले घर पठाएका हौँ,’ उनले भने ।

नगरपालिकाको निर्देशन नमानी वडा कार्यालयले आरडीटी पोजिटिभ भएकाहरूलाई घर पठाएको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए ।

घर पुगेपछि संक्रमण पुष्टि भएका ६ जनाको सम्पर्कमा आएकाको खोजी भइरहेको उनले बताए । संक्रमण पुष्टि भएकाहरू भारतको दिल्ली र मद्रासबाट १२ जेठमा कञ्चनपुर आएका थिए ।

सम्बन्धित समाचार

आइपीएलः पन्जाबद्वारा हैदराबाद १२ रनले पराजित

एजेन्सी, ९ कात्तिक-युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाब विजयी भएको छ । पञ्जाबले सनराइजर्स हैदराबादलाई १२ रनले पराजित गरेको हो । दुबईमा गएराति भएको खेलमा पन्जाबले दिएको १ सय २७ रनको...

ज्ञानेन्द्रकाे सचिवालय भन्छ, ‘राजावादीकाे जुलुसमा हाम्राे सं‌लग्नता छैन’

काठमाडौं, १७ मंसिर-१५ मंसिर मध्याह्न काठमाडौंको सडकमा चर्को नारा उर्लियो, ‘राजा आऊ, देश बचाऊ ।’ यो नारा विराटनगर, बुटवल, धनगढी, पोखरा, हेटौँडा हुँदै काठमाडौं भित्रिएको हो । यी सबै सडक आन्दोलनमा राजनीतिक दलहरूको घोषित संलग्नता...

डीएनए परीक्षण गर्ने सहमतिपछि निहारिकाले अनशन तोडिन्

काठमाडौं, ६ भदौ । आफ्नो बच्चाको ‘डीएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन...

लोकतन्त्रको हत्या गर्ने चुनाव चाहिँदैन : नारायणकाजी श्रेष्ठ

नेकपाको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले अलोकतान्त्रिक चुनाव अस्वीकार गर्ने बताए । नेकपाको विरोधसभामा बोल्दै श्रेष्ठले संविधानलाई घात गर्ने चुनाव आफूहरूले ध्वस्त बनाइदिने दाबी पनि गरे । श्रेष्ठले भने, ‘हामीलाई संविधानलाई घात गर्ने चुनाव चाहिएको छैन,...

प्रदेश १ मा ५६९ जना संक्रमित थपिए, ६१९ डिस्चार्ज

विराटनगर, १४ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५३, झापामा १ सय ४३, सुनसरीमा १ सय १२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३,...

कोसी ब्यारेजको क्वारेन्टाइनबाट १९ भारतीय फरार

काठमाडाैं, २६ वैशाख-क्वारेन्टाइनमा राखिएका १९ भारतीय नागरिक सप्तरीबाट फरार भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका–१ मा रहेको कोसी निम्न माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनबाट उनीहरू बिहीबार बिहान फरार भएका हुन् । भारतसहित नेपालकै विभिन्न जिल्लाबाट आएका...

सौन्दर्यकर्मी युनियनद्वारा माता तीर्थ औंशीको अवसरमा आश्रमका ज्येष्ठ नागरिकलाई भोजन

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटीले शनिबार माता तीर्थ औंशीको अवसर पारेर विराटनगरस्थित मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई विशेष भोजन व्यवस्था गरेको छ। आश्रममा रहेका आमाहरूलाई सम्मान गर्दै यो विशेष...

कोभिड-१९ बाट कुन देश कति प्रभावित ?

बेइजिङ, ७ कात्तिक-जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । जसअनुसार- देश सङ्क्रमितको सङ्ख्या विश्व २४३,४३६,१४२ अमेरिका ४५,४२७,५३९ भारत ३४,१७५,४६८ ब्राजिल २१,७२३,५५९ बेलायत ८,७७५,८८९ रूस ८,११२,९९९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्