ब्याजदर छुट दिन जलविद्युत् व्यवसायीको माग

 न्यूज विराट
ब्याजदर छुट दिन जलविद्युत् व्यवसायीको माग

काठमाडौं, ११ असार-ऊर्जा व्यवसायीले जलविद्युत् आयोजनाका लागि प्रवाह भएको बैंक कर्जाको ब्याजदरमा छुट दिन माग गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको कार्यक्रममा व्यवसायीले धारणा राखेका हुन् ।

उनीहरूले विदेशी मुद्रामा विद्युत् खरिद सम्झौता (पीपीए) गर्न पाउनुपर्नेजस्ता विषयलाई मौद्रिक नीतिले समेट्न आग्रह गरेका छन् । ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले  ऊर्जा क्षेत्रको विकासका लागि स्वेदेशी लगानीमात्र पर्याप्त नभएकाले विदेशी लगानी आकर्षित गर्न गरी मौद्रिक नीति ल्याउनु पर्ने बताए ।

‘नेपालको जलविद्युत क्षेत्रमा वार्षिक २० खर्ब बराबरको लगानी आवश्यक छ। जबकि नेपालको वार्षिक बजेट नै त्योभन्दा कम छ’ प्रधानले भने ‘यस्तो अवस्थामा बाहिरको पैसा जलविद्युतमा लगानी नगरी सुख नै छैन । बाहिरी लगानी भित्र्याउनका लागि लगानीको वातावरण बनाउनु जरुरी छ ।’

विदेशी मुद्रामा पीपीए गर्दा विदेशी लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आकर्षण बढ्ने भन्दै प्रधानले अमेरिकी डलरमा मात्रै नभई जुनसुकै विदेशी मुद्रामा पनि पीपीए गर्न सक्नुपर्ने बताए ।

‘हामीले चिनियाँ वा भारतीय मुद्रामा पनि पीपीए गर्न सक्नुपर्छ । जलविद्युतमा चिनीयाँ लगानी धेरै भएका कारण चिनियाँ कम्पनीले चिनियाँ मुद्रामा नै पीपीए गर्न खोज्छन्,’ उनले भने, ‘त्यस्तै जलविद्युतको बजार भारत र बंलगादेश भएका कारण त्यहाँका लगानीकर्ताले पनि त्यहीँको मुद्रामा पिपिए गर्न चाहे त्यसको वातावरण बनाइदिनुपर्छ ।’

जलविद्युतलाई निकासीजन्य वस्तु मानेर ५ प्रतिशतको अनुदान दिनुपर्ने पनि प्रधानको भनाइ छ । ऊर्जा आयात विस्थापनसँगै निर्यात प्रवर्द्धन पनि हुने हुँदा निर्यातमा ५ प्रतिशत अनुदान पाउन सके ऊर्जा क्षेत्र सबल हुने उनको भनाइ छ । सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत खपत गर्ने लक्ष्य राखेकोमा उक्त विद्युत नेपाल भित्रै खपत गर्न अप्ठेरो नहुने पनि उनको भनाइ छ ।

पूर्वअर्थसचिव सुमन प्रसाद शर्माले ऊर्जा क्षेत्र र मौद्रिक नीतिको सम्बन्ध मुख्यगरी राष्ट्र बैंकको नीतिले प्रत्यक्ष असर पर्ने ब्याजदरलगायतका विषयसँगसँगै लगानी सहजीकरणका लागि देखिने बताए।

‘मुख्यतया अहिले मौद्रिक नीतिमा समेटिनुपर्ने विषय भनेको ब्याजदर घटाउनु हो । रुग्ण आयोजनालाई रिफाइनान्सिङ गर्न पनि आवश्यक छ । वैदेशिक लगानीलाई आकर्षित गर्न हेजिङ फण्ड र कन्ट्री क्रेडिट रेटिङ गराइनुपर्छ’ उनले भने।

सम्बन्धित समाचार

अंग्रेजी भाषा मात्र सवैथोक होइनः मन्त्री घिमिरे

विराटनगर, ३ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गरे । सामाजिक विकास मन्त्रालयद्धारा सोमबार...

इन्टरनेटमा ५० प्रतिशतभन्दा धेरै कर उठाएको सेवा प्रदायकको गुनासो

सरकारले इन्टरनेटलाई अत्यावश्‍यक क्षेत्रमा राखेर पनि ५० प्रतिशतभन्दा धेरै कर लगाएको भन्दै सरोकारवालाले गुनासो गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौंमा आयोजना गरेको नेपालमा इन्टरनेट वितरण मुद्दा र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले नेपालमा...

साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं, ३ असार । सरकारले आगामी १ साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । साउनदेखि नयाँ दर्ता र नवीकरण गरिने सबै प्रकारका सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गरिने यातायात व्यवस्था विभागका महानिर्देशक...

जो जहाँ छौँ, त्यहिँ बसौँ : मन्त्री ढकाल

विदेशबाट आएका र संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न र सरकारले तोके भन्दा फरक काम गर्न आग्रह गरेको छ । बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भूल बस त्यस्ता काममा संलग्न रहेका व्यक्तिलाई जतिसक्दो छिटो सम्पर्कमा आउन...

कैलालीका कोरोना संक्रमितको चितवनमा मृत्यु

डडेल्धुरा, १३ असार-कैलालीका कोरोना संक्रमित १ जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका- ७ का ५० वर्षीय पुरुषको बिहान ९ बजे चितवनको भरतपुर अस्पतालको आइसीयू कक्षमा मृत्यु भएको हाे । उनी क्यान्सरका बिरामी थिए। चितवनमा...

प्रचण्डको माया लाग्छ तर काँध हाल्न सकिँदैन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीमा फर्किन आग्रह गरेका छन् । विराटनगरमा आयोजित आफ्नो समूहको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले गलत बाटो समाएकाले उनी मूल घरमै आउनुपर्ने ओलीको भनाइ राखेका हुन् ।...

प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको छः मुख्यमन्त्री राई

विराटनगर, १५ मंसिर-प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ । प्रदेश नं १ आइटिफ तेक्वाण्डो सङ्घको २० औं बार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित उत्कृष्ट महिला...

नेपालले चिनियाँ ताइपेईलाई २-० ले हरायो

काठमाडौं, जेठ २१ । नेपालले एसियाली विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा चिनियाँ ताइपेईमाथि २–० को जित निकालेको छ । जितसँगै नेपालले एसिया कप छनोट समीकरणमा आफ्नो बलियो चुनौती पेस गरेको छ । यो जितपछि आफ्नो समूहको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्