पर्याप्त गृहकार्य गरेर ई-पासपोर्ट अघि बढाइएको हो : परराष्ट्र मन्त्रालय

 न्यूज विराट
पर्याप्त गृहकार्य गरेर ई-पासपोर्ट अघि बढाइएको हो : परराष्ट्र मन्त्रालय

काठमाडौं, ११ असार-सरकारले पर्याप्त गृहकार्य र नियमित प्रक्रियाअन्तर्गत विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइसम्बन्धी बोलपत्र आह्वान भएको स्पष्ट गरेको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा सदस्यको जिज्ञासाको जबाफ दिँदै राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले ७ वर्षदेखि नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएकाले नियमित कामकारूपमा विद्युतीय राहदानीको विषय अघि बढाएको जानकारी दिए ।

सन् २०१५ सम्ममा ई–पासपोर्ट लागू गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने आर्थिक वर्ष २०७१/७२ देखि प्रतिबद्धता जाहेर गर्दै आएको सरकारले यस वर्षको बजेट वक्तव्यमा आगामी आर्थिक वर्षदेखि विद्युतीय राहदानी लागू गरिने घोषणा गरेको छ । उनले भने, ‘परराष्ट्र मन्त्रालय विद्युतीय राहदानीको प्रक्रियामा गएको छ । यो २०७१ सालदेखि नै उठेको विषय हो । अहिले तत्काल उठेको विषय होइन, यसमा पर्याप्त गृहकार्य भइसकेकाले अन्तिम समयमा किन सुरु गर्ने भनेर समयमै शुरु गर्न थालिएको हो ।’

अहिले विश्वका ११५ मुलुकले विद्युतीय राहदानी कार्यान्वयन गरिसकेका छन् भने अन्य मुलुक पनि यसतर्फ उन्मुख छन् । यन्त्रबाचक राहदानी (एमआरपी) जस्तै देखिने भए पनि चिपसहितको विद्युतीय राहदानीमा वाहकको फोटो, औँठाछाप र आँखाको नानीसमेत भण्डारण गरिएको हुन्छ ।

एमआरपीभन्दा थप सुरक्षित, विश्वासिलो, व्यक्तिको विवरण प्राप्त गर्न र पहिचान गर्न सहज, यात्रामा सरलता, बढ्दो प्रयोग, सूचनाको गोप्यता कायम र अन्तरआबद्धतामा विद्युतीय राहदानीले सहजता कायम हुने दाबी गरिएको छ । १० वर्ष उमेरमाथिकालाई १० वर्ष समयावधि अवधिको राहदानी बुक उपलब्ध हुनेछ । त्योभन्दा कम उमेरका बालबालिकालाई ५ वर्ष अवधिको राहदानी दिइनेछ ।

मन्त्रालयले सुरुमा १० वर्षका लागि १ करोडको संख्यामा विद्युतीय राहदानी छाप्ने योजना बनाएकामा स्वदेशमै सुरक्षण मुद्रण ल्याउने भनेपछि घटाएर ५ वर्षका लागि ५० लाख थान छपाइ तयारी गरेको थियो । सरकारले यसै वर्षभित्रै उक्त मुद्रण खरिद गर्ने भनेपछि मन्त्रालयले पर्याप्त गृहकार्यका आधारमा तीन वर्षको आवश्यकताको पूर्वाअनुमान गरी २० लाख थान पासपोर्ट छपाई गर्ने तयारी गरेको महानिर्देशक खड्काले जानकारी दिए ।

यसैवर्ष सुरक्षण मुद्रण खरिदसम्बन्धी टुङ्गोमा पुगे पनि यहाँ ल्याएर सञ्चालनमा आउन लाग्ने समयको अनुमान गरेर विभागले उक्त परिणाममा ई-पासपोर्ट छपाइका लागि बोलपत्र आह्वान गरेको हो । उनले भने, ‘आफ्नै सुरक्षण मुद्रणबाट राहदानी छाप्नुपर्छ भन्ने विषय सही हो, तर अहिले उपलब्ध भई नसकेको अवस्थामा बाहिरबाटै छाप्न पर्‍यो । हस्तलिखित जस्तो अहिले नै एमआरपी अस्वीकृत भइसकेको होइन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले २०२५ सम्म एमआरपी जारी गर्नसक्ने भनेको छ ।’

नयाँ राहदानी लिन चाहनेले ई-पासपोर्ट लिन सकिने भए पनि एमआरपी लिइसकेकाको हकमा भने नवीकरण गर्ने समयमा मात्रै विद्युतीय राहदानी लिए हुनेछ । एमआरपी र ई-पासपोर्ट  दुवै सँगसँगै पनि चल्नसक्ने विभागको भनाइ छ ।

यन्त्रबाचक राहदानी (एमआरपी) सरकारले २०१० देखि प्रयोगमा ल्याएको थियो । त्यतिबेला सरकारले भरखर प्रयोगमा आएको ई-पासपोर्टको विश्वसनीयता कायम भइनसकेको र एमआरपी सस्तो हुने निष्कर्षसहित एमआरपी छनौट गरेको थियो । कुनै पनि देश प्रविधिमा पछि नपरोस् भन्ने आइकाओको मान्यतालाई तादम्यता मिलाउन मन्त्रालयले आगामी आर्थिक वर्षभित्रै ई-पासपोर्ट सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

कोभिड-१९ पछि राहदानीबाट ६१ लाख मात्रै राजश्व 

कोभिड १९  लकडाउनपछि राहदानीबाट  ६१ लाख ५० हजार राजश्व सङ्कलन भएको छ । लकडाउन नहुँदा दैनिक डेढदेखि २ करोड रुपैयाँसम्म राहदानीबाट राजश्व उठ्दै आएको महानिर्देशक खड्काले जानकारी दिए ।

संयुक्त राज्य अमेरिकाले आवासीय भिसा ग्रीनकार्डको आवेदनमा राहदानी नम्बर अनिवार्य गरेपछि गत वर्षको असोज कात्तिकमा २५ दिनको अवधिमा झण्डै १ लाखको संख्यामा राहदानी वितरण भएको थियो ।

कोरोनाको सङ्क्रमण हटेपछि फेरी पनि राहदानीको  माग बढ्नसक्ने अनुमान गरी विभागले २० लाखको सङ्ख्यामा विद्युतीय राहदानी छपाइका लागि बोलपत्र आह्वान गरेको जानकारी दिएको छ । महानिर्देशक खड्काले भने, ‘हामीसँग मौज्दात एमआरपीको सङ्ख्या ५ लाख ५० हजार ८८५ छ, अहिले भइरहेको वितरणका आधारमा मौज्दातले एकदेखि डेढ वर्षसम्म पुग्छ भन्ने अनुमान गरिएको छ ।’

यसअघि बैठकमा सदस्यहरूले औचित्य र आवश्यकता पुष्टि नभइकन कोरोना उपचारका लागि पैसाको अभाव रहेका बेला  किन विद्युतीय राहदानीका लागि बोलपत्र आह्वान भएको भनी स्पष्टिकरण माग गरेका थिए ।

उनीहरूले विद्युतीय राहदानीसम्बन्धी विषय कोरोना स्वास्थ्य सामग्री र वाइडबडी विमान खरिद प्रकरणजस्तो विवादित नहुने गरी सुझबुझका साथ जिम्मेवारी पूरा गर्नुस् भनी मन्त्रालयका पदाधिकारीलाई सुझाव दिएका थिए । रासस 

सम्बन्धित समाचार

‘गल्र्स अन ब्हील’ प्रतियोगितामा स्वैच्छा थापा र सावित्री ढकालको जोडीे पथम

विराटनगर । अन्तराष्ट्रिय महिला दिवशको अवसरमा पारेर विराटनगरमा ‘गल्र्स अन ब्हील’ प्रतियोगिता आयोजना गरेको छ । विराटनगर प्राइम राउण्ड टेवल नेपालको आयोजनामा शनिबार राती सम्पनन भएको प्रतियोगितामा स्वैच्छा थापा र सावित्री ढकालको जोडीले पथम भएका...

विराटनगरको लेखनाथ वाचनालयद्वारा विभिन्न व्यक्तिहरुलाई सम्मान

विराटनगर, ३० चैत । विराटनगर–१२ स्थित लेखनाथ वाचनालयले युवा साहित्यकार एवं पत्रकार मीनकुमार नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । वाचनालयले १७ औं वार्षिकोत्सवको अवसरमा साहित्य क्षेत्रमा योगदान पु¥याएबापत नवोदितलाई सम्मान गरेको...

शनिबारदेखि मनसुन केही कमजोर हुने

काठमाडौं, ११ भदौ । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो...

विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने

विराटनगर, २७ साउन–विराटनगर १४ को विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने भएको छ । करिव ७ वर्षदेखि प्रयोग विहिन बन्दै आएको भवन व्यवस्थापन समितिले प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको हो । व्यवस्थापन...

होलीमा नियम उल्लघंन गर्ने कोशीमा ८७० सवारी कारवाहीमा, मोरङमा मात्रै २५६

विराटनगर । होलीमा ट्राफिक नियम उल्लघंन गर्ने ८७० वटा सवारी साधनलाई कारवाही गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले तराइमा सोमबार भएको होली पर्वमा ट्राफिक नियम उल्लघंन गर्ने ८७० वटा सवारी साधन कारवाही गरेको...

नक्कली प्रह रीबनेर पैसा असुल्ने ३ जना पक्राउ

धनगढी, माघ २९–कैलालीको धनगढीमा नक्कली प्रहरी बनेर रकम असुल्ने ३ जना पक्राउ परेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका–१ घर भई धनगढी उपमहानगरपालिका– ७, मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालिका–५, हसनपुरका ३५ वर्षीय...

तेली समाजको संगठन विस्तार, विराटनगरमा युवा कमिटि र बेलबारीमा समाज गठन

विराटनगर । तेली समुदायका युवाहरुले तेली युवा कल्याण समाज मोरङ गठन गरेका छन् । विराटनगरमा शनिबार बसेको तेली युवाहरुको भेलाले समाज गठन गरेको हो । यसअघि तेली कल्याण समाज रहेको थियो । उक्त समाज अन्र्तगत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्