नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

 न्यूज विराट
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

विराटनगर, असार ११-नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २६ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मधुमेहका विरामी स्याङ्जाको आँधिखोला १ का ५५ वर्षय पुरुषमा असार ८ गते कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएको ती पुरुषको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसीयुमा उपचारकै क्रममा हिजो मृत्यु भएको हो । यस्तै ललितपुरको महालक्ष्मी ५ का ५० वर्षिय पुरुषको आज विहान मृत्यु भएको हो । ५ महिनाअघि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण गरेका पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

नर्भिक अस्पतालमा उपचारका क्रममा कोरोना पोजेटिभ देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो । कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । जसमा महिला १ हजार १ सय ४२ र पुरुष १ हजार २० जना रहेका छन् ।

आज महिला ४८ र पुरुष ३ सय ८६ गरी ४ सय ३४ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए । गत २४ घण्टामा पीसीआर विधिबाट बिहीबार ६ हजार ५ सय ४३ गरी आजसम्म १ लाख ९९ हजार ७ सय ३७ जनाको परीक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट बिहीबार ४ हजार १ सय ६७ गरी आजसम्म २ लाख ८७ हजार ८ सय ६३ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा ७४ हजार २२ जना रहेका छन् । यस्तै ८ हजार ४ सय २२ जना आइसोलेसनमा रहेका छन् । आज महिला १९ र पुरुष २ सय ९३ गरी ३ सय १२ जना डिस्चार्ज भएका छन् । आजसम्म २ हजार ६ सय ५० जना डिस्चार्ज भएको उनले बताए ।

सम्बन्धित समाचार

तेली कल्याण समाजमा स्वास्थ्यकर्मी संगठित, अध्यक्षमा डाक्टर दिलिप कुमार साह

विराटनगर । तेली कल्याण समाज नेपालले स्वास्थ्यकर्मीहरुको छुट्टै तदर्थ समिति गठन गरेको छ । विराटनगरमा भएको संघको प्रथम अधिवेशनले उक्त समिति गठन गरेको हो । समितिको अध्यक्षमा विराट मेडिकल कलेजमा कार्यरत नेफ्रोलोजिष्ट डाक्टर दिलिप कुमार...

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले प तथा गोपनीयताको शपथ गराएका हुन् । कांग्रेस विद्रोही समूहका ८ र नेकपा एमालेका...

साउनमा पनि सुनसान हुँदै पशुपति

काठमाडौं, २४ असार-चान्द्रमासअनुसार २२ असारमा सोमबारदेखि श्रावण कृष्णपक्ष सुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष चान्द्रमासअनुसार साउन महिनाको तेस्रो दिन बित्दासमेत पशुपति क्षेत्र सुनसान...

धनगढीमा पनि कोरोना भाइरस सङ्क्रमित बिरामी भेटिए

कैलालीको धनगढीमा पनि कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित बिरामी भेटिएका छन् ।सेती प्रादेशिक अस्पतालमा रहेका ३४ वर्षीय एक नेपालीमा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डाक्टर जगदीश जोशीले...

मोरङमा ६६ प्रतिशत मत खस्यो

विराटनगर । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा मोरङमा ६६ प्रतिशत मत खसेको छ । मोरङमा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता रहेको मध्ये प्रारम्भिक तथ्यांक अनुसार ४ लाख ८७ हजार ४७...

थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ सय ८२ पुग्यो

काठमाडौं, १२ जेठ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ७ जनामा संक्रमण देखिएको छ । सेती अस्पतालमा गरिएको परीक्षणमा १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा ३ जना र नारायण अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण...

हाँस्य कलाकार शम्भुराज थापाको निधन

काठमाडौं, ५ भदौ । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन...

डाँका मुद्दामा १ वर्ष कैद सजाय पाएका व्यक्ति एकै दिनमा मुक्त

धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दिपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर १ वर्ष कैद सजाय भुक्तानका लागि २०७६ चैत्र ११ गते महोत्तरीको जलेश्वर कारागार पुगेका थिए । अदालतको फैसलाअनुसार यादव आगामी २०७७ चैत्र ११...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्