थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ सय ८२ पुग्यो

 न्यूज विराट
थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ सय ८२ पुग्यो

काठमाडौं, १२ जेठ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ७ जनामा संक्रमण देखिएको छ । सेती अस्पतालमा गरिएको परीक्षणमा १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा ३ जना र नारायण अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका १ व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनको मृत्यु भएपछि कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।

नेपालमा कुल डिस्चार्ज हुनेको संख्या १ सय १२ पुगेको छ । पछिल्लो विवरणअनुसार पर्साको नारायण अस्पतालबाट १८ जना, पाटन अस्पताल बाट ५ जना, टेकुबाट १ जना र तौलिहवाबाट १ जना स्वास्थ्यकर्मी गरी २५ जना डिस्चार्ज भएका छन् ।

जनसंख्या मन्त्रालयको सोमबार दिउँसोसम्मको विवरणअनुसार पीसीआर विधिबाट गरिएको नमुनाको संख्या ५१ हजार ६ सय ४१ पुगेको छ । त्यसैगरी, आरडीटी विधिबाट ९५ हजार १ सय ९२ जनाको परीक्षण गरिएको छ ।

२४ घण्टाको अवधिमा २ हजार ९ सय ४ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ५ हजार १ सय ६६ जनाको परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

गाँउपालिकाले काटिदियो किसानको गहुँ

सप्तरी, २९ चैत-लकडाउनका कारण पाकेको गहुँबाली काट्न किसानलाई समस्या भइरहँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले सबैको गहुँबाली काट्ने जिम्मा लिएको छ । झण्डै १ हजार विघामा किसानद्वारा लगाइएको गहुँबाली पाक्न थालेपछि कृषि मजदुरको अभावमा समस्यामा परेका...

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १ सय नाघ्यो

बुटवल, २ जेठ-प्रदेश-५ का कोनाना संक्रमितको संख्या १ सय नाघेको छ । शुक्रबार विहान सार्वजनिक भएको संक्रमणमा बाँकेका थप ८ जनामा कोरोना पुष्टि भएसँगै यो प्रदेशमा कुल संक्रमितको संख्या १ सय २ पुगेको हो ।...

न्यूनतम साझा कार्यक्रम प्रदेश १ सरकारलाई हस्तान्तरण, के–के छन् प्राथमिकता ?

विराटनगर । प्रदेश १ सरकारमा सहभागी चार दलको तर्फबाट निर्माण भएको न्यूनतम साझा कार्यक्रम निर्माण गर्न गठित कार्यदलले सरकारलाई बुझाएको छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीका निजी सचिव सुवास श्रेष्ठले न्यूनतम साझा कार्यक्रम...

सनसिटीबाट धुलिखेल आएकालाई प्रहरीको निगरानी

काभ्रेपलाञ्चोक, २ वैशाख-काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) मा...

किशोरी ‘बलात्कार’ प्रकरणमा अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको बैठकले किशोरी ‘बलात्कार’ प्रकरणमा शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देश गरेको छ । आजको बैठकमा कांग्रेस सांसद गगन थापाले हालै ८ वर्ष पुरानो यौनहिंसाको घटना सार्वजनिक भएको भन्दै तत्काल...

विराटनगरमा यसरी मनाए मुस्लिम समुदायले बकरिद

विराटनगर । इस्लाम धर्मावलम्वीहरुले मनाउने दोस्रो ठूलो चाड बकरिद (ईद उल अजहा) आज विराटनगरमा हर्षोउल्लासका साथ मनाएका छन् । यसै उपलक्ष्यमा आज विहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज (प्रार्थना) गरिएको छ । इस्लाम धर्मावलम्बीहरूको महान...

प्रदेश-१ का मुख्यमन्त्री राईकै वडामा नेकपा एस पराजित

विराटनगर, ५ जेठ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको वडामै नेकपा एकीकृत समाजवादी पार्टी पराजित भएको छ । नेकपा (एस) प्रदेश–१ को संसदीय दलका नेतासमेत रहेका उनकै वडामा पार्टी पराजित भएको हो । मुख्यमन्त्री...

नेपालमा एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ सय ७२ पुग्यो

काठमाडौं, १३ जेठ-स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले आज एकै दिन ९० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्