‘स्वास्थ्यकर्मीको मनोबल उच्च बनाऔँ’ : सांसद

 न्यूज विराट
‘स्वास्थ्यकर्मीको मनोबल उच्च बनाऔँ’ : सांसद

काठमाडौं, ११ असार-सांसदहरुले कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुव्र्यवहारलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरुले त्यस्ता गलत कामले रोग सङ्क्रमण बढ्ने र नकारात्मक सन्देश जानेतर्फ सचेत रहन आग्रह  गरे । उनीहरुले स्वास्थ्यकर्मीको सुरक्षाको पूर्ण प्रत्याभूति दिन जोड दिए ।

जनता समाजवादी पार्टीका मृगेन्द्रकुमारसिंह यादवले काठमाडौँ, धरान, पर्सा, रौतहटमा, डोटी, बाजुरालगायत स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको उल्लेख गर्दै उनीहरुको उत्साहलाई निराशामा परिणत गर्ने काम कोही कसैले गर्न नहुने बताए ।

उनले नागरिकताको विषयमा राष्ट्रियतालाई ध्यानमा राखेर अघि बढ्न जोड दिए । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का चक्रप्रसाद स्नेहीले कोभिड–१९ सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि भएको घटनाको निन्दा गर्दै सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरे ।

उनले बन्दाबन्दीको समयमा अर्थतन्त्रमा पारेको नकारात्मक असरको आवश्यक सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । सोही पार्टीका डा. विमला पौडेलले उद्योगधन्दा पुनस्थानका कार्यक्रम ल्याउन,शिक्षा र सेवा क्षेत्रलाई व्यापारीकरण नगर्न समेत आग्रह गरे ।

नेपाली काँग्रेसका अनिता देवकोटाले सोती घटना, रुपन्देहीमा बलात्कारपछि हत्या र धनुषा प्रहरी कार्यालयभित्रै भएको मृत्यु प्रकरणमा दलितसँग सम्बन्धित सङ्गठनका प्रतिनिधिहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिन जाने क्रममा प्रहरीले गरेको धरपटकको निन्दा गरे ।

सो घटनामा सांसदसमेत घाइते भएको उल्लेख गर्दै त्यस्ता गतिविधि नदोहा¥याउनसमेत आग्रह गरे । जनता समावादी पार्टीका प्रमिलाकुमारीले नागरिकतासम्बन्धीको विधेयकमा सात वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने गरी विधेयक आएकोमा आपत्ति जनाइन् ।

उनले महिला, यौनिक र अल्पसङ्ख्याक व्यक्तिले समेत समान रुपमा नागरिकता प्रदान गर्नुपर्ने अवस्थामा विभेद गरिनुले सरकाकोे विभेदकारी नीति प्रष्ट भएको जिकिर गरिन् ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ र सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्वन्ध व्यवस्थापन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराए ।  अर्को बैठक १५ असार अपराह्न १ बजे बस्ने छ । रासस

सम्बन्धित समाचार

कोशी प्रदेश टी– १० क्रिकेट : फुलबारी क्रिकेट क्लबसँग एलिट पराजित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको फुलबारी क्रिकेट क्लबसँग एलिट क्रिकेट क्लब पराजित भएको छ ।विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको दोस्रो खेलमा एलिट क्रिकेट क्बललाई १० विकेटले...

२ करोड ९१ लाख पुग्याे नेपालको जनसंख्या, वृद्धिदर भने घट्दाे

काठमाडौं, १२ माघ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार जनगणनाको संक्षिप्त विवरण सार्वजनिक गरेको हो । नयाँ जनगणना अनसार महिलाको संख्या १ करोड ४९ लाख...

दुधकोशी र खुम्बु जोड्‍ने मोटरेबल पुल सञ्चालनमा

सोलुखुम्बु, २ माघ । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको बिचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरूले बताएका छन् ।  ४८ मिटर लामो...

चौरजहारी घटनाको छानबिन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, १३ जेठ-पश्चिम रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै मंगलबार दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा प्रदर्शन गरेका हुन्...

तेलि कल्याण समाजद्धारा रक्तदान, ४१ पिन्ट रगत संकलन

विराटनगर । तेलि कल्याण समाजले विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए ।१२ पिन्ट अत्ति आवश्यक भएका...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

काठमाडौं, फागुन १४–यही २८–२९ फागुनमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा व्यवसायी चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । आज काठमाडौंमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उक्त कार्यक्रममा पूर्वअध्यक्षहरू चण्डी...

कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री पाैडेल

काठमाडौं, ३ पुष-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरूपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै...

अदालतले गराइदियो प्रचण्ड–माधवको डिभोर्स

प्रधानमन्त्री केपी ओलीविरुद्ध संघर्षमा सँगै उभिएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल छुट्टिएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँतिएको निर्णय गरेसँगै प्रचण्ड र नेपाल अलग्गिएका हुन् । २४ फागुनमा पेरिसडाँडामा स्थायी कमिटी बैठक राखेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्