पशुपतिमा भक्तजन प्रवेश गराउन विशेष तयारी

 न्यूज विराट
पशुपतिमा भक्तजन प्रवेश गराउन विशेष तयारी

काठमाडौं, ११ असार-कोरोना संक्रमण जोखिम बढेपछि भक्तजनलाई प्रवेश रोकिएको पशुपतिनाथ मूल मन्दिरमा सुरक्षित दर्शनको व्यवस्था गर्ने तयारी भइरहेको छ ।

सरकारले मठ मन्दिरलाई खुला गरेपछि मात्रै भक्तजनलाई दर्शन गर्न दिने र स्वास्थ्य सुरक्षाका सावधानी अपनाउने गरी कार्यविधि बनाउन लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

गएको ११ चैतदेखि लकडाउन सुरु भएपछि मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात पूर्ण रुपमा ठप्प छन् । असार १ गतेदेखि लकडाउन खुकुलो भएको छ । तर, धार्मिक स्थल, शैक्षिक संस्था, सार्वजनिक गाडी खोलिएको छैन ।

सरकारले तोके अनुसारको दूरी कायम गर्ने, स्वयंसेवक खटाउने, चन्दन निधारमा नलगाइदिने लगायतका व्यवस्था गर्न लागिएको कोषले जनाएको छ । रासस 

सम्बन्धित समाचार

सबै जिल्लाबाट सवारी पास वितरण बन्द

काठमाडौं, २८ साउन-गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास...

विराटनगरमा ब्राउन सुगर सहित २ जना पक्राउ

विराटनगर, १३ असोज । मोरङ बिराटनगर महानगरपालिका १५ को २ नम्बर ढाट स्थितबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान ६ का २४ बर्षीय सौरभ आचार्य र उनकै...

धनकुटा जिल्ला प्रशासनको पनि सेवा बन्द

विराटनगर, २३ वैशाख । जिल्ला प्रशासन कार्यालय धनकुटाले अत्यावश्यकीय बाहेकाका सेवा बन्द गरेको छ । विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण फैलदै गएको र धनकुटा नगरपालिकाका सबै वडाहरुमा निषेधाज्ञा समेत जारी भएकाले प्रशासनका...

विराटनगरको नोबेल अस्पतालले भन्यो-सवै सेवा खुला छ, भ्रममा नपर्नुहोस्

विराटनगर, २ फागुन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अस्पतालका कुनैपनि सेवा अवरुद्ध नरहेको जनाएको छ । अस्पताल प्रशासनले सूचना जारी गरेर अस्पतालका सम्पूर्ण सेवा सूचारु रहेको जानकारी दिएको हो । अस्पतालका सेवाहरु सूचारु भए÷नभएको विषयमा...

बालुवाटारमा प्रधानमन्त्री र गठबन्धनका नेताबीच चर्काचर्की

काठमाडौं, माघ १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न सहयोग नगरे पाँच दलीय गठबन्धन टुटने घोषणा गर्नुभएको छ । चुनावको बिपक्षमा उभिएका सत्तारुढ गठबन्धनकै मुख्य दुई दल नेकपा माओवादी...

विमानस्थलमा अड्किएका नेपालीलाई लिन दुबई उड्यो निगमको जहाज

काठमाडौं, ७ भदौ-चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपालीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए-३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौं...

नाट्टा कोशी प्रदेशको अध्यक्षमा पुण्य भट्टराई निर्विरोध निर्वाचित

विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्य प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा नाट्टाको शनिवार सम्पन्न भएको ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई...

दिल्लीको दृश्य दोहोरिन सक्ने विराटनगरका चिकित्सकको चिन्ता

विराटनगर, १ जेठ । कोरोना महामारीले आक्रान्त बनाएको भारतको नयाँ दिल्लीका अस्पतालहरुमा अक्सिजन सप्लाईमा समस्या आउँदा बिरामीले ज्यान गुमाए । महाराष्ट्रको एक अस्पतालमा अक्सिजन ट्याङ्कर आधा घण्टा लिक हुँदा २२ संक्रमितको मृत्यु भयो । विराटनगरमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्