उद्योग कलकारखानाहरुको व्यवस्थापनका लागि प्रदेश सरकारले सहजिकरण गर्ने

 न्यूज विराट
उद्योग कलकारखानाहरुको व्यवस्थापनका लागि प्रदेश सरकारले सहजिकरण गर्ने

विराटनगर, असार १०–प्रदेश नं. १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुशियैतले लकडाउनको मारमा परेका उद्योगद्यन्दा तथा कलकारखानाहरुको व्यवस्थापनका लागी प्रदेश सरकारले सहजीकरण गर्ने बताएका छन् ।

प्रदेश नं. १ प्रदेशसभा बजेट अधिवेशनको आज बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । बजेट अधिवेशनको विभिन्न बैठकमा उठाइएका प्रश्न तथा जिज्ञासाका सम्बन्धमा जवाफ दिँदै मन्त्री कुशियैतले लकडाउनको मारमा परेका साना व्यापार, व्यावसाय तथा उद्योग÷कलकारखानाहरुलाई पुनः सञ्चालनमा ल्याउन घरेलु तथा साना उद्योग कार्यालयहरुमार्फत व्यावसाय सञ्चालनमा सहजीकरण गरिने जानकारी गराए ।

मन्त्री कुशियैतले आगामी आर्थिक बर्षमा साना तथा घरेलु उद्योग कार्यालयहरु मार्फत महिला, सीमान्तकृत र विपन्न वर्गका नागरिकलाई समेत समेटने गरि सीप तथा क्षमता अभिवद्धिका क्रियाकलापहरु सञ्चालन गरिने स्पष्ट पारे ।

त्यस्तै बिशेष समय लिएर बोल्दै प्रदेश नं. १ की प्रदेशसभा सदस्य बिष्णु तुम्बाहाम्फेले जेठ २६ गते राती तेह्रथुम जिल्लाको फेदाब गाउँपालिका–१ पोक्लागुङस्थित आदिबासी लिम्बु समुदायको चिहान डोजर लगाई भत्काइएको भन्दै आपत्ति जनाइन् । उनले बसपार्क निमार्णकै लागी लिम्बु समुदायको समाधि स्थल भत्काउनु नेपालको संविद्यानको मुल मर्म र भावना विपरित भएको भन्दै सो को पुनरनिमार्णका लागी प्रदेश सरकारसँग माग गरिन् ।

त्यसैगरि सांसद राजकुमार ओझाले प्रत्येक पालिकामा एउटा खेलमैदान निमार्ण गर्ने, एउटा पालिकामा भएका ५–५ वटा आधारभुत तथा माध्यमिक विद्यालयहरुमा सहयोग गर्ने र खानेपानीको उचित प्रबन्ध मिलाउने लगायतका योजनाहरु ओझेलमा पर्दै गएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै संसद बैठकको शून्य समयमा बोल्दै सांसद बसन्त कुमार बानियाले मलजलको अभावका कारण कृषकहरुमा रुवाबासी छाएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

सांसद मोहन खडकाले होल्डिङमा राखिएका नागरिकहरुलाई व्यवस्थित ढंगले सम्बन्धित स्थानीय निकायको जिम्मा लगाउन आग्रह गरे । प्रदेश नं. १ प्रदेशसभा बजेट अधिवेशनको अर्को बैठक बिहिबार १२ बजे बस्ने गरि बोलाइएको स्रदेशसभा सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं, ४ पुस । ‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । लामा विजयकुमार...

मोरङको जहदामा रक्सीले मातेका व्यक्तिले गरे श्रीमतीको हत्या

विराटनगर, २ वैशाख । माेरङमा रक्सी खाएर मातेका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जहदा गाउँपालिका-७ का ३३ वर्षे नारायण साेरेनले श्रीमती ३२ वर्षीया पानाे टुडुलाई कुटपिट गरी हत्या गरेकाे मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए...

स्वास्थ्यमन्त्रीको निर्देशन : ‘कोशी अस्पतालमा आउने विरामी अन्यन्त्र रिफर नहोस्’

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङ्गले प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा आउने विरामी अन्यन्त्र रिफर हुने सिस्टको अन्त्य हुनुपर्ने बताएका छन् । कोशी अस्पतालको ५ सय शैय्याको मेडिकल भवनको...

सुम्निमा स्कुलमा प्रि–प्राइमरी तह उत्तीर्ण गर्ने २५ विद्यार्थी दिक्षित

विराटनगर । विराटनगर – ११ पिचरास्थित सुम्निमा बोर्डिङ स्कुलमा अध्ययरत २५ जना विद्यार्थी दिक्षित भएका छन् । युकेजी अध्ययन गरी कक्षा १ मा प्रवेश गरेका २५ जना विद्यार्थीहरुलाई स्कुलले भव्य कार्यक्रम आयोजना गरी दिक्षित गरेको...

कोशी प्रदेशबाट ८ जना ब्याटमिन्टनका खेलाडी छानिए

विराटनगर । पोखरामा हुन गइरहेको १५ वर्षमुनिको जुनियर ब्याटमिन्टन प्रतियोगिताका लागि कोशी प्रदेशबाट खेलाडी छनौट भएका छन् ।नेपाल ब्याटमिन्टन संघले विराटनगरमा आयोजना गरेको छनौट प्रतियोगिताबाट ८ जना खेलाडी छानिएका छन् । बिहीबार र शुक्रबार भएको...

दुर्व्यवहार गरेको आरोपमा विराटनगरमा चिकित्सक पक्राउ

विराटनगर । एक जना महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन् । सिरहाको मिर्चैया–२ घर भएका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । उनी विरुद्ध अभद्र व्यवहार...

सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी हुने, तीन ठाउँमा अडिसन हुँदै

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको अडिसन विराटनगर, इटहरी धरानमा हुने भएको छ । विराटनगरमा...

कोरोना भाइरसबाट गर्भवती नर्सको मृत्यु, बच्चा जीवितै निकालियो

एजेन्सी, बैशाख ४-कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक गर्भवती नर्सको मृत्यु भएको छ । तर चिकित्सकहरुले उनको पेटमा रहेको बच्चा शल्यक्रियामार्फत जीवितै निकाल्न सफल भएका छन् । लुटन एन्ड डलस्टेबल युनिभर्सिटी अस्पतालमा २८ वर्षकी नर्स मेरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्