मदिरा पिएर आफ्नै घरमा आगजनी

 न्यूज विराट
मदिरा पिएर आफ्नै घरमा आगजनी

पोखरामा १ व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् । महानगरपालिका छोरेपाटन-१७ का जनकराज पौडेलले मादक पदार्थ सेवन गरी सोमबार १० बजे आफ्नै घरमा आगो लगाएका हुन् ।

आगलागीबाट घरमा रहेका लत्ताकपडा, फर्निचर, भाडाँकुडा, धनमाल सबै जलेर नष्ट भएको छ । घरमा आगो लगाउने पौडेललाई प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व दुर्व्र्यसनीसमेत रहेका पौडेल ३ महिना सुधार केन्द्रमा बसेर घर फर्किएका थिए ।

‘आगजनी गरेपछि प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ,’ डिएसपी हमालले भने, ‘जनकले यसअघि समेत मादक पदार्थ सेवन गरेर घरपरिवारलाई गालीगलौज गर्नुका साथै कुटपिटसमेत गर्ने गरेका कारण उनलाई सुधार गृहमा राखिएको थियो ।’

३ महिना सुधारगृहमा बसेपछि ५ दिनअघि मात्र उनी घर फर्किएको स्थानीय देवी बस्यालले बताए । घरभित्र आगो लगाएपछि घरको छतमा गएर बसेका जनकलाई प्रहरीले बाहिर निकालेको थियो ।

सम्बन्धित समाचार

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेको हो । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो । पेट्रोलको मूल्य...

विराटनगरको विरोधसमा माधव नेपालले भने ‘निर्वाचन आयोगले ओलीको सिंङ–जुरो भाँची दियो

विराटनगर, १६ माघ । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगले प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको सिङ-जुरो भाँचिदिएको बताएका छन् । संसद विघटनविरुद्ध विराटनगरमा आयोजन गरिएको विरोधसभामा बोल्दै अध्यक्ष नेपालले...

छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न गृहमन्त्री दार्चुला प्रस्थान

काठमाडौं,  ९ असोज-गृहमन्त्री रामबहादुर थापा  ‘बादल’ दार्चुला प्रस्थान गरेका छन् । सशस्त्र प्रहरी बलको गुल्म शिलान्यास गर्न उनी शुक्रबार दार्चुलाको छाङ्गरु प्रस्थान गरेका हुन् ।  दार्चुलाको छाङ्गरुमा निर्माण हुन लागेको सशस्त्र प्रहरी बलको गुल्मको भवन...

प्रदेश २ मा आज बलिदानी दिवस मनाइँदै

जनकपुर, १८ वैशाख-मिथिला बमकाण्डमा मारिएका शहिदको स्मरणमा जनकपुरसहित प्रदेश–२ को विभिन्न स्थानमा आज बलिदानी दिवस मनाइँदै छ । बलिदानी दिवसको अवसरमा मिथिला राज्य स्थापनाको माग गरिएको छ । मिथिला राज्यको माग गर्दै १८ वैशाख २०६५...

हरेक वर्ष ५ प्रतिशतले लागूऔषध प्रयोगकर्तामा वृद्धि, दण्ड हैन उपचारको विकल्प खोजौँ

काठमाडौं । हरेक वर्ष ५ प्रतिशतका दरले नेपालमा लागूऔषध प्रयोगकर्ताको संख्यामा वृद्धि आएको सरकारी तथ्यांकले देखाएको छ । लागूऔषध प्रयोगकर्तामा कमी आउनुको अलवा प्रत्येक वर्ष ५ दशमलब ६ प्रतिशतले बढ्नुमा गरिबी मुख्य कारक रहेको अधिकारीहरुले...

एमालेले बुझायो वडा कार्यालयमा २० बुद्धे ध्यानाकर्षण

विराटनगर । विराटनगर महानगरपालिका १२ नं. वडा कार्यालयमा वेथीति बढेको आरोप लगाउँदै नेकपा एमाले १२ नं. वडा कार्यालयले ध्यानाकर्षण पत्र बुझाएको छ । विभिन्न २० बुद्धे ध्यानाकर्षण पत्र वडा कार्यालयमा बुधबार बुझाएका हुन् । नेकपा...

वडा स्तरीय नकाउट फुटबल, विराटनगर ११ र १२ फाइनलमा भिड्दै

विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगितामा विराटनगर १२ फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेल मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराटनगर १६ नम्बर वडालाई २–० गोलले हराउँदै विराटनगर १२ फाइनलमा पुगेको हो...

नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए

९ असोज-नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका छन् । जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीबारसम्मा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्