प्रदेश १ : कोरोना रोकथाम र नियन्त्रणमा भएको खर्च सार्बजनिक

 न्यूज विराट
प्रदेश १ : कोरोना रोकथाम र नियन्त्रणमा भएको खर्च सार्बजनिक

विराटनगर, असार ९–प्रदेश–१ को सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा भएको खर्च सार्वजनिक गरेको छ । खर्च सार्वजनिक गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सोमबारको प्रदेश सभा वैठक अबरुद्ध पारेपछि प्रदेश सरकारले खर्च विवरण सार्वजनिक गरेको हो ।
प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथाममा गरेको खर्चबारे प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले आजको प्रदेशसभा वैठकमा खर्च बिवरण सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकारले क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन, होल्डिङ एरिया निर्माण, कोभिड अस्पताल तथा सीमामा होल्डिङ एरिया व्यवस्थापनमा रकम खर्च गरेको छ । यस्तै जिल्ला समन्वय समितिहरूलाई अनुगमनका लागि सहयोग, स्वास्थ्य सामग्री ढुवानी व्यवस्थापनलगायतका शीर्षकमा पनि कोषको रकम खर्च गरिएको मन्त्री कार्कीले स्पष्ट पारे ।

मन्त्री कार्कीका अनुसार हालसम्म प्रदेश सरकारले १९ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ । प्रदेश जनसुरक्षा कोषमा हाल ९ करोड ६९ लाख रुपैयाँ नगद मौज्दात रहेको पनि मन्त्री कार्कीले जानकारी दिए ।

प्रदेश जनसुरक्षा कोषमा हालसम्म २९ करोड ५१ लाख ७३ हजार रुपैयाँ रकम जम्मा भएको छ । प्रदेश जनसुरक्षा कोषमा जम्मा भएको रकम मन्त्रालयगत रुपमा निकासा गरिएको छ ।

कोरोना जनसुरक्षा कोषमा भएको रकम मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमार्फत ५० लाख १ सय १५, भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत २ करोड, आन्तरिक मामिलामार्फत १५ करोड ३४ लाख र सामाजिक विकास मन्त्रालयमार्फत २ करोड ४८ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ ।

यस्तै सरकारको नियमित बजेटबाट सामाजिक विकास मन्त्रालयले ३ करोड ३० लाख र संघीय सरकारबाट ३ करोड ३० लाख रुपैयाँ प्राप्त भएको पनि कार्कीले बताए ।

सम्बन्धित समाचार

भोलिबाट सुरू हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा

काठमाडौं, २५ वैशाख-शुक्रबारबाट सुरू हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना भाइरस (कोभिड–१९) कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सबै मापदण्ड पालना गरेर बैठक सञ्चालनका सबै तयारी पूरा भएको...

सरकारलाई सर्वोच्चको आदेश- निषेधाज्ञाभर कर नबुझाए पनि जरिवाना नलिनू

सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरे जरिवाना नतिराउन अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र...

आज विराटनगरमा एकैदिन २७६ जनामा कोरोना संक्रमण

विराटनगर, १० माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २८३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा...

कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो

काठमाडौं, ८ मंसिर-कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको...

पत्रकार तथा उपन्यासकार कार्थकको ७७ वर्षको उमेरमा निधन

पत्रकार तथा उपन्यासकार पिटर जे कार्थकको ७७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगको आशंकामा ललितपुरको हरिसिद्धिस्थित नेपाल नेपाल क्यान्सर अस्पतालमा उपचार उपचाररत थिए । क्यान्सर भए नभएको पुष्टि नहुँदै पिटरको हृदयाघातका कारण बुधबार...

विराटनगर महानगर क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् ।विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको...

खोपका लागि विराटनगरका मेयर पराजुलीले गरे अन्तराष्ट्रिय समुदायसँग अपिल

विराटनगर, ५ असार । संघीय सरकारले खोप दिन नसकेको भन्दै विराटनगर महानगरपालिकाले खोप सहयोग गरिदिनको लागि दातृ निकाय तथा विभिन्न भगिनी सहरहरुलाई अपिल गर्ने भएको छ । आज महानगरका मेयर भीम पराजुलीले विज्ञप्ती जारी गर्दै...

नेकपाका ६१ सांसदले भने– हामी कुनै गुटमा छैनौं 

काठमाडौं, २५ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शीर्ष नेतृत्वबीच चरम गुटबन्दी हुन थालेपछि सो पार्टीका ६१ जना सांसदले आफुहरु कुनै गुटमा नलाग्ने घोषणा गरेका छन् । आज नेकपा संसदीय दलको कार्यालय सिंहदरवारमा भेला भएर उनीहरुले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्