झडपको ७ दिनपछि चीनसँग झुक्यो भारत

 न्यूज विराट
झडपको ७ दिनपछि चीनसँग झुक्यो भारत

एजेन्सी, असार ९-भारत र चीनका सेनाबीच गत १५–१६ जुनमा हिंसात्मक झपडपछि दुवै देश सो क्षेत्रमा शान्ति कायम गर्न तयार रहेको समाचार भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।

पाकिस्तानसहित अन्य देशसँगको सीमा विवादमा आक्रामक रवैया अपनाउने भारत चीनसँगको सीमा विवादमा भने झुकेको टिप्पणी भइरहेका बेला सो क्षेत्रबाट सैनिक फिर्ता गर्ने सहमति भएको हो । लद्दाखस्थित गलवान घाँटीमा भएको हिंसात्मक झडमा भारतका २० जना सैनिक मारिएपछि सो क्षेत्रमा तनाव बढ्ने अनुमान गरिएको थियो ।

मंगलबार भारतीय स्थल सेनाप्रमुख मनोज मुकुन्द नरवणे लेहको भ्रमणका लागि दिल्लीबाट प्रस्थान गरेका छन् । सोमबारमात्रै भारत र चीनका सैनिकबीच लेफ्टिनेन्ट जनरल स्तरको दोस्रो बैठक माल्डोमा भएको थियो ।

लेहमा सेना प्रमुख नरवणेले सो क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिने तथा सेनाको १४ कर्प्सका अधिकारीसँग बैठकमा भएको प्रगतिका बारेमा छलफल गर्नेछन् ।

यसअघि उनले सोमबार सेनाका कमाण्डरसँगको बैठकमा लद्दाख, अरुणाञ्चल प्रदेश, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा सीमा विवादबारे जानकारी लिएका थिए । सैनिक कमाण्डरको बैठक मंगलबार पनि जारी रहनेछ ।

१५ जुनको रात गलवानको हिंसात्मक झडपपछि सोमबार भारत र चीनका सेनाबीच ११ घन्टा लामो बैठक भएको थियो । सो बैठकमा भारतले चिनियाँ सेनासँग पेन्गोङ त्सो इलाकाबाट चिनियाँ सेना हटाउन माग गरेको थियो । भारतीय सैनिक कमाण्डरले गलवानमा भएको हिंसात्मक झडपप्रति निराशा व्यक्त गरेका थिए ।

सो झडपका क्रममा चिनियाँ सेनाका दुई जना मारिएको स्वीकार गरेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । यसअघि ४० भन्दा बढी चिनियाँ सेना मारिएको दाबी गरेका थिए ।

सम्बन्धित समाचार

लायन्सका डिस्ट्रिक गर्भनर विकास अधिकारी अस्ट्रेलिया प्रस्थान

विराटनगर । अस्ट्रेलियामा हुने अन्तराष्ट्रिय ‘कन्भेन्सन’ मा भाग लिन लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ सी का डिस्ट्रिक गर्भन विकास अधिकारी र प्रथम महिला बन्दना पोखरेल सहभागि हुने भएका छन् । अधिकारी र पोखरेल कन्भेन्सनमा भाग लिन...

एनसीडिए कोशीको निर्वाचन : अध्यक्षसहित पाँच उम्मेदवारलाई जिताउन मोरङ एनसीडिए एकढिक्का

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनको चुनावी सरगर्मी बढ्न थालेका छन् । औषधी व्यवसायीहरुले चुनावी गतिविधि बढाएपछि चुनावी सरगर्मी बढेको हो । संघको निर्वाचनमा दुई समूह चुनावी...

मोरङमा भदौ २२ गतेसम्म निषेधज्ञा

विराटनगर, १६ भदौ-जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो प्राबधानसहित एक साता लम्ब्याउने निर्णय गरेको छ । यसअघि दुई पटक थप भएको थियो । आज फेरी निषेधाज्ञा २२ गते राति १२ बजेसम्मको लागि लम्ब्याउने...

कोशी प्रदेशबाट २९५ जना प्रहरी जवान दिक्षित

विराटनगर । कोशी प्रदेशबाट २९५ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । कोशी प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १४० औं समुहबाट ५३ जना महिला सहित २९५ जना प्रहरी जवानहरु आइतबार दिक्षित...

सुर्खेतमा उपचाररत जुम्लाका कोरोना संक्रमित पुरुषको मृत्यु

सुर्खेतमा जुम्लाका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जुम्ला तिला गाँउपालिका–२ का ७६ वर्षीया पुरुषको कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । १२ वैशाखमा उपचारका लागि अस्पताल भर्ना भएका ती...

भोलि प्रदेश १ मा सार्वजनिक बिदा

विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरुक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा शोक व्यक्त गर्दै बिहीबार सार्वजनिक विदा दिन निर्णय गरेको छ। प्रदेश १ सरकारले थापाको निधनप्रति राष्ट्रिय झण्डा झुकाउने बुधबार निर्णाय गरेको...

राप्रपा अध्यक्षमा लिङदेन विजय

काठमाडौं, मंसिर १९। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेनको जित निश्चित भएको छ । मतगणना सकिनु अगावै उहाको जित निश्चित भएको हो । पार्टीका प्रचार विभाग प्रमूख मोहन श्रेष्ठले दिएको जानकारी अनुसार ५० भोट मात्रै...

एभर्टनसँग बराबरीमा रोकियो लिभरपुल

एजेन्सी, १ कात्तिक-दुई पटकको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल, एभर्टनसँग बराबरीमा रोकिएको छ ।  शनिबार भएको ‘मर्सीसाइड डर्बी‘मा एभर्टनसँग लिभरपुल २–२ गोलको बराबरीमा रोकिएको हो । तेस्रो मिनेटमा साडियो मानेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्