पाकिस्तानमा लगातार ३ वटा बम बिस्फोट

 न्यूज विराट
पाकिस्तानमा लगातार ३ वटा बम बिस्फोट

एजेन्सी, असार ७-पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका ३ वटा बम बिस्फोटनबाट २ सैनिकसहित ४ जनाको मृत्यु भएको छ ।स्थानीय सञ्चार माध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले ती बिस्फोटको जिम्मेवारी लिएको छ ।

एउटा बिस्फोट  सिन्ध प्रान्तका राजधानी कराँचीमा भएको थियो । उक्त आक्रमणमा १ सर्वसाधारण र अर्धसैनिक बलका सदस्यको मृत्यु भएको थियो । घटनामा थप ८ जना घाइते भएका थिए । अर्को बिस्फोटमा घोट्की जिल्लामा भएको थियो । जसमा २ सैनिकको ज्यान गएको छ । तेस्रो बिस्फोट सिन्ध प्रान्तकै लर्काना जिल्लामा भएको छ । त्यसमा भने कुनै मानवीय क्षति भएको छैन ।

सम्बन्धित समाचार

मोरङमा ३२२ सहित प्रदेश १ मा ८९८ संक्रमित थपिए, ३५३ जनाले जिते कोरोना

विराटनगर, १२ जेठ । प्रदेश १ मा आज ८९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, तेह्रथुम र...

राजदेवी मन्दिरमा एकै रातमा झण्डै ९ हजार बोकाको बलि

जनकपुरधाम, ९ कात्तिक-जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा करिब ९ हजार बोकाबलि दिइएको छ । महाष्टमीको दिन शनिबार राति करिब चार घण्टामा राजदेवी मन्दिरमा ८ हजार ९ सय ६८ बोकाबली प्रदान गरिएको हो ।  जिल्ला प्रशासन...

कञ्चनपुर र कैलालीमा थरुहट बन्दको आंशिक प्रभाव

धनगढी, फागुन २०–सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत थरुहट र थारुवान राष्ट्रिय मोर्चाले सरकारलाई दबाब दिन आज र भोली कञ्चनपुर र कैलाली सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र...

प्रभुराम शर्मा प्रधान सेनापति नियुक्त

काठमाडौं, ११ भदौ । बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरिएको । २४ भदौदेखि लागू हुनेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सो पदमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७...

भोलिदेखि ६ दिनसम्म सप्तरीमा निषेधाज्ञा

सप्तरी, १९ साउन-सामुदायिकस्तरमा कोरोनाको संक्रमण तीव्ररूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलिदेखि ६ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको आज बुसेको बैठकबाट सो निर्णय गरिएको हो । जिल्ला...

उद्योगमैत्री कर नीति ल्याउन मोरङका व्यापार संघको माग

विराटनगर । मोरङ उद्योग व्यापार संघले स्वदेशी उद्योगको संरक्षण र सम्वद्र्धनका लागि उद्योगी कच्चा पदार्थमा लाग्ने कर हटाउन माग गरेको छ ।संघीय अर्थ मन्त्रालय र मोरङ उद्योग व्यापार संघको संयुक्त आयोजनामा सोमबार विराटनगरमा सम्पन्न अन्तरक्रिया...

सकियो ब्यूर्टिपालरको एक महिने एडभान्स कोर्ष

विराटनगर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सुरु भएको एक महिने ब्यूर्टिपालर तालिम (एडभान्स कोर्ष) सम्पन्न भएको छ । मिनाज ब्युटि केयर एण्ड पार्लरको आयोजना र विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा एक महिने ब्यूर्टिपालर तालिम सोमबार समापन...

आज सूर्य ग्रहण : नेपालबाट नदेखिने भएकाले सूतक बार्नु नपर्ने

काठमाडौं, १८ मंसिर । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् । झण्डै चार घण्टा आठ मिनेट लाग्ने सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चाङ्ग निर्णायक समितिका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्