क्वारेन्टाइन बसेर घर फर्किएका युवाको मृत्यु

 न्यूज विराट
क्वारेन्टाइन बसेर घर फर्किएका युवाको मृत्यु

सुर्खेत, ७ असार-सुर्खेतको भेरीगंगा नगरपालिका- ५ भर्रेनीका ३५ वर्षीय युवकको १४ दिन क्वारेन्टाइन बसेर घर फर्किएपछि मृत्यु भएको छ । भारतको सिम्लाबाट आएर क्वारेन्टाइनमा बसेर गत २९ जेठमा घर फर्किएका युवकको आइतबार बिहान मृत्यु भएको हो ।

भेरीगंगा नगरपालिकाको शारदा माध्यमिक विद्यालय छिन्चुमा रहेको क्वारेन्टाइनमा १४ दिन बसेका उनलाई आरडीटी गर्दा कोरोना नेगेटिभ देखाएकाले घर पठाइएको भेरीगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश बुढाले बताए । ‘पीसीआर परीक्षणका लागि मृतकको स्वाब सङ्कलन गर्न स्वास्थ्यकर्मीको टोली आइपुगेको छ’, उनले भने, ‘आरडीटी विधि त्यति भरपर्दो हुँदैन ।’

स्वास्थ्य शाखा प्रमुख बुढाका अनुसार पीसीआर विधिबाट परीक्षण रिपोर्ट आएपछि मृतकको दाहसंस्कार गरिनेछ । गत १६ जेठमा भारतबाट आएर उनी १४ दिन क्वारेन्टाइनमा बसेपछि नगरपालिकाले आरडीटी टेस्ट गर्दा कोरोना नेगेटिभ देखाएपछि घरमा सावधानी अपनाएर बस्न भनेको थियो ।

सम्बन्धित समाचार

विशेष कार्यदल बनाएर द्वन्द्वपीडितका समस्या समाधान गरिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधनका लागि एक विशेष कार्यदल बनाउने बताएका छन् । आफ्ना पीडा अवगत गराउन बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीसँगको छलफलमा उनले...

पूर्वाञ्चल विश्वविद्यालयबाट साढे ६ हजार विद्यार्थी दीक्षित

विराटनगर । पूर्वाचल विश्वविद्यालयले आफ्नो एघारौं दीक्षान्त समारोह मनाएको छ। विश्वविद्यालयका कूलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न दीक्षान्त समारोहमा ६ हजार ५१३ जना विद्यार्थीलाई दीक्षित गरिएको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको मोरङ गोठगाँउमा...

उपत्यकामा लकडाउनलाई यसरी गरिँदै छ कडाइ

काठमाडौं, १ जेठ-सरकारले उपत्यकामा लकडाउनलाई थप कडाइ गर्ने भएको छ । राजधानीसँगै देशभर कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडाइ गर्ने रणनीति तयार गरेको हो । महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख, डीआईजी विश्वराज...

अस्पतालबाट भागेका अभियुक्त दुईदिनपछि पक्राउ

विराटनगर । विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट फरार भएका अभियुक्तलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ। फरार भएको दुइदिनपछि विराटनगर महानगरपालिका १८ झटियाई घर भएका ४५ वर्षीय लक्ष्मण दास तत्मालाई प्रहरीले पक्राउ गरेको...

प्रधानाध्यापक श्रेष्ठ हत्याको जिम्मा ‘विप्लव’ समूहले लियो

मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको  हत्याको जिम्मा विप्लव समूहले साँझ प्रेस विज्ञप्ति जारी गर्दै लिएको छ । विप्लव समूहका मेची–कोसी ब्युरो इन्चार्ज प्रतापको हस्ताक्षर भएको विज्ञप्तिमा भनिएको छ, ‘श्रेष्ठले पार्टीविरुद्ध सुरकी...

मलेसियन प्रहरीद्वारा आप्रवासी पक्राउको बचाउ

एजेन्सी, बैशाख २१-मलेसियन प्रहरीले आप्रवासी पक्राउको बचाउ गरेको छ । शुक्रबार मलेसिया प्रहरीले अवैध आप्रवासी कामदारलाई पक्राउ गरेको थियो । मलेसिया प्रहरीले आफ्नो बचाउ गर्दै कोरोना भाइरस नफैलियोस भने पक्राउ गरिएको दाबी गरेको छ ।...

बीपी प्रतिष्ठानबारे जाँचबुझ गर्न सरकारले बनायो समिति

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको हो । समितिलाई अध्ययन गरेर प्रतिवेदन बुझाउन १५ दिनको...

विराटनगर महानगरले ल्यायो ३ अर्व ४९ करोड ९८ लाखको बजेट

विराटनगर । विराटनगर महानगरपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि ३ अर्व ४९ करोड ९८ लाख ८६ हजार रुपैयाको बजेट ल्याएको छ ।महानगरपालिको चौथो नगरसभामा उपप्रमुख शिल्पा निरला कार्कीले सोमबार  सो बरावरको आगमी आर्थिक वर्षको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्