आज काठमाडौंसहित देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि

 न्यूज विराट
आज काठमाडौंसहित देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ असार-काठमाडौंका सहित देशका विभिन्न स्थानमा आज ४२६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८८ महिला र ३३८ पुरुष गरी ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार देशभर संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । जसमध्ये ७७७ महिला छन् भने पुरुष ७ हजार ५६७ जना रहका छन् । संक्रमण फैलिएको जिल्लाको संख्या ७४ पुगेको छ । आज पनि काठमाडौं निवासी २ महिला र १ पुरुष कोरोना भाइरस संक्रमण देखिएको उनले बताए ।

पछिल्लो २४ घण्टाको अवधिमा २१६ डिस्चार्ज भएका छन् । जसमध्ये ९ जना महिला र २०७ जना पुरुष रहेका छन् । योसहित डिस्चार्ज हुनेको संख्या १ हजार ४०२ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको शुक्रबारसम्मको विवरणअनुसार १ लाख ६१ हजार ७४९ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । २४ घण्टाको अवधिमा ६ हजार २३१ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

२४ घण्टाको विधिमा ४ हजार ३९९ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । १ लाख ९ हजार ४६१ जना क्वारेन्टाइनमा छन् भने ६ हजार ८५० जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरू

विराटनगर, २५ जेठ-प्रदेश १ को नीति कार्यक्रममाथि छलफल सुरू भएको छ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष ०७७/७८को नीति कार्यक्रम माथि आज देखि छलफल सुरू भएको...

स्वास्थ्य सामग्री खरिदमा गडबडी : उपप्रधानमन्त्री पोखरेलविरुद्ध पनि अख्तियारमा उजरी

चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा ल्याउने दिएको ठक्का सम्झौतामा गडबडी गरेको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियारमा उजुरी परेको छ । कोरोना उपचारका लागि चीनबाट सामान ल्याउन ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै उपप्रधानमन्त्री पोखरेलविरूद्ध...

स्थानीय वायुको प्रभाव कायमै, आज हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, १३ जेठ-आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । नेपालको पूर्वी भूभाग आसपासमा निम्न चापीय प्रणाली रहनुका साथै स्थानीय वायुको पनि प्रभाव रहेकाले आज पनि वर्षाका सम्भावना...

सर्वोच्चकी पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

काठमाडौं, १० जेठ-सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु)को ८१ वर्षको उमेरमा निधन भएको छ । उनको ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल उपचारका क्रममा शुक्रबार निधन भएको हो । उनी २०५८ साल वैशाखदेखि २०६३...

सनसिटीका २ कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं, ११ वैशाख-पाटन अस्पतालमा उपचार गराई रहेका सनसिटी अपार्टमेन्टका २ जना घर फर्किएका छन् । उनीहरू संक्रमण मुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उक्त अपार्टमेन्टमा बस्ने एकै...

वडा स्तरीय फुटबल प्रतियोगिता सुरु, आयोजक विराटनगर १५ सेमिफाइनलमा

विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । विराटनगर महागनरपालिका वडा नं. १५ को आयोजना र मिल्स भेट्रान क्लबको संयोजनमा शनिबारदेखि वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो । विराटनगर जुटमिलको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६३ संक्रमित थपिए

विराटनगर, १८ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीन सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा एक सय ५६, सुनसरीमा एक सय २०, झापामा ६०, उदयपुरमा आठ, धनकुटा र इलाममा दुई÷दुई, पाँचथर, भोजपुर...

सोमबारदेखि परेको अविरल वर्षाका कारण इटहरी डुबानमा

विराटनगर, २ कात्तिक । सोमबारदेखि परेको अविरल वर्षाका कारण इटहरी डुबानमा परेको छ । इटहरीस्थित बिभिन्न खोलाहरूमा आएको बाढीका कारण शहरदेखि भित्री गाउँसम्म डुबानमा परेको हो । वर्षाका कारण इटहरीका अधिकांश भूभागहरू जलमग्न बनेका छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्