प्रदेश १ मा थप १० जनाले जिते कोरोना

 न्यूज विराट
प्रदेश १ मा थप १० जनाले जिते कोरोना

विराटनगर, ५ असार-प्रदेश १ बाट शुक्रबार १० जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत १० जना उपचारपछि डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा खोटाङ, सुनसरीका ३/३, उदयपुर र मोरङका २/२ जना रहेका छन् । डिस्चार्ज भएका २१ देखि ४० वर्ष उमेर समूहका ४ महिला र ६ पुरुष रहेका छन् ।

आज डिस्चार्ज भएकाहरू २१ जेठदेखि २५ गतेसम्म अस्पतालमा भर्ना भएका रहेको कोशी अस्पताल कोभिड उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिए । योसँगै प्रदेश १ मा कोरोना जितेर घर फर्कंनेको संख्या २ सय ३४ पुगेको छ ।

प्रदेश १ मा संक्रमितको संख्या ४ सय २२ रहेको छ । आज झापाको दमक र मोरङको बुढीगंगामा १÷१ जना थपिएका छन् । विराटनगर, सुन्दरहरैचा र धरानमा अहिले १ सय ८८ जना उपचाररत छन् ।

कोशी कोभिड विराटनगरमा २५ जना, पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टर सुन्दरहरैचामा ८५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना उपचाररत रहेका छन् । आज संक्रमण देखिएका दुवै जनालाई विराटनगर ल्याइएको छ ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारमा गएका मोरङका १५ जनाको विदेशमा मृत्यु

विराटनगर । चालु आर्थिक वर्षको सात महिनामा मोरङबाट १३ हजार भन्दा बढी वैदेशिक रोजगारमा गएका मध्ये १५ जनाको मृत्यु भएको पाइएको छ । मृत्यु भएको मध्ये ११ जना पुरुष र ४ जना महिला रहेका छन्...

राप्रपाको एकता महाधिवेशन आजदेखि : अध्यक्षमा थापा र लिङ्देन प्रतिस्पर्धामा

काठमाडौँ, १५ मंसिर ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । तीन राप्रपा एक भएपछि यो एकता महाधिवेशन हुन लागेको हो । काठमाण्डौको भृकुटीमण्डपमा आज बिहान साढे ११ बजे उद्घाटन समारोह रहेको...

झापा हल्दिबारीका एक युवकमा आरडीटी पोजिटिभ

झापा, ४ वैशाख-प्रदेश १ अन्तर्गतकाे झापामा एक युवककाे र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) रिपाेर्ट पोजिटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार हल्दिबारी गाउँपालिका-२ का २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएकाे हाे । जिल्ला स्वास्थ्य कार्यालय र...

प्रदेश १ मा आज ८६ संक्रमित थपिए, संक्रमितको संख्या १९०७ पुग्यो

विराटनगर, ३१ साउन–प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, सुनसरीमा १९, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १९ महिला...

टी –२० क्रिकेट प्रतियोगिता, पुलिस र त्रिभुवन आर्मी विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र त्रिभुवन आर्मी विजयी भएका छन् ।विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई ८ विकेटले पराजित गरि सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको छ ।...

प्रदेश १ मा १६ जना कोरोना संक्रमित थपिए

विराटनगर १ माघ । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, झापा र सुनसरीमा ३–३, धनकुटा र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।...

अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा लाग्छौँ ः मन्त्री यादव

विराटनगर, १७ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा प्रदेश सरकार लाग्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्र्तराष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री...

नेपाली र भारतीय मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

नेपाली र भारतीय नम्बर प्लेटका मोटरसाइकल चोरी गर्ने ठूलो गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार विभिन्न समयमा चोरी भएका ७ वटा मोटरसाइकलसहित गिरोहका ७ जनालाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्