सोती घटना : थुनछेक बहस सुरू, पहिलो दिन ५ सरकारी वकिलको बहस 

 न्यूज विराट
सोती घटना : थुनछेक बहस सुरू, पहिलो दिन ५ सरकारी वकिलको बहस 

रुकुम, ५ असार-सोती घटनाका अभियुक्तमाथि थुनछेक बहस सुरु भएको छ । पक्राउ परेका सबै अभियुक्तको बयान बिहीबार सकिएपछि आजदेखि रुकुम अदालतमा थुनछेक बहस सुरु भएको हो ।

सोमबार, मंगलबार, बुधबार र बिहीबार पक्राउ परेका सबै २९ जनाको बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु भएको रुकुम अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

पहिलो दिन आज वादीका तर्फबाट ५ सरकारी वकिलले बहस गरेका छन् । बाँकी बहस आइतबार हुने स्रेष्तेदार बोहराले बताए । उनका अनुसार आइतबार जाहेरीवालाका तर्फबाट बहसका लागि वकालतनामा पेश गरेका वकिलले बहस गर्ने छन् ।

वादी र जाहेरीवालाका तर्फका वकालतनामा पेश गरेका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलले बहस गर्ने उनको भनाइ छ । अहिलेसम्म वादी र जाहेरीवालाका तर्फबाट ५ सरकारी वकिलसहित १६ र प्रतिवादीका तर्फबाट ७ वकिलले बहसका लागि रुकुम अदालतमा वकालतनामा पेश गरेका छन् ।

थुनछेक बहस कुन दिन सकिन्छ भनेर अहिले नै भन्न सकिने अवस्था नहेको अदालतका स्रेस्तेष्तेदार बोहराले बताए । बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जनाएको छ ।  घटनाको अभियोग लागेका ३४ मध्ये दुई नाबालकसहित २९ जना पक्राउ परिसकेका छन् । ५ जना अझै फरार छन् । २ नाबालकलाई भने सोमबार नै मुद्दा पुर्पक्षका लागि बाल सुधारगृहमा पठाउन रुकुम अदालतले आदेश जारी गरेको थियो । रासस 

सम्बन्धित समाचार

२५०८ संक्रमित थपिए, २२६४ जना डिस्चार्ज

काठमाडौं, १५ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार देशभर ९ हजार २ सय ७९...

रोटरी डाउनटाउनद्वारा विभिन्न ७ स्थानमा ट्युबेल वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विभिन्न स्थानमा ट्युबेल वितरण गरेको छ । आवश्यकता अनुसार ७ ओटा ट्युबवेलहरू जडान गरिएको क्लबले जनाएको छ । जसमध्ये ४ ओटा ट्युबवेल जहदा गाउँपालिकास्थित बुधनगर गाउँमा, एउटा गायत्री...

महिला क्रिकेट प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा प्रवेश गरेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा...

रुकुम घटनामा ज्यान गुमाएकाका परिवारलाई सरकारले १० लाख दिने

काठमाडौं, २७ साउन-सरकारले रुकुम घटनामा ज्यान गुमाएका ६ जनाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।मन्त्रिपरिषदको बैठकले गृहमन्त्रालयको प्रस्तावमा रुकुमको चौरजाहरीमा ज्यान गुमाएकाहरुको परिवारलाई प्रतिपरिवार १० लाख दिने र घाइतेहरुको उपचार खर्च...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको एमडी र एमएसको प्रवेश परीक्षा रद्द

पोखरा, फागुन ११–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको स्नातकोत्तर प्रवेश तहको परीक्षा रद्द भएको छ । परीक्षा समितिले आइतबार सूचना निकालेर एमडी र एमएस (स्नातकोत्तर) तहको प्रवेश परीक्षा रद्द भएको जनाएको हो । शनिबार भएको...

कुर्सी रक्षार्थ पार्टी फुटाउने प्रधानमन्त्री ओलीको कसरतबाट जोगियौँ : राजेन्द्र महतो

काठमाडौं, ११ वैशाख-नेता राजेन्द्र महतोले २ पार्टी एक भएको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी काम लकडाउन पछि पूरा गर्ने बताएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकृत भई बनेको ‘जनता...

महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी

विराटनगर । महिला उद्यम समिति, मोरङ उद्योग व्यापार संघको आयोजना तथा म्यारी स्टोप्स् इन्टरनेशनल नेपाल र सुनौलो परिवार नेपालको सह आयोजनामा महिलाहरुको प्रजनन् स्वास्थ्य विषयक जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ।महिला उद्यम समितिकी संयोजक श्रुति शर्माको...

आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

काठमाडौं, १० जेठ-कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण ११ चैतदेखि सरकारले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्