चट्याङ लागेर बालिकाको मृत्यु

 न्यूज विराट
चट्याङ लागेर बालिकाको मृत्यु

भोजपुर, १ असार-भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका-३ मा चट्याङ लागेर १ बालिकाको ज्यान गएको छ । जिल्लाको टेम्केमैयुङ गाँउपालिका-१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । मामली घर आएकी बालिकालाई आइतबार साँझ भीषण वर्षासँगै परेको चट्याङ लागेको थियो ।

चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । बालिकाको शवलाई आज उनका अभिभावक आएपछि कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइने खतिवडाले बताए ।

सम्बन्धित समाचार

एभरेष्ट स्कुलमा ‘एभरेष्ट कार्निभल’ शनिबारदेखि सुरु हुने

विराटनगर । विराटनगरस्थित एभरेष्ट सेकेण्डरी स्कुलले यस वर्ष पनि ‘एभरेष्ट कार्निभल २.०’ गर्ने भएको छ । एभरेष्ट कलेजको खेलमैदानमा शनिबारदेखि एभरेष्ट कार्निभल हुने तयारी गरिएको छ । स्कुलले शुक्रबार पत्रकार सम्मेलन गरी फागुन ५ देखि...

विराट गोल्ड कपः ए डिभिजन लिग बिजेता मछिन्द्रलाई हराउँदै पन्जाव सेमिफाइनलमा

विराटनगर, २९ चैत । विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा शहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई २–०...

सीमा क्षेत्रमा गोली प्रहार, विराटनगरका निर्दोष संग्रौला घाइते

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ । आइतबार साझ ५:४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् । विराटनगर १६ दक्षिण...

संविधान शंसोधन गरिएकोमा पुष्पलाल चोकमा दिप प्रज्वलन

विराटनगर, जेठ ३१–प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसीयाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि विराटनगरमा पनि खुशियाली...

सोमबारदेखि रमपम विराट गोल्डकप, उद्घाटनमा मोरङ र कोलकाताको साउथर्न क्लब भिड्ने

विराटनगर । रमपम विराट गोल्डकप सोमबारदेखि सुरु हुँदैछ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइट्सको माध्यमबाट साढे ६ बजेदेखि सुरु हुने रात्रिकलीन गोल्डकपको उद्घाटन खेलमा घरेलु टिम रिजालको मोरङ ११ र कोलकाताको साउथर्न क्लबबीच हुने छ ।...

रानी मिनी महोत्सवमा चर्चित कलाकार अन्जु कुश्मी आउने, प्रणय– दिवसमा धमकेदार प्रस्तुती दिइने

विराटनगर । विराटनगर १५ गौतम बुद्ध स्कुल अगाडी सुरु भएको रानी मिनी महोत्सवमा चर्चित  चर्चित गायिका तथा मोडल अन्जु कुश्मीको प्रस्तुती रहने भएको छ । फागुन २ गते प्रणय – दिवसको दिन उनले उक्त महोत्सवमा...

आज थपिए १२५५ संक्रमित, थप २५ जनाको मृत्यु

काठमाडौं, १४ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

कृषि थोक बजारमा कृषि एक्स्पो सुरु

विराटनगर । मोरङको कटहरी–१ स्थित कृषि थोक बजारमा कृषि एक्स्पो २०८१ सुरु भएको छ । बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्