प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माकाे दुर्घटनामा मृत्यु

 न्यूज विराट
प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माकाे दुर्घटनामा मृत्यु

काठमाडाैं, ३२ जेठ-नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका-५ का हरिलाल राजभर घाइते भएका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीले जनाएकाे छ ।

जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम जाने क्रममा बर्दघाट–त्रिवेणी सडकखण्डको लक्ष्मीपुरमा उनीहरू सवार लु१झ ३७० नम्बरको सवारीमा दुर्घटना भएकाे हाे ।  जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीका प्रमुख एसपी अजय केसीका अनुसार जिप अनियन्त्रित भएर पल्टिएपछि गम्भीर घाइते भएका शर्माको उपचारका लागि चिसापानी सामुदायिक अस्पताल चौपत्ता लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हाे । ५१ वर्षीय शर्मा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकाे तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

बिहीबारबाट विराट एक्स्पो, राष्ट्रपतिले उद्घाटन गर्ने

विराटनगर । सातौं संस्करणको विराट एक्स्पो आज बिहीबारबाट सुरू हुदैछ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा सुरू हुन लागेको हो ।एक्स्पोको उद्घाटन राष्ट्रिपति विद्यादेवी भण्डारीले बिहीबार...

उच्च अदालतको आदेशले कटहरी गाउँपालिकालाई बजार लगाउने बाटो खुल्यो

विराटनगर । लामो समयसम्म मोरङको कटहरी गाउँपलिका १ स्थित तरकारी तथा फलफूलको थोक तथा खुद्रा बजार सञ्चालन गर्न नसकेर प्रयोगविहीन भएको संरचनामा कटहरी गाउँपालिकाले साप्ताहिक हटिया लगाउने बाटो उच्च अदालत विराटनगरले खुल्ला गरिदिएको छ ।...

काठ तस्करी गर्न टिपर प्रयोग, सःमिल सञ्चालक पक्राउ

विराटनगर । पूर्वको साझेदारी र सामुदायिक वन क्षेत्रमा काठ मिल सञ्चालकको मिलेमतोमा व्यापक चोरी–तस्करी हुने गरेको पाइएको छ । तस्करको समूहले घना जङ्गलभित्र टिपर लगेर रातको समयमा सालको काठ चोरी–तस्करी हुने गरेको पाइएको हो ।...

औषधी व्यवसायी देशबन्धु ढकालले जन्मदिन वृद्धाश्रममा मनाए

विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी दिने प्रचलन रहेको छ । तर, नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले फजुल खर्च...

आज लकडाउनको ३३औँ दिन

काठमाडौं, १२ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू गरिएको लकडाउनको आज ३३ औं दिन पुगेको छ । गत चैत ११ गतेबाट देशभर लकडाउन लागू गरिएको हो । लकडाउनका...

सुक्खा पहाड खनेर निकालियो खानेपानी, फर्किए बसाइँ सर्ने गाउँले

खानेपानी अभाव भएपछि इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन्...

राष्ट्रियसभामा एमालेले गर्‍याे अर्थमन्त्रीलाई बहिष्कार

  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रियसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गरेको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री शर्माले बजेट आश्रित विधेयकहरू सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो । तर, प्रमुख...

सभापति देउवालाई मिश्रको आग्रह : अध्यादेशविरुद्ध मोर्चा बनाउने अग्रसरता लिनुहोस्

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवालाई सरकारले ल्याएका घातक अध्यादेशविरुद्ध एकजुट हुन, संसदभित्र र बाहिर रहेका दलहरू पनि जोडेर मोर्चा बनाउन अग्रसरता लिन आग्रह गरेक छन् । सरकारले ल्याएका अध्यादेशविरुद्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्