कोरोना संक्रमित र प्रहरीबीच झडप

 न्यूज विराट
कोरोना संक्रमित र प्रहरीबीच झडप

दैलेख, ३१ जेठ-दैलेखको एक आइसोलेसनमा बसेका र प्रहरीबीच  झडप हुँदा ४ जना घाइते भएका छन् । आज नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पीसीआर पोजिटिभ नागरिक र प्रहरीबीच झडप भएको हो ।

महिनौ दिन पुग्दा पनि पुनःस्वास्थ्य जाँच नगरिएको पीसीआर र आरडीटी पोजिटिभलाई एकै ठाउँमा राखिएको, खानपिनकोे राम्रो व्यावस्थापन नभएको भन्दै सङ्क्रमितले आन्दोलन गरेका हुन् ।

आइसोलेसनमा बसेका पीसीआर पोजिटिभ घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिएको दैलेखका प्रहरी प्रमुख हरी बहादुरवलीले बताए । प्रहरीको कुटाइबाट १ जना घाइते भएका छन् भने ३ जना सामान्य रहेका छन् । उनीहरू ४ जनालाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय लगिएको छ ।

त्रिभुवन माध्यमिक विद्यालयको आइसोलेसनमा करिब ३४ जना पिसिआर पोजिटिभलाई राखिएको छ । केही दिन अगाडि उक्त विद्यालयको क्वारेन्टाइनमा राखिएकाले पानीसमेत नपाएको भन्दै आन्दोलन गरेका थिए । रासस   

सम्बन्धित समाचार

औषधिको दुरुपयोग ‘भयावह’, कोशी प्रदेशमा १६ महिनामा ६३ वटा मुद्दा दायर

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराटचोकमा रहेको एरिका मेडिकल हलका सञ्चालक मनोज खत्री औषधिको दुरुपयोग गरेको आरोपमा केही महिनाअगाडि पक्राउ परे । औषधि व्यवस्था विभाग (डिडिए) विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीले गरेको अनुगमनको क्रममा...

कैलालीमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ पुग्यो

धनगढी, १ वैशाख-कैलालीमा थप १ जना कोरोना संक्रमित भेटिएकी छन्। जिल्लाको लम्कीचुहा नगरपालिका– १ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेस्टमा नेगेटिभ देखिए पनि...

फुसको छानो हटाउन १ करोड १४ लाख रुपैयाँ बराबरको जस्ता वितरण

धनकुटा — धनकुटा नगरपालिकाले नगर क्षेत्रमा फुसको छानो मुक्त गर्ने अभियान अन्तर्गत सोमबार १ करोड १४ लाख रुपैयाँ बराबरको रंगीन जस्ता पाता निःशुल्क रुपमा वितरण गरेको छ । १० वटा वडा रहेको नगरका सबै वडाका...

विराटनगर रोडशेष चोकबाट ३७ लाख मुल्य बराबरको अवैध सामान बरामद

विराटनगर, १५ भदौ । मोरङको बिराटनगर महानगरपालिका-१२ रोडशेस चोक स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्री बरामद गरेको छ । हिजो राती साढे ८ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले...

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं, ७ असोज-कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । हिमचितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार जोरपाटीस्थित निजी निवासमा...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विराटनगरमा शान्ति र्याली

विराटनगर, ११ फागुन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरमा शान्ति र्याली निकालेको छ । आज ११८औँ विश्व रोटरी दिवसको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले र्याली निकालेको हो । विश्वमा शान्ति प्रवर्द्धनका लागि डाउनटाउनले...

चीनसँग तनाव बढेका बेला भारतका रक्षामन्त्री रुस प्रस्थान

एजेन्सी, असार ८-भारतका रक्षामन्त्री राजनाथ सिंह सोमबार रुस प्रस्थान गरको छन् । भारतीय सञ्चारका अनुसार रुससँग प्रतिरक्षाका विषयमा छलफल गर्नका लागि उनी रुस प्रस्थान गरेका हुन् । उनी तीनदिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका...

काेराेना संक्रमितलाई ल्याउन खोज्दा स्थानीयको विरोध

बुटवल, ७ जेठ-कोरोनाको इपीसेन्टर बनेको बाँकेको नरैनापुरमा रहेका कोरोना संक्रमितलाई नेपालगञ्ज ल्याउने तयारी गरिए पनि स्थानीयले विरोध जनाएका छन् । नरैनापुरमा सोमबार संक्रमण पुष्टि भएका ५७ जनामध्ये ३४ जनालाई कोहलपुरको कृषि विकास बैंकको तालिम केन्द्रमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्