
जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन
काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान...
काठमाडौं, ३० जेठ-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा. जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन् । डा. भ्याण्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा छिट्टै नै कोरोना संक्रमणको जोखिम घटाउन सकिनेसमेत बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारका पदाधिकारीका लागि गरेको अनलाइन प्रशिक्षण कार्यक्रममा संघ र प्रदेशको तुलनामा स्थानीय सरकारले कोरोना केसको पहिचान र व्यवस्थित क्वारेन्टाइन बनाउने विषयमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए । आफ्नो क्षेत्रका प्रत्येक व्यक्तिलाई व्यक्तिगत स्वास्थ्य हेरचाह र सचेतना दिने विषयमा पनि उनीहरूको भूमिकाले उल्लेख्य सहयोग पुर्याउने बताए ।
‘नेपालको कोरोना केहीबाहेक समुदायमा फैलिएको अवस्था छैन । समुदायमा जान नदिन महत्त्वपूर्ण भूमिका स्थानीय सरकारका जनप्रतिनिधिको बढी हुन्छ । अहिले तत्कालका लागि नेपाल बाहिरबाट आउने नेपालीहरुलाई क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परामर्श दिनु नै मुख्य रहेको छ,’ उनले भने, ‘सानोसानो कामका लागि पनि स्थानीय सरकारले परिवारभित्र पुगेर काम गर्न सक्ने भएकाले उनीहरूको भूमिका ठूलो हुन्छ । त्यसका लागि समुदायसँगको सम्बन्ध गाढा बनाउनुपर्ने हुन्छ । साथै, समुदायको स्वास्थ्य सेवाबाहेक अत्यावश्यक सेवामा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।’
कोरोना संक्रमण नियन्त्रणमा गरिएको अन्तर्राष्ट्रिय अभ्यासका बारेमा जानकारी गराउँदै उनले सामाजिक र भौतिक दूरी कायम राख्दै मास्क, स्यानिटाइजर प्रयोग गर्नुका साथै साबुनपानीले हात धुनुपर्नेलगायतका स्वास्थ्य सचेतना फैलाउनुपर्नेमा जोड दिए । उनले नेपालमा समुदायमा गरिने परीक्षण किट अभाव देखिएको, नेपालमा कुल जनसंख्याको १ प्रतिशतमा मात्रै परीक्षण भएको र प्रति हजार ०.१५ मा मात्रै संक्रमण भएको बताए ।
सिन्चुवान विश्वविद्यालयका प्रोफेसर डाक्टर टियान विङवीले चीनले जोखिम न्यूनीकरणका लागि गरेको राम्रा अभ्यासबारे जानकारी गराएका थिए । उनले संक्रमण न्यूनीकरण तथा रोकथामका लागि जोखिम नक्सांकन गरी उच्च र निम्न जोखिमको वर्गीकरण गरी परीक्षण बढाउनुका साथै समुदायमा संक्रमण फैलिन नदिने तर्फ कार्यक्रमहरू केन्द्रित गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा स्थानीय सरकारका पदाधिकारीले कोभिड-१९ नियन्त्रणका लागि संघ र प्रदेश सरकारबाट आवश्यक स्वास्थ्य सामग्री तथा बजेट व्यवस्था नगर्दा संक्रमण नियन्त्रणका लागि गर्नुपर्ने तयारीहरू हुन नसकेको गुनासो गरेका थिए ।
कार्यक्रममा संकटमा जनस्वास्थ्यका चुनौती र स्थानीय सरकारका प्राथमिकताबारे छलफल भएको थियो । कार्यक्रममा स्थानीय सरकारका पदाधिकारी तथा त्यहाँ कार्यरत कर्मचारीले जुममार्फत सहभागिता जनाएका थिए ।
काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान...
काठमाडौं, २२ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा ४ महिला र ७ पुरुष गरी ११...
काठमाडौं, माघ ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस चुनावकै पक्षमा दृढतापुर्वक उभिएको छ । निर्वाचन आयोगसँगको छलफलमा औपचारिक रुपमा चुनावको पक्षमा उभिएको हो । कांग्रेसको यो निर्णयसँगै चुनावबिरुद्ध कांग्रेससँग सहकार्य गर्ने पुष्पकमल दाहाल, प्रचण्ड...
काठमाडौं, जेठ १७–नेकपा सांसद शान्ता चौधरीले रूकुमको घटना कहाली लाग्दो र दर्दनाक भएको बताएकी छन् । उनले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रूकुम घटनाका दोषीलाई कारबाही गर्न माग गरेकी हुन् । प्रेम विवाह अपराध नभएको उल्लेख...
विराटनगर, बैशाख २७–गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कानुनको बर्खिलाप गर्दै दलित समुदायमाथि अपमान गरेकाले कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ । जातीभेद विरुद्ध विश्व मञ्चका अध्यक्ष तिर्थ विश्वकर्माले शुक्रबार...
एजेन्सी, २ असोज । मानवसहितको अन्तरिक्ष अभियान पूरा गरी चीनका तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् । यसलाई चीनको अहिलेसम्मको सबैभन्दा लामो अन्तरिक्ष अभियान भनिएको छ । उनीहरू ९० दिनसम्म एउटा अन्तरिक्ष केन्द्रमा बसेका थिए । टियाहे...
एजेन्सी, बैशाख १५-कोरोना भाइरसको महामारीसँग ठप्प बनेको युरोपेली फुटबल पुनः सुरु हुने भएका छन् । कोरोना भाइरसका कारण गत फेब्रुअरीदेखि नै प्रभावित बनेको इटलियन सिरी ए का क्लबहरुले लकडाउन खुकुलो भएसँगै प्रशिक्षण सुरु गर्ने भएका...
विराटनगर, ५ जेठ । दक्षिणपूर्वी मोरङको रंगेलीमा घाँटी रेटी महिलाको हत्या भएको छ । रंगेली–३ स्थित तिलुवा चोकस्थित नहरमा घाँटी रेटेर हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको हो । स्थानीय बेचन यादवकी श्रीमती...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.