कर तिर्ने भाखा टर्‍यो, अर्को मिति अन्याेलमा

 न्यूज विराट
कर तिर्ने भाखा टर्‍यो, अर्को मिति अन्याेलमा

काठमाडौं, २९ जेठ-अब ७ असारभित्रै बुझाइसक्नुपर्ने सबै प्रकारका कर सोही समयभित्र बुझाउनु नपर्ने भएको छ । सरकारको यही असार ७ गतेभित्र बुझाइसक्नुपर्ने निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

न्यायाधीश अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजालसले सरकारको निर्णय तत्काल कार्यान्वय नगर्न आदेश दिएको हो । सरकारले कर तिर्नैपर्ने निर्देशन दिएपछि सरकारको निणर्यविरुद्ध अदालतमा रिट परेको थियो । सो रिटमाथिको सुनुवाइ गर्दै न्यायाधीशद्वयले सरकारकाे निर्णयलाई उल्ट्याइदिएका हुन् ।

यसअघि आन्तरिक राजस्व विभागले २५ जेठभित्र कर बुझाउन व्यवसायीलाई ताकेता गरेको थियो । लकडाउनका कारणले व्यापार व्यवसाय ठप्प बनेकाे बेला सरकारले व्यवसायीलाई कर तिर्न ताकेता गरेपछि चर्को विरोध भएको थियो । त्यसपछि सरकारले कर तिर्ने भाखा ७ असारसम्म सारेको थियो ।

सम्बन्धित समाचार

भारतमा दैनिक कोरोना संक्रमितको संख्या तीन लाखबाट घट्यो

एजेन्सी, ३ जेठ । कोरोना भाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय संकट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप दुई लाख ८१ हजार ३६८ जना संक्रमित थपिएका छन् । यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा...

उत्तर कोरियाली नेता किमको स्वास्थ्यसम्बन्धी समाचार किन आयो ?

उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सूचनाहरू सार्वजनिक भएको करिब ३ हप्तापछि शनिबार उनको तस्बिर नै सार्वजनिक भएको छ । शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले उनले कुनै एक सार्वजनिक समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक...

ऋचा मेमोरियल टी–२० क्रिकेट : एनबीएससीको दोस्रो जित, दिल्ली दुई खेलमा जित बिहनी

विराटनगर । घरेलु टिम एनबीएससी विराटनगरले प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा लागातार दोस्रो जित हात पारेको छ । लागातार जित हात पार्ने क्रममा एनबीएससीले पाहुना टिम दिल्ली युनाईटेड क्रिकेट क्बलमाथि ३२ रनको...

विराट मेडिकलका डा. सनम एमबीबीएस टपर : भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’

विराटनगर । बागलुङका डा. सनम ढकालले काठमाडौं विश्वविद्यालय (केयु)को वि.संं. २०८० को एमबीबीएस टप गरे । मोरङको बुढीगंगा गाउँपालिका–२ टिंकीसिनवारीस्थित विराट मेडिकल कलेज अध्ययन गरेका उनले ८४ दशमलव २६ प्रतिशत ल्याएर केयुको एमबीबीएस टप गरेका...

कोरोनाबाट एकै दिन ८२० जनाको मृत्यु, १६ हजार संक्रमित

एजेन्सी, चैत ५–कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्र ८ सय २० जनाको मृत्यु भएको छ । इटली, स्पेन, इरानमा मात्र ६ सय ७१ जनाको मृत्यु भएको छ । इटलीमा ३ सय ४५ जनाको मृत्यु...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा ह्वीलचेयर वितरण

विराटनगर, १० साउन । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले ह्वीलचेयर वितरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबिच अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि सहायक सामाग्री ह्वीलचेयर वितरण गरेको हो...

बजेट अधिवेशन सुरु हुनुअघि नेकपाका नेताहरूको बालुवाटार छलफलमा

 काठमाडौं, २६ वैशाख-सत्तारूढ दल नेकपाका नेताहरू बालुवाटारमा छलफल गरेका छन् । बजेट अधिवेशन सुरु हुनुभन्दा पहिला संसदीय दलको बैठक बस्ने चलन छ । तर, अहिले त्यस्तो बैठक बस्न सम्भव नभएकाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड',...

सीमावर्ती भारतीय बजारमा २ सय ३८ नेपाली क्वारेन्टाइनमा

कोरोना भाइरस रोकथामका लागि पश्चिमी सीमानाका गड्डाचौकी पूर्णरूपमा बन्द गरिएपछि भारतीय सीमावर्ती बजारमा घर फर्कने नेपाली पुग्ने क्रम रोकिएको छैन । लकडाउनका कारण रोजगारी गुमेपछि भारतबाट फर्कनेहरुको सङ्ख्या बढ्न थालेको हो । सीमा प्रवेश अनुमति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्