जुम्लामा एकै दिन १८ जनाले जिते कोरोना

 न्यूज विराट
जुम्लामा एकै दिन १८ जनाले जिते कोरोना

जुम्ला, २८ जेठ-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किएका छन् ।  कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना सङ्क्रमण भएको थियो । उनीहरूलाई आइसोलेसनमा उपचारपश्चात पुनः पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि सोमबार साँझ घर पठाएको प्रतिष्ठानका अस्पताल निर्देशक चिकित्सक मङ्गल रावलले बताए ।

प्रतिष्ठानका चिकित्सक धिरज गुरुङले कोरोना जितेर घर फर्कँदै गरेका नागरिकलाई ३ साता होम क्वारेन्टिनमा बस्न सुझाए । उनले भने, ‘घरमा सामाजिक दूरी कायम गर्नु, चुरोट र रक्सीबाहेक अरु खानेकुरा बार्न पर्दैन । आफू सचेत हुन आवश्यक छ ।’

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कोरोना भाइरसलाई जितेर घर फर्कँदै गरेका नागरिकलाई धन्यवाद व्यक्त गरे । उनले भने, ‘तपाइहरूका साहसले अरुको साहस बढ्छ । अहिले जुम्लाबाट खुसीको सन्देशले अरु नागरिकलाई पनि कोरोना भाइरससँग लड्न सक्ने क्षमता पैदा भएको छ ।’

प्रमुख जिल्ला अधिकारी थापाले चिकित्सकको सुझावलाई मनन गर्दै ३ हप्ता होम क्वारेन्टाइनमा बस्न आग्रह गरे । आफ्नो स्वास्थ्यको ख्याल गर्दै अन्य नागरिकलाई पनि सचेत बनाउन उनले अनरोध गरे ।  रासस

सम्बन्धित समाचार

रेडस्टारको २३ औं वार्षिकोत्सव तथा अभिभाबक भेला

पथरी । मोरङको पथरीशनिश्चरेमा रहेको रेडस्टार अङग्रेजी बोडीङ स्कुलको सिनभिलेज पार्टी प्यालेसमा मंगलबार २३ औं बार्षिक उत्सब तथा अभिभाबक भेला सम्पन्न भएको छ । विद्यालयका फाउन्डर तथा प्रधानाध्यापक टिएन तिम्सीनाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो...

एमएम कप क्रिकेटमा आसामसँग कोशी प्रदेश फराकिलो अन्तरले पराजित

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा पाहुना टोली भारतको आसाम क्रिकेट क्वल विजयी भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित...

भोकभोकै २ दिन पैदल हिँडेर कोशी ब्यारेज आइपुगेका १३ मजदुरको उद्धार

विराटनगर, बैशाख २८–सिराहबाट भोक भोकै २ दिन लगाएर आउँदै गरेका १३ जना इट्टा उद्योगमा काम गर्ने मजदुरको सुनसरी स्थित कोशी ब्यारेजबाट उद्धार गरिएको छ । मोरङको कटहरी वडा नं. २ घर भइ सिराहको मथेलेस्वर गाउँपालिका–१०...

रातारात एकता गर्ने तयारीमा समाजवादी र राजपा

काठमाडाैं, १० वैशाख-सम्भावित विभाजनलाई रोक्न समाजवादी पार्टीले राजपा नेपालसँग एकीकरणको प्रकृया अगाडि बढाएको छ । समाजवादी पार्टीबाट सांसदहरूको एउटा समूहले भोलि अर्को पार्टी बनाउने चर्चा चलिरहेको बेला उपेन्द्र यादव र राजपा नेताबीच एकता प्रकृया सम्बन्धमा...

बुटवलमा ओली समूहले निकाल्‍यो मोटरसाइकल र्‍याली

नेकपाको ‌ओली समूहले बुटवलमा मोटरसाइकल र्‍याली आयोजना गरेको छ । १ फागुनमा बुटवलमा आयोजना हुने सभालाई प्रचार गर्ने उद्देश्यले मोटरसाइकल र्‍याली आयोजना गरिएको नेकपा रूपन्देहीले जनाएको छ । बुटवलको चौराहबाट सुरु भएको र्‍याली मिलनचोक, बसपार्क,...

भरतमणिले जिते कमेडी च्याम्पियनको उपाधि, पाए २५ लाख र कार पुरस्कार

काठमाडौं, २ असोज । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि चुमेका हुन् । उपाधि जितेसँगै भरतले २५ लाख र कार...

कडकनाथ पालेर मनग्य आम्दानी

बनेपा, २८ असोज-व्यावसायिकरूपले कडकनाथ ९कालो कुखुरा० पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आउनुभएको छ । हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, स्याहार गर्ने र अण्डा...

लकडाउनमा अलपत्र भएका मुस्लिम समुदायलाई उद्धार गर्न माग

विराटनगर, बैशाख ७–भारत तथा तेस्रो मुलुकबाट मुस्लिम धार्मिक तीर्थयात्रीहरु (जमात) लकडाउनका कारण सीमा बन्द हुँदा विभिन्न स्थानमा अलपत्र परेको भन्दै मोरङका मुस्लिम अगुवाहरुले उनीहरुको उद्धारमा एकीकृत योजना बनाउन प्रधानमन्त्री समक्ष माग गरेका छन् । मोरङ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्