२८ स्वास्थ्य सामग्रीको गुणस्तर र मापदण्ड तोकियो

 न्यूज विराट
२८ स्वास्थ्य सामग्रीको गुणस्तर र मापदण्ड तोकियो

काठमाडौं, २५ जेठ-नेपाल गुणस्तर तथा नापतौल विभागले स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहित २८ सामग्रीको गुणस्तर र मापदण्ड तोकेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा आज बसेको नेपाल गुणस्तर परिषद्को १०४औँ बैठकले २८ वटा सामग्रीको गुणस्तर र मापदण्ड तोकेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले स्वास्थ्य सामग्रीसहित विभिन्न २८ वस्तुमा गुणस्तर र मापदण्ड तोकिएको जानकारी दिए । विभागले स्वास्थ्यकर्मीले लगाउने गाउन, कभर, अल ट्राउजर, कोट, सर्जिकल माक्स, ग्लोब्सलगायतका सामग्री रहेका छन् । स्वास्थ्य सामग्रीको गुणस्तर र मापदण्ड तोकिएसँगै अब गुणस्तर परीक्षण गरेर स्वास्थ्य सामग्रीको उपयोग गर्नुपर्नेछ ।

टोखामा कोरोना सङ्क्रमण भेटिएको घर सिल

टोखा नगरपालिकाले कोरोना सङ्क्रमित देखिएको घर सिल गरेको छ । टोखाले वडा नं ९ बुद्धमार्गमा शनिबार ३१ वर्षीय महिलामा कोभिड-१९ सङ्क्रमण देखिएसँगै उक्त महिला बस्ने घरलाई सिल गरेको हो ।

टोखा-९ का वडाध्यक्ष जोगप्रसाद नेपालले कोरोना सङ्क्रमित देखिएको घरलाई सिल गरेर कन्ट्र्याक ट्रेसिङको कामलाई अगाडि बढाइएको बताए । ‘उक्त घरलाई प्रहरीले निगरानी बढाएको छ, नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले स्वास्थ्य जाँच र कन्ट्र्याक टे«सिङको काम गरिरहेको छ’ वडाअध्यक्ष नेपालले भने ।

काठमाडौं उपत्यकामा शनिबार भेटिएका पाँच कोरोना सङ्क्रमितमध्ये एक महिला टोखाको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी एक सुत्केरी महिला पनि उक्त क्षेत्रमा बस्दै आएकी थिइन् । उनको जेठ १ गते सिन्धुपाल्चोकबाट धुलिखेल अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको थियो । रासस 

सम्बन्धित समाचार

घरको पर्खालले किचेर एक जनाको मृत्यु

विराटनगर, २२ साउन । झापाको झापा गाउपालिका २ झापा बजारका ३५ बर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ । हिजो बिहान ९ बजे सोही स्थानका बिकाशअग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलि किचेर...

फाइजर इण्डिया र सेरमद्वारा भारतमा कोरोना खोप प्रयोगका लागि निवेदन

दुई वटा कोरोना भाइरस (कोभिड-१९) खोप उत्पादक कम्पनी फाइजर  इण्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआई) ले भारतमा कोभिड-१९ को खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय औषधि व्यवस्था विभाग (डिसिजिआई) समक्ष आवेदन दिएका छन्।...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८० संक्रमित थपिए, ८४ डिस्चार्ज

विराटनगर, १३ मंसिर–प्रदेश १ मा शनिबार १ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरङमा ३६, इलाममा १७, पाँचथरमा छ, धनकुटामा चार, उदयपुरमा दुई, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा एक÷एक र...

आत्महत्या गरेकी छात्राको मोवाइलमा प्रिन्सिपलको अश्लील एसएमएस भेटिएपछि

नेपालगञ्ज, असोज २३ । बाँकेको बैजनाथ गाउपालिकास्थित चिसापानीमा रहेको दिप ज्योती सेकेन्डरी स्कुलका प्रिन्सपल दमन पाण्डे आफ्नै छात्रालाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका छन् । पाण्डेलाई आफ्नै विद्यालयबाट एसईई गरेकी छात्रालाई मृत्यु दुरुत्साहन गरेको अभियोगमा...

बागलुङ अस्पतालमा उपचाररत युवतीको पाँचौँ पटकको रिपोर्टमा देखिएन कोरोना

पोखरा, ११ वैशाख -कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी १९ वर्षीया युवतीको स्वाब परीक्षणमा नेगेटिभ रिपाेर्ट आएको छ । उनको पाँचौँ पटकको स्वाब परीक्षणका क्रममा नेगेटिभ रिपाेर्ट आएको हो । उनको पाँचौँ पीपीसीआर रिपार्ट...

मध्यपुर अस्पतालका ३० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा  

काठमाडौं, २४ जेठ-गर्भवती महिलामा कोरोना भाइरस पोजिटिभ देखिएपछि भक्तपुरको मध्यपुर अस्पताल प्रालिका ३०  कर्मचारी क्वारेन्टाइनमा बस्न सुरू गरेका छन् । गत मंगलबार अस्पताल भर्ना भएकी दोलखा घर भएकी भक्तपुर कमलबिनायकमा बस्ने ति गर्भवतीमा आज गरिएको...

बिहीबार १ हजार ४० जना भित्रिए

काठमाडौं, ११ असार-सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली उद्दार गर्ने नीति लिएसँगै अन्तर्राष्ट्रिय उडानहरु बढ्न थालेका छन् । नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार १२ अन्तर्राष्ट्रिय उडान भएका छन् ।...

ओली र प्रचण्डबीच ५ दिनपछिको छलफल निष्कर्षविहीन

काठमाडौं, ३० असार-सत्तारुढ नेपाल कम्य'निस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच मंगलबार भएको छलफल निष्कर्षविहीन भएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधानको प्रयासस्वरुप अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच मंगलबार छलफल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्