पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८० संक्रमित थपिए, ८४ डिस्चार्ज

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८० संक्रमित थपिए, ८४ डिस्चार्ज

विराटनगर, १३ मंसिर–प्रदेश १ मा शनिबार १ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरङमा ३६, इलाममा १७, पाँचथरमा छ, धनकुटामा चार, उदयपुरमा दुई, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा एक÷एक र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र रामधुनीमा दुई÷दुई, भोक्राहानरसिंहमा एक, झापाको दमकमा २२, विर्तामोडमा सात, भद्रपुरमा पाँच, अर्जुनधारामा चार, मेचीनगरमा तीन, कनकाईमा दुई, शिवसताक्षी, बाह्रदशी, कचनकवल, गौरादह र झापा गाउँपालिकामा एक÷एक र स्थानीय तह नखुलेका एक, मोरङको विराटनगरमा १६, कटहरी र सुन्दरहरैचामा चार÷चार, बेलबारीमा तीन, कानेपोखरी, पथरीशनिश्चरे र सुनबर्षीमा दुई÷दुई, केराबारी, रंगेली र ग्रामथानमा एक÷एक जनामा संक्रमण देखिएको छ ।

उता इलामको सुर्योदयमा १४, इलाम नगरपालिका, देउमाई र चुलाचुलीमा एक÷एक पाँचथरको फिदिममा चार, मिक्लाजुङ र स्थानीय तह नखुलेका एक÷एक, धनकुटाको धनकुटा नगरपालिकामा चार, उदयपुरको त्रियुगा र वेलकामा एक÷एक, ताप्लेजुङको फुङलिङ, तेह्रथुम र भोजपुरमा एक÷एक र प्रदेश १ बाहिरका १० जनाको रिपोर्ट पोजिटिभ आएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ८ सय ५९ पुगेको छ ।

प्रदेश १ मा शनिबार ८४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेसवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ ह्जार ७ सय ६२ पुगेको छ । प्रदेश १ मा शनिबार ७ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६८ महिला र १ सय १२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ८९ हजार ५ सय २ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’ आयोजना गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा क्लबले इकोनोमी कम्युनिटी र डेभलोप्मेन्ट मन्थ अन्तर्गत ‘वर्कशप’ आयोजना गरेको हो । क्लबे...

बाजुरामा जनप्रतिनिधिकै कारण कोरोनाको जोखिम

बाजुरा, १८ वैशाख-बाजुरामा बाहिर जिल्लाबाट भित्रिने नागरिकको संख्या ह्वात्तै बढेको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको अवधिमा पनि बाजुरामा बाहिर जिल्लाबाट भित्रिने नागरिकको संख्या ह्वात्तै बढेको हो । जिल्ला स्तरीय कोभिड–१९...

स्वयम्सेवी स्वास्थ्यकर्मीको विवरण तयार

काठमाडौं, ३ बैशाख-सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा स्वयम्सेवक जनशक्ति परिचालन गर्न विवरण सङ्कलन गरिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वयम्सेवक परिचालन गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा मन्त्रालयका प्रमुख विशेषज्ञ...

प्रदेश २ : होम आइसोलेसनमा बस्नेकाे संख्या ३ हजार बढी

धनुषा, ७ भदौ-प्रदेश २ मा कोभिड–१९ संक्रमण बढेसँगै होम आइसोलेसनमा बस्ने निकै बढेका छन् । प्रदेशका अस्पतालहरूको व्यवस्थापकीय गुनासो बढ्दै जाँदा पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको सङ्ख्या निकै बढेको हो । भदौ लागेपछि बितेका ६...

पैसा बाँड्ने क्रममा भागदौड हुँदा ३ जनाको मृत्यु

एजेन्सी, जेठ ९-श्रीलंकाको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । एक व्यापारीले आफ्नो गोदाममा बोलाएर कोरोना भाइरसका कारण संकटको सामना गरिरहेकाहरुलाई पैसा बाँडेका...

तीन दिनभित्र रकम तिर्ने श्रीराम सुगर मिलकाे प्रतिवद्धता

राैतहटको श्रीराम सुगर मिलले किसानको सम्पूर्ण वक्यौता तिर्ने बताएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले श्रीराम सुगर मिलका सञ्चालक सम्पर्कमा आएको जानकारी गराएका हुन् । गत वर्षदेखि बन्द रहेक‍ाे यो उद्योगले किसानको ३५...

भण्डारी दम्ततीको सहयोगमा आरम्भले दियो राहत

विराटनगर, जेठ १७–मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० का विपन्न परिवारलाई आरम्भ नाट्य डबली कला साहित्य मञ्चले राहत वितरण गरेका छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मुलुकमा लकडाउन घोषणा भएपछि दैनिक ज्यालादारी...

१५ करोडको लगानीमा जनरल हस्पिटल आफ्नै भवनमा, बुधबार हुदैछ उद्घाटन

विराटनगर । विराटनगर १३ मलायरोड (साल्ट टेडिङ्ग) स्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटल आफ्नै भवनमा सञ्चालनमा आउने भएको छ । बुधबार बिहान ९ बजे एक कार्यक्रम आयोजना गरी नयाँ भवनमा हस्पिटल सञ्चालनमा आउने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्